अज्ञात रोगले बाख्रा मरे
बिहीबार, पुस १६, २०७७
संविधान रक्षाका लागि मेलमिलाप आवश्यक
बिहीबार, पुस १६, २०७७
संविधान रक्षाका लागि मेलमिलाप आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस पाल्पाले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले संविधानको रक्षाका मेलमिलाप नीति आवश्यक रहेको बताएका हुन् ।
काठमाडौँको तापक्रम शून्य डिग्रीतिर
बिहीबार, पुस १६, २०७७
काठमाडौँको न्यूनतम तापक्रम आज शून्य दशमलव ८ डिग्रीमा झरेको छ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ ।
आज राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाइदैं
बिहीबार, पुस १६, २०७७
४५ औं राष्ट्रिय मेलमिलाप दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदैछ । वीपी कोइराला सहित नेपाली काँग्रेसका नेताहरु मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा यो दिवस मनाइने गरिन्छ ।
गुल्मीमा धान उत्पादन उत्साहजनक, दश प्रतिशतले भयो वृद्धि
बिहीबार, पुस १६, २०७७
गुल्मीमा यस वर्ष धान उत्पादन उत्साहजन देखिएको छ । समयमा धान रोपाइँ, अनुकूल मौसम, पर्याप्त सिँचाइ, रासायनिक मलको व्यवस्था, पर्याप्त जनशक्तिका कारण धान उत्पादनमा वृद्धि भएसँगै किसानहरु उत्साहित भएका छन् । कृषि ज्ञानकेन्द्र गुल्मीका अनुसार गत वर्षको तुलनामा यस वर्ष १० दशमलव १८ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको हो ।
सनातन धर्म सेवा समितिको अधिवेशन, अध्यक्षमा रेग्मी
बुधबार, पुस १५, २०७७
सनातन धर्म सेवा समिति तानसेनको अधिवेशन भएको छ । समितिको अमरनारायण मन्दिर परिसरभित्र नवनिर्मित हनुमान मन्दिरमा बुधबार धान्य पूर्णिमाको दिन गुठ पुजा सहित अधिवेशन भएको हो । अधिवेशनले वरुण रेग्मीको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ ।
उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन
बुधबार, पुस १५, २०७७
उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपभोगका लागि सचेत गराउन घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । उपभोक्तामा सचेतना अभिवृद्धि गर्न समुदाय र विद्यालयस्तरमा उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।
पाँच सय १२ स्थानीय निकायमा इन्टरनेट जडान
बुधबार, पुस १५, २०७७
देशभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने काम जारी छ । गत मंसिर मसान्तसम्म ७३ प्रतिशत जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडव्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने काम जारी राखेको हो ।
हात्तीको आक्रमणबाट मृत्यु
मंगलबार, पुस १४, २०७७
सुनसरीको कोशी गाउँपालिका–४ मा पुनः हात्तीको आक्रमणबाट एकको मृत्यु भएको छ । सोमबार राति कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीको आक्रमणमा परेर कोशी–५ का मोती कामैतको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी अरुण मण्डलले बताउनुभयो ।
ससंद पुनस्र्थापनाको माग गर्दै नेकपा दाहाल नेपाल पक्षको विरोध
मंगलबार, पुस १४, २०७७
संसद् विघटन असंवैधानिक कमद भएकोले संसद् पुनःस्थापना हुनुपर्ने माग गर्दै नेकपा पाल्पा दाहाल नेपाल पक्षले विरोध कार्यक्रम गरेको छ । केन्द्रिय कार्यक्रम अनुसार नेकपा पाल्पा दाहाल नेपाल समूहले केपी ओली सरकार राष्ट्रघाती, जनविरोधी, भ्रष्टाचारी, भएकोले विघटित संसद पुनःस्थापना गरी वर्तमान सरकारलाई हटाउनुपर्ने आवाज उठाएका छन् ।
‘शिक्षा र राजनीति : अभ्यास र कार्यदिशा’ नामक विचार गोष्ठी
मंगलबार, पुस १४, २०७७
शिक्षाका लागि राष्ट्रिय अभियान, जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा ‘शिक्षा र राजनीति : अभ्यास र कार्यदिशा’ नामक विचार गोष्ठी भएको छ । तानसेनको होटल दि ह्वाइटलेकमा एक कार्यक्रमका बिच शिक्षा र राजनीति : अभ्यास र कार्यदिशा नामक विचार गोष्ठी भएको हो ।
राजनीतिक अस्थिरता मान्य हुँदैन : खाँण
मंगलबार, पुस १४, २०७७
नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले मुलुकमा राजनीतिक अस्थिरता मान्य नहुने बताएका छन् । उनले प्रतिनिधिसभा विघटनले राजनीतिक अस्थिरता निम्तिने खतरा बढेकाले यसविरुद्ध पार्टीले खबरदारी गरिरहेको बताए ।
लोकतान्त्रिक संविधान संरक्षण गर्न काँग्रेस सडकमा
मंगलबार, पुस १४, २०७७
लोकतान्त्रिक संविधान संरक्षणका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सडकमा उत्रिएको छ । बहुमत प्राप्त केपी शर्मा ओली नेतृत्वको सरकारले संविधानको मूल्य र मान्यता माथि नै कुठराघात गरी लोकतान्त्रिक संविधानलाई नै संकटमा पार्न लागेकोले त्यसको संरक्षणका लागि भन्दै काँग्रेस सडकमा उत्रिएको हो ।


