Shittalpati
पाल्पामा सक्रिय संक्रमित सात सय पुगे

पाल्पा, जिल्लामा बिहीबारसम्म सात सय संक्रिय संक्रमित पुगेका छन् । पछिल्लो २४ घण्टामा ९९ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या सात सय पुगेको हो । जस मध्ये ६ सय ८८ जना होम आइसोलेसनमा रहेका छन् भने १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्य कार्यालय पाल्पाले बिहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ९९ जनामा संक्रमण पुष्टि भएको छ । ६३ जनाको पीसीआर परीक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको हो । जसमा तानसेन नगरपालिकाका २४, बगनासकाली गाउँपालिका, रम्भा गाउँपालिका, रैनादेवी छहरा गाउँपालिकका ४/४, रामपुर नगरपालिकाका ३, माथागढी गाउँपालिकाका २, पूर्वखोला गाउँपालिका र निस्दी गाउँपालिकाका १/१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै पीसीआर परीक्षण गर्दा जिल्लामा अहिलेसम्म ६ हजार ८ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ हजार ७ सय १४ जना महिला र ४ हजार १ सय ९ जना पुरुष रहेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ५६ जनामा संक्रमण देखिएको छ । १ सय ३३ जनामा परीक्षण गरिएकोमा ५६ जनामा संक्रमण देखिएको हो । तानसेन नगरपालिकाका २१, पूर्वखोला गाउँपालिकाका १७, बगनासकाली गाउँपालिकाका ७, रैनादेवी छहरा गाउँपालिकाका ६, माथागढी गाउँपालिकाका ३ र रामपुर नगरपालिका २ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ४ हजार ७ सय ७९ पुगेको छ । जहाँ २ हजार ४ सय ६२ जना महिला र २ हजार ३ सय १७ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४५ जना संक्रमितले कोरोना जितेका छन् । तानसेनका २५, बगनासकालीका ६, रम्भाका ५, रैनादेवी छहराका ३, रामपुर, पूर्वखोलाका २/२ ,माथागढी र तिनाउका १/१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या १० हजार ६ सय ४३ पुगेको छ । जसमा ४ हजार ७ सय ४९ महिला, ५ हजार ८ सय ९४ जना पुरुष रहेका छन् । यहाँ अहिलेसम्म २ सय ५९ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८४ जना महिला र १ सय ७५ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ ।

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update