भारतमा घट्दो क्रममा कोरोना
बुधबार, असोज २१, २०७७
प्रदेश राजधानी देउखुरीका विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप
मंगलबार, असोज २०, २०७७
नेपाली कांग्रेसले प्रदेश नं ५ को स्थायी राजधानी देउखुरीका विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ । आज बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकाले दाङस्थित देउखुरीका विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप लगाएको हो ।
पाल्पामा थप १२ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ७ सय ६९ पुग्यो
सोमबार, असोज १९, २०७७
जिल्लामा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार रामपुर नगरपालिकाका १ जना, रिब्दीकोट गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका ९ जनामा कोरोना संक्रमण देखिएको हो ।
प्रदेश राजधानीको विरोधमा पाल्पामा पनि काँग्रेसको प्रदर्शन
सोमबार, असोज १९, २०७७
प्रदेश पाँच सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव गरेलगत्तै विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका छन् । प्रतिपक्ष दल नेपाली काँग्रेसको नेतृत्वमा ठाउँ–ठाउँमा विरोध प्रदर्शन भएका हुन् ।
डा.गोविन्द केसीको समर्थनमा पाल्पामा प्रदर्शन
आइतबार, असोज १८, २०७७
स्वास्थ्य सेवा र शिक्षामा सुधार माग गर्दै अनशन बसेका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा पाल्पाली युवाहरुले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन् । अनसनको २१ औ दिन पुगीसक्दा पनि सरकारले कुनै चासो नदेखाएको भन्दै युवा सजगता अभियान पाल्पाले आइतबार प्रदर्शन गरेको हो ।
पूर्वमन्त्री दलबहादुर रानालाई कोरोना संक्रमण
आइतबार, असोज १८, २०७७
नेकपाका नेता तथा पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री दलबहादुर रानालाई कोरोना संक्रमण भएको छ । शनिबार काठमाडौंको सानेपास्थित स्टार अस्पतालमा स्वाब परीक्षण गर्दा रानालाई कोरोना संक्रमण पुष्टि भएको हो । पाल्पा क्षेत्र न १ बाट निर्वाचित संघीय सांसद समेत रहेका उनी गत विहिबार नेकपा पाल्पाको कार्यालय बैठकमा सहभागी भएका थिए ।
रिब्दीकोट गाउँ सरकारले कृषकलाई ब्याजमा शत प्रतिशत अनुदान दिने
आइतबार, असोज १८, २०७७
जिल्लाको रिब्दीकोट गाउँ सरकारले कोभिडका कारण रोजगार गुमाएका युवाहरूको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन कृषि ऋणमा शतप्रतिशत ब्याज अनुदान दिने भएको छ । गाउँपालिकाले कोराना भाइरस (कोभिड–१९) का कारण स्वदेश तथा विदेशमा रोजगार गुमाएका र स्वदेशमै व्यवसायिक कृषिमा लाग्न चाहने उद्यमशील युवाहरुलाई लक्षित गरेर व्यवसायिक ऋणको...
पाल्पामा दुई राप्रपा बिच पार्टी समायोजन
शनिबार, असोज १७, २०७७
पाल्पामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच पार्टी समायोजन भएको छ । केन्द्रमा दुई पार्टी बिच एकता भएपछि पाल्पामा पनि पार्टी समायोजन भएको हो ।
नेपालमा एकै दिन २ हजार ४४ संक्रमित निको भए
शनिबार, असोज १७, २०७७
नेपालमा एकै दिन २ हजार ४४ कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा शनिबार देशका विभिन्न जिल्लाका २ हजार ४४ कोरोना संक्रमित निको भएका हुन् ।
काँग्रेसद्वारा भोलि रुपन्देही बन्दको घोषणा
शनिबार, असोज १७, २०७७
नेपाली कांग्रेसले रुपन्देही बन्दको घोषणा गरेको छ । सरकारले प्रदेशसभामा स्थायी राजधानी दाडको देउखुरीमा बनाउने प्रस्ताव लगेपछि त्यसको विरोधमा नेपाली काँग्रेसले भोलि अर्थात् असोज १८ गते बन्दको घोषणा गरेको हो ।
चाडपर्वसँगै अब गाउँघर संक्रमणको जोखिममा
शनिबार, असोज १७, २०७७
चाडपर्व नजिकिएसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम गाउँघरमा हुने भएको छ । काठमाडौँ उपत्यका लगायत शहरी क्षेत्रबाट चाडपर्वमा घर जाने भएकाले गाउँघरमा सङ्क्रमणको जोखिम बढ्ने भएको हो ।
पाल्पामा कोरोना संक्रमितको संख्या ७ सय ५७ पुग्यो
शनिबार, असोज १७, २०७७
पाल्पामा कोरोना संक्रमितको संख्या ७ सय ५७ पुगेको छ । शनिबार थपिएका ८ जना सहित जिल्लामा संक्रमितको संख्या ७ सय ५७ पुगेको हो । पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
पाल्पाको तिनाउमा रुखबाट खसेर एक युवकको मृत्यु
शनिबार, असोज १७, २०७७
जिल्लाको तिनाउ गाउँपालिका ४ मा रुखबाट खसेर एक युवकको मृत्यु भएको छ ।


