Shittalpati
नेपालमा संक्रमितको संख्या १ सय ९ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १ सय ९ पुगेको छ । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ सय ९ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेका हुन् । उदपयपुरको भुल्के निवासी १८ वर्षीया किशोरी सहित ४५ र ६५ वर्षका महिलाहरू, कपिलवस्तुमा १७ र १८ वर्षका किशोर तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए । भुल्केमा पछिल्लो पटक थ्रोट स्वाब संकलन गरिएका ३ सय ३४ जनामध्ये विराटनगरस्थित कोशी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा तीन जनामा संक्रमण देखिएको हो ।

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update