Shittalpati
पाल्पाको रामपुरमा १४ जुवाडे पक्राउ, अधिकांश जनप्रतिनिधि र शिक्षक

पाल्पा । जिल्लाको रामपुरमा एक लाख बढी रकम सहित १४ जना जुवाडे पक्राउ परेका छन् । जुवा खेलिरहेको अवस्थामा रामपुर ५ रानाटोल स्थित रुद्र कुमार श्रेष्ठको घरबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

जुवा खेली रहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुरको टोलीले शुक्रबार साँझ पक्राउ गरेको हो । उनीहरुको साथबाट ८ बुक तास र १ लाख ३ हजार २ सय ८५ रुपैयाँ सहित जफत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा रामपुर नगरपालिका ५ का ५१ वर्षिय रुद्र कुमार श्रेष्ठ, रामपुर ५ का ५१ वर्षिय नगेन्द्र काफ्ले, ४९ वर्षिय काशिनाथ रेग्मी, ६४ वर्षिय श्यामकान्त शर्मा, ५८ वर्षिय फत्त बहादुर थापा, ५० वर्षिय भेषबहादुर शाही, ३९ वर्षिय यादव प्रसाद भण्डारी, ४० वर्षिय मुक्ति थापा, वडा नं. ४ का ४५ वर्षिय चाम बहादुर शाही, ४१ वर्षिय जोर महमद, ३४ वर्षिय निलकण्ठ खाम्चा, ४६ वर्षिय देव सेन, ३७ वर्षिय तिर्थ बहादुर थापा, निस्दी गाउँपालिका ४ का ३३ वर्षिय पूर्णबहादुर बाह्रघरे रहेका छन् । पक्राउ पर्नेमा अधिकांस शिक्षक र जनप्रतिनिधि रहेका छन् ।

प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update