Shittalpati
ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

अर्घाखाँची, पाणिनि गाउँपालिकामा भएको ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पाणिनि–८ पालीमा आज लु २ त ९२७१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा स्थानीय १८ वर्षीय हुमबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

दुर्घटनामा चालक २२ वर्षीय चामबहादुर कुमाल र ३९ वर्षीय शङ्करबहादुर कुमाल घाइते भएका छन् । उनीहरूलाइ उपचारका लागि पाल्पा पठाइएको छ । ट्र्याक्टरको ब्रेक फेल भई बाटोबाट अन्दाजी एक सय ५० मिटर तल खसी दुर्घटना भएको बताइएको छ ।–रासस

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update