Shittalpati
कुखुरा व्यवसायीलाई अनुदान

गुल्मी । बन्दाबन्दीका कारण किसानले उत्पादन गरेका कुखुरा विक्री वितरणमा समस्या भएपछि अनुदान उपलब्ध गराइएको छ । छत्रकोट गाउँपालिकाले २७ कुखुरा फार्म सञ्चालक किसानका लागि तीन लाख ५४ हजार अनुदान स्वरुप उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले जानकारी दिए ।

लकडाउनका कारण बजारमा कुखुरा विक्री वितरणमा समस्या परेको गुनासो आएपछि पालिकाले किसानलाई अनुदान उपलब्ध गराएको हो । गाउँपालिकाले फार्मका सात हजार ८० ब्रोइलर कुखुरालाई प्रति कुखुरा ५० का दरले अनुदान उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत पन्थले बताए । पालिकाले अनुदान उपलब्ध गराउन गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारीको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत र पशु सेवा शाखा प्रमुख सदस्य रहेको अनुगमन समिति गठन गरेको थियो । अनुगमन समितिले प्रत्यक्ष रुपमा पालिकाका सबै कुखुरा फार्मको अनुगमन तथा निरीक्षण गरी व्यवसायीलाई अनुदान उपलब्ध गराएको हो । गाउँपालिकाको अनुदान दिने निर्णयले व्यवसायी खुशी भएको छत्रकोट –२ पल्लीकोटका कुखुरा फर्म सञ्चालक डिल्लीराज खनालले बताए । बजारमा ब्रोइलर कुखराको मूल्य प्रतिकिलो १ सय ४० देखि १ सय ८० सम्म रहेको बताइएको छ । –रासस

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update