माथागढीमा निःशुल्क स्वास्थ्य परीक्षण, मुटु रोगी उत्साहित
शुक्रबार, कात्तिक २६, २०७८
तम्घासको सिद्धबाबामा शैक्षिक सामग्री प्रदर्शन
शुक्रबार, कात्तिक २६, २०७८
जिल्लाको सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयमा शैक्षिक सामग्री प्रदर्शन गरिएको छ । विद्यालयले विश्व विज्ञान दिवसको अवसर पारेर पुरातात्विक एवं विद्यार्थीहरुले निर्माण गरेका गणित र विज्ञानसँग सम्बन्धित शैक्षिक सामग्री प्रदर्शन गरेको हो ।
३ सय १७ संक्रमित थपिए
शुक्रबार, कात्तिक २६, २०७८
पछिल्लो २४ घण्टामा नेपालमा ३ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । १२ हजार ६ सय ५३ नमूना परीक्षणमा ३ सय १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।
प्रविधितर्फ किसान आकर्षित
शुक्रबार, कात्तिक २६, २०७८
रम्भा गाउँपालिका १ सघाहाका अगुवा किसान ऋषिराम अर्यालले विगत पाँच वर्षदेखि प्रविधि (थ्रेसर) को प्रयोग गरी धानबाली स्याहार्दै आएका छन् । धान झाट्ने र दाही हाल्ने काम एकै पटकमा हुने भएपछि ‘थ्रेसर मेसिन’बाट धान स्याहार्ने कार्यमा कृषकको आकर्षण बढेको उनी बताउन्छन् ।
विप्लवद्वारा नेपाल बन्दको घोषणा
बिहीबार, कात्तिक २५, २०७८
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी बन्द सहितको आन्दोलनको घोषणा गरेको छ ।
आजदेखि जनगणना, सम्पूर्ण तयारी पूरा
बिहीबार, कात्तिक २५, २०७८
आजदेखि राष्ट्रिय जनगणनाको कार्य सुरु भएको छ । १२ औँ शृङ्खलाको मुख्य गणनाकार्य विहीबारदेखि सुरु हुन लागेको हो ।
देशभर चिसो बढ्यो
बिहीबार, कात्तिक २५, २०७८
काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । बुधबार काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको थियो ।
गुल्मेलीको मिलन पाल्पामा
बुधबार, कात्तिक २४, २०७८
पेशा, व्यवसाय, रोजगार र अध्ययनको शिलशिलामा गुल्मीबाट पाल्पामा बसोवास गर्दै आएका गुल्मेलीहरुको मिलन भएको छ । २०७२ सालमा स्थापना भएको गुल्मेली संगम पाल्पाले बुधबार पाल्पाको तानसेनमा गुल्मेलीहरुको मिलन गराएको हो ।
गुल्मीमा पहिलो पटक स्क्रयाबल प्रतियोगिता
बुधबार, कात्तिक २४, २०७८
जिल्लामा पहिलो पटक जिल्लास्तरीय स्क्रयाबल प्रतियोगिता भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका ८ मा रहेको सिद्धबाबा माध्यमिक विद्यालयको आयोजनामा स्क्र्याबल प्रतियोगिता भएको हो ।
पाल्पामा मंगलबार २१ नयाँ संक्रमित थपिए
मंगलबार, कात्तिक २३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप २१ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २१ जनामा संक्रमण पुष्टि भएको हो ।
राष्ट्रियसभा २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै
मंगलबार, कात्तिक २३, २०७८
राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत रहेका छन् ।
पर्यटक लोभ्याउन रेसुङ्गाको गर्जुरामा पर्यटन पार्क
मंगलबार, कात्तिक २३, २०७८
जिल्लाको पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रमा रहेको गर्जुरामा पर्यटन पार्क बन्न लागेको छ । रेसुङ्गा नगरपालिकामा पर्यटकलाई लोभ्याउन यहाँ पर्यटन पार्क बन्न लागेको हो ।
रिडीमा तीनमुखे पुल निर्माणमा ढिलासुस्ती
मंगलबार, कात्तिक २३, २०७८
पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा निर्माणाधीन तीनमुखे झोलुङ्गे पुल निर्माण सात वर्षमा पनि पूरा हुन सकेको छैन ।


