Shittalpati
सहिद लखन थापाको शालिकमा तोडफोड भएको प्रति विभिन्न संघसंस्थाद्वारा दुःख व्यक्त

पाल्पा (रामपुर) । रामपुर नगरपालिका वडा ४ मा रहेको नेपालका प्रथम सहिद क्याप्टेन लखन थापाको शालिकमा पटक–पटक हुँदै आएको तोडफोडको घटनाप्रति विभिन्न संघ संस्थाहरुले दुःख व्यक्त गरेका छन् ।

खोप्टार बक्सिस चौपारीस्थित शान्ति दिप उद्यान पार्कमा रहेको थापाको अर्धकदको शालिकमा केही दिन अघि तोडफोड भएको घटना प्रति एकिकृत मगर उत्थान समाज रामपुर तथा समाजसँग सम्वद्ध समूह, नेपाल मगर संघ लगाएतका संघ संस्थाहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै भत्र्सना गरेका हुन् । शालिकमा केही दिन अघि अज्ञात समूहले तोडफोड गरेको थियो । तोडफोडबाट पार्कमा रहेको थापाको ३ फिट अग्लो अर्धकदको शालिकको टाउँकोमा रहेका फेटा, बाया कान र गालामा क्षति पुगेको छ । यस अघि पनि शालिकमा तोडफोड हुँदै आएको भन्दै संस्थाहरुले घटना कुनै जात विशेषलाई मात्र होईन सिङ्गो राष्ट्रको इतिहास संरक्षणको अभियानमा चुनौती देखिएको उल्लेख गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘यस घटनाले कुनै जात विशेषलाई मात्र होइन सि·ो राष्ट्रको इतिहास संरक्षणको अभियानमा चुनौती देखिएको छ । यस्ता निन्दनिय घटना, पटक–पटक दोहोरिने प्रवृति, सार्वजनिक सम्पति माथि हुन गएको क्षतिप्रति तपसील बमोजिमका हामी र हाम्रो संघ, संस्था र समुह सहित सिङ्गो मगर समुदाय घोर भत्र्सना गर्दछौं ।’ साथै विज्ञप्तीमार्फत घटनाको सत्य, तथ्य छानविन सहित तत्काल घटनामा संलग्नहरुको पहिचान गरी कानुन अनुसारको कार्वाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ । राणा शासन विरुद्ध आवाज उठाउँदा सहिद भएका थापा मगरको सम्मान र इतिहासको संरक्षण गर्न एकिकृत मगर उत्थान समाज रामपुरले शालिक निर्माण गरी २०७१ वैशाख १ गते अनावरण गरेको थियो । शालिकमा २०७३ सालमा पनि अज्ञात समूहले तोडफोड गरेको थियो । विज्ञप्तीमा एकिकृत मगर उत्थान समाज, लखन थापा शालिक संरक्षण समिति, नेपाल मगर संघ, मगर रेन्जा समूह, मगर महिला समूह, शान्ति दिप उद्यान पार्क व्यवस्थापन समिति, शान्तिदिप समाज सुधार युवा क्लव र उपकार आमा समूह लगायतले ऐक्वद्धता जनाएका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update