सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन बोलपत्र आह्वान
आइतबार, जेठ ९, २०७८
टेक्रेका घर–घरमा धारा, हट्यो पानीको समस्या
आइतबार, जेठ ९, २०७८
खानेपानीको समस्या झेलिरहेका पाल्पाको बगनासकाली गाउँपालिका ५ र ६ का सबै घरमा खानेपानीका धारा जडान गरिएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको आर्थिक तथा प्राविधीक सहयोग र स्थानीय बासिन्दाको श्रमदानमा यहाँका प्रत्येक घरमा धारा जडान भएपछि स्थानीय दङ्ग परेका छन् ।
गुल्मी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग
शनिबार, जेठ ८, २०७८
गुल्मी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग प्राप्त भएको छ । नेपाल औषधी ब्यवसायी महासंघ गुल्मीको आर्थिक सहयोग र पत्रकार महासंघ गुल्मीको समन्वयमा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग भएको हो ।
पाल्पा कोरोना अपडेट : शनिबार १ सय ४१ संक्रमित निको भए
शनिबार, जेठ ८, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप १ सय ४१ कोरोना संक्रमित निको भएका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ५६ जना महिला र ८५ जना पुरुष कोरोना संक्रमणमुक्त भएका हुन् ।
माथागढीले जेठ २५ मा वार्षिक परीक्षाफल प्रकाशन गर्ने
शनिबार, जेठ ८, २०७८
जिल्लाको माथागढी गाउँपालिकामा चालू शैक्षिक सत्रमा बाँकी रहेको विद्यालय तहको वार्षिक परीक्षा नहुने भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि माथागढीका सामुदायिक तथा संस्थागत विद्यालय वैशाख १४ गतेबाट पूर्णतः बन्द गरिएका छन् ।
आज जैविक विविधता दिवस
शनिबार, जेठ ८, २०७८
आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । जैविक विविधताका मुद्दाप्रतिको बुझाई र सचेतना वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको आहवानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाउने गरिएको छ ।
कोरोना प्रभाव : बुद्ध जयन्तीमा सुनसान लुम्बिनी
शनिबार, जेठ ८, २०७८
हरेक वर्ष बुद्ध जयन्ती नजिकिँदै जाँदा लुम्बिनीमा विशेष चहलपहल हुन्थ्यो । लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थलमा विशेष कार्यक्रम गर्न दुई महिना अगाडि देखि नै उपसमिति बनाएर तयारी शुरु गथ्र्यो ।
प्रतिनिधिसभा फेरी विघटन, कात्तिक २६ र मङ्सिर ३ मा निर्वाचन हुने
शनिबार, जेठ ८, २०७८
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा मध्यरातमा फेरि प्रतिनिधिसभा विघटन भएको छ । शुक्रबार राति आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर ओलीले १२ः५० मा प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले एक घण्टापछि १ बजेर ४९ मिनेटमा घोषणा गरेकी हुन् ।
.
गुल्मी कोरोना अपडेट : एकै दिन दुई संक्रमितको मृत्यु
शुक्रबार, जेठ ७, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार बैशाख २९ गते कोरोना संक्रमण पुष्टि भएका रेसुंगा नगरपालिका –१० का २९ वर्षीय पुरूषको लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको हो ।
प्रधानमन्त्रीमा ओलीको पनि दाबी
शुक्रबार, जेठ ७, २०७८
नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् ।
पाल्पामा निको हुने संक्रमित बढ्दै, शुक्रबार मात्र १ सय ७४ डिस्चार्ज
शुक्रबार, जेठ ७, २०७८
जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितहरु निको हुने संख्या बढ्दै गएको छ । कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने दैनिक रुपमा बढ्दै गएको छ । शुत्रबारमात्र जिल्लामा १ सय ७४ जना कोरोना संक्रमित निको भएका छन् ।
बिहे भोजपछि फैलियो कोरोना, एकै गाउँका दुईको मृत्यु, ७४ संक्रमित
शुक्रबार, जेठ ७, २०७८
गुल्मीको कालीगण्डकी मा बिहे भोजपछि फैलिएको कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ७४ जनामा संक्रमण देखिएको छ । कालीगण्डकी गाउँपालिका ५ मा गत वैशाख १८ गते गरिएको बिहे भोजपछि गाउँलेलाई कोरोनाका मिल्दाजुल्दा लक्षण देखिन थालेका थिए ।


-1762576335.jpg)