आजदेखि नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा खुल्ने
आइतबार, फागुन २१, २०७९

‘स्मार्ट’ चालक अनुमतिपत्रमा समस्या
शनिबार, फागुन २०, २०७९
प्रविधिमैत्री बनाउन ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण सुरु भए पनि प्रविधिका कारण सेवाग्राही समस्या भोग्न बाध्य छन् । अनुमतिपत्रमा भएका कतिपय सूचना यातायात व्यवस्था कार्यालयसँग फरक पर्ने गरेको छ । चालक अनुमतिपत्रसम्बन्धी सेवा पूर्णरूपमा प्रविधिमैत्री बन्न सकिरहेको छैन भने सुरु भएको सेवामा समेत समस्या देखिएको छ ।

चिलाङ्गदी, नायर–राम्दी सडक बन्द हुने
मंगलबार, फागुन १६, २०७९
जिल्लाको बगनासकाली गाउँपालिका अन्तर्गत पर्ने चिलाङ्गदी, नायर–राम्दी सडक बन्द हुुने भएको छ । चिलाङ्गदीदेखि बगनासडाँडासम्मको सडकमा पिच तथा ढलान निर्माणको कार्य भइरहेकाले यही फागुन १८ गतेदेखि चैत्र ३० गतेसम्म सडक बन्द गरिने भएको हो ।

बुटवल बसपार्कमा फ्री वाइफाई
मंगलबार, फागुन १६, २०७९
बुटवल उपमहानगरपालिकाले नयाँ बसपार्क क्षेत्रमा फ्री वाईफाई सेवा सुरु गरेको छ । ईन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकसँग मिलेर उपमहानगरले उक्त स्थानमा फ्रि वाईफाई सेवा दिएको हो । फ्री वाईफाई सेवाको मंगलबार उपमहानगर प्रमुख विद्यासुन्दर मुख खेलराज पाण्डेयले उद्घाटन गरे ।

पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना
मंगलबार, फागुन १६, २०७९
आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

विमान परिचारिकामाथि दुव्र्यवहार गर्ने पाइलटलाई जहाज उडाउन रोक
सोमबार, फागुन १५, २०७९
विमान परिचारिकामाथि दुव्र्यवहार गरेको अभियोगमा नेपाल वायुसेवा निगमका पाइलटलाई जहाज उडाउन रोक लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा २०७९ साउन १२ गते मलेसियाको क्वालालाम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको नेवानीको उडान सङ्ख्या आरए–४१६ को चालक दलका सदस्यले विमान परिचारिकामाथि गैरव्यावसायिक तथा दुव्र्यवहार गरेको उजुरी परेको थियो ।

सडक दुर्घटनामा पत्रकार हितङ्गाको निधन
आइतबार, फागुन १४, २०७९
बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा पत्रकार मनोज हितङ्गाको ज्यान गएको छ । गए राति बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ गइरहेका उनी सवार लु८प ९०६८ नंको मोटरसाइकल र अस्पताललाइनतर्फबाट मिलनचोकतर्फ आउँदै गरेको सुपप्र०७–०२–००१ख १२५६ नंको यात्रुबाहक बस बसपार्क नजिकै एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो ।

सिद्धार्थ राजमार्ग दैनिक ८ घण्टा बन्द हुने
मंगलबार, फागुन ९, २०७९
सिद्धार्थ राजमार्गको दोभान–चिडियाखोला खण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ । सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माणको काम भइरहेकाले फागुन १३ गते शनिबारदेखि दिउँसो र रातिको समयमा दैनिक ८ घण्टा सिद्धार्थ राजमार्ग बन्द हुने भएको हो ।

ट्याक्टर दुर्घटनामा चालक र सहचालकको मृत्यु
सोमबार, फागुन ८, २०७९
स्याङजाको वालिङ नगरपालिका–६ आम्डालीस्थित भित्रि सडकखण्डमा भएको ट्याक्टर दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको छ । जगत भङज्याङबाट मिर्दीतर्फ ढुङगा लिएर आउँदै गरेको ग. १ त. ६८८६ नं.को ट्याक्टर आइतबार राती आफै अनियन्त्रित भई दुर्घटना हुुँदा चालक र सह–चालकको मृत्युु भएको हो ।

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु
शनिबार, माघ २८, २०७९
पाणिनि गाउँपालिकामा भएको ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पाणिनि–८ पालीमा आज लु २ त ९२७१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा स्थानीय १८ वर्षीय हुमबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

आजको मौसम : हिमपातको सम्भावना
बिहीबार, माघ २६, २०७९
आज देशका उच्च पहाडी र हिमाली क्षेत्रममा हल्का हिमपातको सम्भवना छ । देशका विभिन्न ठाउँमा मौसम बदली भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ ।

आज सुरक्षित इन्टरनेट दिवस
मंगलबार, माघ २४, २०७९
जीवनका बारेमा कुरा गर्न र भावनाहरु अभिव्यक्त गर्न इन्टरनेटमा ठाँउ बनाउ’ भन्ने नाराका साथ’ सुरक्षित इन्टरनेट दिवस–२०२३’ नेपालमा पनि मनाइँदैछ । साइबर सुरक्षा सम्बन्धमा चेतना अभिवृद्धि गर्न बालबालिका तथा युवावर्गको लागि काम गर्ने संस्थाहरूबीच सामूहिक शक्ति विकास गर्ने उद्देश्यसाथ यो दिवस मनाइन्छ ।

इन्टरनेटको लतमा बालबालिका
मंगलबार, माघ २४, २०७९
तीन वर्ष पहिलेसम्म पढाइमा अब्बल रहेको छोरा विस्तारै कमजोर बन्दै जाँदा तानसेन भगवती टोलकी अस्मिता जिसी चिन्तित छन् । तीन कक्षामा अध्ययनरत १२ वर्षीय उनको छोरा सुुजन केही समयदेखि विद्यालयबाट कोठामा फर्किएपछि झोला र ड्रेस नै नखोली मोवाइलमा व्यस्त हुुन्छन् । मोवाइल खोसिदिएपछि रुने र नास्ता समेत नखाइदिने गरेको आमा...