
पाल्पा, विश्वभर फैलिएको कोरोना संक्रमणका कारण विथोलिएको शैक्षिक सत्र यो वर्ष वैशाखबाटै भौतिक उपस्थितीमा गर्ने तयारी थालिएको छ । संक्रमण अवस्था साम्य भए वैशाखबाटै नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको योजना छ । यसअघिका शैक्षिक सत्र संक्रमण जोखिमका कारण प्रभावित बनेको थियो । कोभिड संक्रमणका कारण शैक्षिकसत्रको सुरुमा र अहिले पनि पठनपाठन प्रभावित बनिरहेको छ ।
चुनावका कारण पठनपाठन अझ प्रभावित हुन सक्ने भएकाले राष्ट्रिय परीक्षा बोर्डले त्यसअघि नै परीक्षा सकेर नयाँ शैक्षिकसत्रको तयारी गर्न लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सूचना जारी गर्दै शैक्षिक तालिका नियमित गर्न आग्रह गरेका छन् । सूचनामा भनिएको छ, ‘विद्यार्थीको भविष्यलाई जोड दिदैँ यही २०७९ वैशाख ९ गतेदेखि वैशाख २० गतेसम्म एसईईको परीक्षा अनिवार्य सक्ने गरी राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरेको छ । कोभिड महामारी एवम निर्वाचन घोषणाका कतिपय अप्ठ्याराहरू छिचोल्दै समयमा नै पठनपाठन पूरा गर्न र सक्रियतापूर्वक आ–आफ्ना जिम्मेवारी बहन गर्न शिक्षक, अभिभावक र विद्यार्थीरूलाई विशेष अनुरोध गर्दछु । शैक्षिक तालिका नियमित गर्नका लागि सम्बन्ध सबै पक्षले आवश्यक सहयोग गरिदिनुहन हार्दिक अनुरोध गर्दछु ।’