Shittalpati
‘प्रथम सहिद थापालाई राज्यले अझै सम्झन सकेन’

इमान सिं राना
पाल्पा (रामपुर) । पूर्वमन्त्री तथा संघिय सांसद दलबहादुर रानाले प्रथम सहिदको रुपमा लखन थापा मगरलाई स्वीकार गरे पनि त्यो स्थिति अनुसार देशलाई अझै स्वीकार गराउन नसकेको बताएका छन् ।

प्रथम सहिद लखन थापाको १ सय ४३ औं स्मृति दिवसको अवसरमा लखन थापा शालिक संरक्षण समिति रामपुर पाल्पाले आयोजना गरेको कार्यक्रममा बोल्दै रानाले राज्यले प्रथम शहिद थापालाई अझै सम्झना नसकेको बताए । नेपाल मगर संघको लामो समयको अथक प्रयास पछि राज्यले थापालाई प्रथम सहिद घोषणा गरे उचित सम्मान गर्न नसकेको बताए । रानाले भने, ‘लखन थापा मगर तथा सिमित समुदायको मात्रै पहिलो सहिद होइन । उहाँ त देश कै पहिलो सहिद हुनुहुन्छ । सहिदको सम्मानको लागि राज्यले पनि सम्झिनु पर्छ ।’ राज्यले घोषणा गरे पनि इतिहास पुर्नलेखनले समस्या परेको बताए । उनले अन्य सहिदहरु भन्दा पहिलो भएकाले इतिहास पुर्नलेखनमा माथिल्लो निकाय त्यो तह सम्म जान नसकेकाले समस्या भएको बताए । उनले भने, ‘अर्कोले विरोध गर्ला की ? प्राविधिक र व्यवहारिक रुपमा समस्या पर्छ कि ? भनेर या मानिसिकता कै कारण हो राज्यको माथिल्लो निकाय त्यो तहसम्म जान सकेको छैन ।’ उनले नेपाल मगर संघको निरन्तरको प्रयास पछि पहिलो सहिद घोषणा हुन एक उपलब्धी भएको र थापाको उचित सम्मानको लागि खबरदारी आवश्यक रहेको बताए । रानाले रामपुर ४ बक्सिस चौपारीमा निर्माणाधिन पार्कको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । कार्यक्रममा रामपुर नगरपालिकाका नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले सहिदहरुको देनले नै मुलुक अहिलेको अवस्था सम्म आएको भन्दै उनीहरुको उचित सम्मान हुनुपर्ने बताइन् । आचार्यले रामपुर नगरपालिकाले सहिदहरुलाई सम्मान गर्दै अघि बढ्ने बताउँदै आवश्यक सहयोग गर्ने बताइन् ।

एकिकृत मगर उत्थान समाज रामपुरका पूर्व अध्यक्ष क्याप्टेन रोमनबहादुर रानाले लखन थापाको जीवनी र इतिहासको बारेमा जानकारी दिएका थिए । लखन थापा शालिक संरक्षण समितिका अध्यक्ष क्याप्टेन देवबहादुर थापा मश्राङ्गीले पार्क निर्माणको लागि शालिक स्थापना गरेर अघि बढेको बताए । लखन पार्कमा भएको कार्यक्रममा सहभागीहरुले शालिकमा माल्र्यापण गरेका थिए । अध्यक्ष मश्रा·ीको अध्यक्षतामा भएको कार्यक्रम लखन थापा शालिक संरक्षण समितिका उपाध्यक्ष दुर्गादेवी रानाको स्वागत र सचिव देवबहादुर थापाको सञ्चालनमा भएको हो ।

प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update