गुल्मीका कोरोना संक्रमित ८५ वर्षीय पुरुषको बुटवलमा मृत्यु
बुधबार, कात्तिक १९, २०७७
.jpg)
सात दिनभित्रै दाबी भुक्तानी दिन समितिको निर्देशन
बुधबार, कात्तिक १९, २०७७
नियामक निकाय बिमा समितिले सबै बिमा कम्पनीहरुलाई निर्देशन कोरोना बिमाको दाबी भुक्तानी ७ दिनभित्र दिन निर्देशन दिएको छ । कोरोना लागेर निको भइसकेको लामो समयसम्म पनि धेरैले बिमा दावी भुक्तानी नपाएको व्यापाक गुनासो आएपनि समितिले ७ दिनभित्रै भुक्तानी दिन निर्देशन दिएको हो ।

पाल्पामा कारोना संंक्रमणबाट स्वास्थ्यकर्मीको निधन
मंगलबार, कात्तिक १८, २०७७
पाल्पामा कोरोना संक्रमणबाट एक जना स्वास्थ्यकर्मीको निधन भएको छ । पाल्पामा पहिलो पटक रामपुरमा मेडिकल व्यवसाय गर्ने ४४ वर्षिय एक पुरुष स्वास्थ्यकर्मीको निधन भएको हो ।

मंगलबार ३ हजार १ सय ४२ जना कोरोना मुक्त
मंगलबार, कात्तिक १८, २०७७
पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय ४२ जना कोरोना संक्रमणबाट निको भएका छन् । मंगलबार देशभर ३ हजार १ सय ४२ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पाल्पामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु
मंगलबार, कात्तिक १८, २०७७
पाल्पामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचाररत रामपुर नगरपालिका ७ पाल्पाका ४४ वर्षीय पुरूषको मृत्यु भएको हो ।

विदेशबाट फर्किएका युवा अदुवा खेतीमा
मंगलबार, कात्तिक १८, २०७७
देशमा रोजगारी नभएको भन्दै धेरै युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिएको बेला केही युवा भने वैदेशिक रोजगारीलाई छाडेर स्वदेशमै कृषि पेशामा आफ्नो भविष्य खोजिरहेका छन् । विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्रै भएको भन्दै रोजगारीका लागि विदेशिएका युवा पछिल्लो समय कृषिमा पेशातर्फ आकर्षित हुन थालेका छन् ।

बागलुङमा देउसी भैलो खेल्न नपाइने
मंगलबार, कात्तिक १८, २०७७
नेपालीहरुको दोस्रो महान पर्व तिहारका अवसरमा खेलिँदै आएको देउसीभैलो यस वर्ष खेल्न नपाइने भएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस बागलुङको समुदायस्तरमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले सोमबार १२ बुँदे निर्देशन जारी गर्दै देउसीभैलो नखेल्न भनेको हो ।
.jpg)
बाँझो जमिन उपयोग गर्ने कृषकलाई अनुदान
मंगलबार, कात्तिक १८, २०७७
तपाईले आफ्नो स्वामित्वको कृषियोग्य जग्गा बाँझो राख्नु भएको छ ? त्यसो हो भने अब त्यसमा केही न केही उब्जनी गर्ने गरी तयारी थाल्नुस् । स्थानीय सरकारले अब बाँझो रहेको कृषियोग्य जमिन उपयोग गर्ने कृषकलाई अनुदान दिने भएका छन् ।

पाल्पामा सोमबार ३९ जना कोरोनामुक्त
सोमबार, कात्तिक १७, २०७७
पछिल्लो २४ घण्टामा पाल्पामा थप ३९ जना संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई सोमबार प्राप्त विवरण अनुसार रामपुरका १८ जना, बगनासकालीका १७ जना, रैनादेवी छहरा, तिनाउ,पूर्वखोला गाउँपालिका र तानसेन नगरपालिकाका एक÷एक जना संक्रमणमुक्त भएका हुन् ।

तिलोत्तमामा ६० बिघामा चक्लाबन्दी आलु खेती
सोमबार, कात्तिक १७, २०७७
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सामूहिक आलु खेती शुरु गरिएको छ । स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्ने तथा आयात प्रतिस्थापन गरी आलुको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले किसानलाई व्यवसायिक आलु खेतीतर्फ अग्रसर गराउँदै ६० बिघा जग्गामा आलु खेती शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

नेपालमा एकै दिन ३ हजार ६ सय २० संक्रमित डिस्चार्ज
सोमबार, कात्तिक १७, २०७७
नेपालमा बितेको २४ घण्टामा ३ हजार ६ सय २० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार देशभरबाट आइतबार मात्र ३ हजार ६ सय २० जनाले कोरोना जितेका हुन् ।

गुल्मी धुर्कोटका दर्जनौं युवा काँग्रेसमा प्रवेश
आइतबार, कात्तिक १६, २०७७
गुल्मीको धुर्कोटमा युवाहरु कांग्रेसमा प्रवेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी तथा अन्य राजनितिक दलमा क्रियाशिल रहेका धुर्कोट गाउँपालिका ४ जैसिथोकका युवाहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

धरौटी शुल्क नलिइ कोरोना संक्रमितको उपचार गर्न सरकारको निर्देशन
आइतबार, कात्तिक १६, २०७७
धरौटी शुल्क नलिई कोरोना सक्रमितको उपचार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार मन्त्रालयको कोरोना ब्रिफिङमा धरौटी रकम नलिइ उपचार गर्न निर्देशन दिएको बताए ।