चर्चरे, सराई –आर्यभञ्ज्याङ जोड्ने सडकको तिनाउ खोलामा पक्की पुल बन्दै
शनिबार, कात्तिक २२, २०७७

रामपुरमा लुटपाट घटनाका अभियुक्त पक्राउ
शुक्रबार, कात्तिक २१, २०७७
जिल्लाको रामपुर नगरपालिका ८ ढकालचौपारीको एक घरमा लुटपाट गरी नगद र गहना चोरी गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय मनकुमारी श्रेष्ठको घरबाट गत मंगलबार लुटपाट गरी नगद र गहना चोरी गर्ने दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।

बुटवलमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु
शुक्रबार, कात्तिक २१, २०७७
बुटवलमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु भएको छ । बुटवलको कोरोना विषेश असपतालमा नवलपरासी पश्चिमका बर्दधाट नगरपालिका १ का ४७ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।

एकै दिन ४ हजार ५ सय संक्रमित डिस्चार्ज
शुक्रबार, कात्तिक २१, २०७७
नेपालमा कारोना संक्रमण जितेर घर फर्किनेहरुको दर पनि बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा शुक्रबार थप ४ हजार ५ सय जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ५२ हजार ९सय ८ संख्या पुगेको छ ।

बैध भोट मात्रै गनिए आफूले जित्ने ट्रम्पको दावी, अदालतद्वारा उजुरी खारेज
शुक्रबार, कात्तिक २१, २०७७
अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । राष्ट्रपतिका उम्मेदवार समेत रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र पुनः मतगणना गर्न माग गरेकाले विवाद भएको हो ।

१ सय ६५ जनामा स्क्रबटाइफस
शुक्रबार, कात्तिक २१, २०७७
जिल्लामा साउन यता १ सय ६५ जनामा स्क्रबटाइफस देखापरेको छ । यही अवधिमा डेङ्गु हुनेको संख्या ३३ रहेको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार तीमध्ये चितवन जिल्लाका डेङ्गु संक्रमित २७ जना र स्क्रब टाइफसका ७९ जना रहेका छन् ।
.jpg)
किसानलाई धान स्याहार्ने चटारो
शुक्रबार, कात्तिक २१, २०७७
यतिबेला पाल्पा र गुल्मीका किसानहरु धान स्याहार्न व्यस्त छन् । विजया दशमी सकिएलगत्तै कृषकहरू धान स्याहार्न व्यस्त देखिएका हुन् । तिहार अगाडि नै यहाँका अधिकांश ठाउँमा धान स्याहार्ने काम सकिन्छ ।

अमेरिकी चुनाव : मिचिगन, विस्कन्सिनमा बाइडेन विजयी
बिहीबार, कात्तिक २०, २०७७
अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फका प्रत्यासी जो बाइडेनले मिचिगन र विस्कन्सिन राज्यमा विजय हासिल गरेका छन् । डेमोक्रेट पार्टीको वर्चश्व रहँदै आएका यी दुबै राज्यमा चार वर्षअघि राष्ट्रपति ट्रम्प विजयी भएका थिए ।

पाल्पाका दुई पुरुषको मृत्युपछि कोरोना पुष्टि
बिहीबार, कात्तिक २०, २०७७
जिल्लामा मृत्यु भएपछि दुई पुरुषको कोरोना संक्रमण पुष्टि भएको छ । तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारत दुई पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको हो । माथागढी गाउँपालिका र तिनाउ गाउँपालिकाका दुई जना पुरुषको विहिबार कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

पाल्पामा थप कोरोना संक्रमित माथागढीका एक पुरुषको मृत्यु
बिहीबार, कात्तिक २०, २०७७
पाल्पामा थप कोरोना संक्रमित माथागढीका एक पुरुषको मृत्यु भएको छ । माथागढी गाउँपालिका–२ रुप्सेका ६६ वर्षीय कोरोना संक्रमित पुरुषको युनाईटेड मिसन अस्पताल तानसेनमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।

पाल्पामा थप कोरोना संक्रमित ४४ वर्षीय पुरुषको मृत्यु
बिहीबार, कात्तिक २०, २०७७
जिल्लामा थप कोरोना संक्रमित ४४ वर्षीय एक पुरुषको मृत्यु भएको छ । तिनाउ गाउँपालिका ६ डुम्रेका पुरुषको बुधबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

चिसो बढेसँगै बाढी–पहिरो पीडितलाई बासको चिन्ता
बिहीबार, कात्तिक २०, २०७७
भदौ १७ गते भुजी खोलामा बाढी–पहिरो नआएको भए यतिबेला ढोरपाटनको बुकी क्षेत्रमा रहेका बोबाङबासी बेसी झरिरहेका हुन्थे । वर्षाको समयमा ढोरपाटन शिकार आरक्ष क्षेत्रको बुकीमा पशुपालन व्यवसाय र खेतीपाती गर्ने र हिउँद्मा बोबाङ झरेर चिसो छल्थे उनीहरू ।

पाल्पामा यसवर्ष धान उत्पादनमा गिरावट आउने
बिहीबार, कात्तिक २०, २०७७
जिल्लामा यसवर्ष धान उत्पादनमा गिरावट आउन सक्ने अनुमान गरिएको छ । बेमौसमी वर्षाद्, रोकको प्रकोप र रासायनिक मलको अभावका कारण धान उत्पादनमा गिरावट आउन सक्ने विज्ञहरुले अनुमान गरेका हुन् ।