Shittalpati
प्रभावित गौतमबुद्ध विमानस्थलको निर्माण कार्य अघि बढ्यो
प्रभावित गौतमबुद्ध विमानस्थलको निर्माण कार्य अघि बढ्यो नदीजन्य निर्माण सामग्रीको अभावका कारण प्रभावित गौतमबुद्ध अन्तरर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अगाडि बढेको छ ।
चट्याङ लागेर गाई फर्ममा क्षति
चट्याङ लागेर गाई फर्ममा क्षति जिल्लाको सन्धिखर्क नगरपालिकामा रहेको किसानको पशुपालन फर्ममा आज बिहान चट्याङ परेर आगलागी हुँदा १५ लाखभन्दा बढीको क्षति भएको छ ।
लकडाउनका बेला आकाशियो उपभोग्य वस्तुको मूल्य
लकडाउनका बेला आकाशियो उपभोग्य वस्तुको मूल्य जिल्लामा लकडाउनको फाइदा उठाउँदै दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि भएको गुनासो आउन थालेको छ । लकडाउनका कारण सामानको ढुवानी खर्च बढेको भन्दै व्यवसायीहरूले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेका छन् ।
तिलोत्तमा आइसोलेशन सेन्टर तयार
तिलोत्तमा आइसोलेशन सेन्टर तयार तिलोत्तमा नगरपालिकाले आफ्नै सक्रियतामा आइसोलेशन सेन्टर निर्माण गरेको छ । कोरोना संक्रमणको पूर्वतयारी अन्तर्गत तिलोत्तमाले शंकरनगर स्वास्थ्यचौकीमा आइसोलेसन सेन्टर बनाएको हो ।
नेपालमा संक्रमितको संख्या १ सय ९ पुग्यो
नेपालमा संक्रमितको संख्या १ सय ९ पुग्यो नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १ सय ९ पुगेको छ । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ सय ९ पुगेको हो ।
सहिद लखन थापाको शालिकमा तोडफोड भएको प्रति विभिन्न संघसंस्थाद्वारा दुःख व्यक्त
सहिद लखन थापाको शालिकमा तोडफोड भएको प्रति विभिन्न संघसंस्थाद्वारा दुःख व्यक्त रामपुर नगरपालिका वडा ४ मा रहेको नेपालका प्रथम सहिद क्याप्टेन लखन थापाको शालिकमा पटक–पटक हुँदै आएको तोडफोडको घटनाप्रति विभिन्न संघ संस्थाहरुले दुःख व्यक्त गरेका छन् ।
कुखुरा व्यवसायीलाई अनुदान
कुखुरा व्यवसायीलाई अनुदान बन्दाबन्दीका कारण किसानले उत्पादन गरेका कुखुरा विक्री वितरणमा समस्या भएपछि अनुदान उपलब्ध गराइएको छ । छत्रकोट गाउँपालिकाले २७ कुखुरा फार्म सञ्चालक किसानका लागि तीन लाख ५४ हजार अनुदान स्वरुप उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले जानकारी दिए ।
तिनाउ गाउँपालिकाले बाड्यो विपन्न परिवारलाई जस्ता पाता
तिनाउ गाउँपालिकाले बाड्यो विपन्न परिवारलाई जस्ता पाता फुसको छाना रहित गाउँपालिका बनाउने अभियानमा लागेको जिल्लाको तिनाउ गाउँपालिकाले विपन्न परिवारका लागि जस्ता पाता वितरण गरेको छ । दुई वर्ष अघिदेखि नै अभियान थालेको गाउँपालिकाले शुक्रबार ७२ विपन्न परिवारलाई जस्तापाता वितरण गरेको हो ।
कपिलवस्तुका संक्रमित बुटवल कोरोना अस्पतालमा
कपिलवस्तुका संक्रमित बुटवल कोरोना अस्पतालमा कपिलवस्तुको मायादेवी गाउँपालिकामा फेला परेका दुई कोरोना संक्रमितलाई उपचारका लागि कोरोना विशेष अस्पताल बुटवलमा पठाइएको छ ।
बागलुङमा आरडिटी किट अभाव
बागलुङमा आरडिटी किट अभाव बागलुङ कोरोना भाइरस परीक्षण गर्ने किटको अभाव भएको छ । बागलुङमा दैनिकजसो कोरोना भाइरसको परीक्षण गर्दा र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किटको अभाव हुन थालेको हो ।
गुल्मीमा निषेधाज्ञा कायमै
गुल्मीमा निषेधाज्ञा कायमै कोरोना भाईरसको सम्भावित संक्रमणको रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई जारी राखेको छ । विश्वव्यापी प्रकोपको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको रोकथाम नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
गाउँको उत्पादन शहरमा खोसाखोस
गाउँको उत्पादन शहरमा खोसाखोस लकडाउन छ, बाहिर हिड्न छैन, उपभोक्ता घरमै क्वारेन्टाइनमा बसेका छन् । पैसा गोजीमा भएर पनि उपभोक्ताले मनपरेको सरसमान किन्न पाएका छैनन् ।
Weather Update