पाल्पा आइतबार थप ४ जनामा कोरोना पुष्टि
आइतबार, कात्तिक १६, २०७७

सञ्चारकर्मीको उपचारको व्यवस्था गर्न माग
आइतबार, कात्तिक १६, २०७७
नेपाल पत्रकार महासंघले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका सञ्चारकर्मीसहित सबै नागरिकको उपचार उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासंघका महासचिव रमेश विष्टले एक विज्ञप्ति जारी गर्दै संक्रमणको उच्च जोखिमबीच कार्यक्षेत्रमा खटिने सञ्चारकर्मी र नागरिकको निःशुल्क पिसिआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै संक्रमित सञ्चारकर्मीसहित सबै नागरिकको उपचारको उचित...

रोजगार गुम्दा दसैँ पीडादायी
आइतबार, कात्तिक १६, २०७७
लम्कीचुहा नगरपालिकाका रोहित धामी निजी विद्यालयका शिक्षक हुन् । रोहितले विद्यालयबाट तलब नपाएको आठ महिना भयो । रोजगारविहीन भएका रोहितलाई यस वर्षको दशैँ टार्न निकै गाह्रो भयो । कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलन थालेपछि गत वर्ष चैतबाट बन्द भएका विद्यालय सञ्चालनमा नआएपछि निजी विद्यालयमा कार्यरत शिक्षकले तलब पाउन सकेका छैनन्...

माथागढीमा प्रभावकारी बन्दै ‘गर्भवतीलाई अण्डा र झण्डा’ कार्यक्रम
आइतबार, कात्तिक १६, २०७७
माथागढी गाउँपालिका १ चिदीपानीकी २५ वर्षीय कविता सारु नियमित गर्भ परीक्षणका लागि स्वास्थ्य चौकी पुगिन् । गर्भ परीक्षण गराई घर फर्किने क्रममा उनलाई स्वास्थ्यकर्मीले हातमा अण्डा थमाइदिए । सुरुमा त उनलाई अचम्म लाग्यो । तर पछि उनलाई स्वयमसेविकाले स्वास्थ्य संस्थामा नियमित गर्भ परीक्षण गराए वापत गाउँपालिकाले अण्डा उपहार दिने बताएपछि...

नेपालमा एकै दिन २ हजार २ सय ६४ संक्रमित डिस्चार्ज
शनिबार, कात्तिक १५, २०७७
बितेको २४ घण्टामा देशभर थप २ हजार २ सय ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार थप २ हजार २ सय ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन् । यससँगै देशभर कूल संक्रमित मध्ये १ लाख ३१ हजार २ सय २२ संक्रमणमुक्त भएका छन् ।

अभियानकै रूपमा गुर्जाे रोप्दै ट्राफिक प्रहरी
शनिबार, कात्तिक १५, २०७७
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयसहित कोटेश्वरस्थित तीनकुनेको खाली जग्गामा आज गुर्जोको बिरूवा रोपेको छ ।

पाल्पामा एकै दिन थप ३४ जनामा कोरोना पुष्टि, ४७ जनाले कोरोना जिते
शनिबार, कात्तिक १५, २०७७
पछिल्लो २४ घण्टामा पाल्पामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई शनिबार प्राप्त विवरण अनुसार २० पुरुष र १४ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका २५, रिब्दीकोटका २,बगनासकालीका ४,रम्भाका १, पूर्वखोलाका २ जनामा संक्रमण पुष्टि भएको हो ।

सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ
शनिबार, कात्तिक १५, २०७७
स्याङ्जाको गल्याङ नगरपालिका ७ कल्लेरीमा रहेको सरस्वती आधारभूत विद्यालयमा मगर भाषा पढाउन थालिएको छ । मगर समुदायको भाषा, लिपी, लिपी र रीतिरिवाजको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले मगर भाषाको पढाइ शुरु गरिएको विद्यालयका प्रधानाध्यापक दलबहादुर रानाले बताए ।

आज विश्व शहरीकरण दिवस मनाइदैं
शनिबार, कात्तिक १५, २०७७
आज विश्व शहरीकरण दिवस विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ । हरेक वर्षको अक्टुबर ३१ को दिन विश्वभरि शहरीकरण दिवस मनाइने गरिन्छ ।

बालविवाह न्यूनीकरणको अभियानमा प्रदेश प्रहरी
शनिबार, कात्तिक १५, २०७७
मातृ शिशु मृत्युदरको कारक मानिने बालविवाहको अवस्था नेपालमा अझै कायमै रहेको छ । बालविवाह विरुद्धको चेतनास्तरमा वृद्धि भएपनि यसको क्रम भने घटेको छैन । सानै उमेरमा विवाह गरिदिने प्रचलनमा परिवर्तन नआउँदा नेपालमा बालविवाह न्यूनीकरणमा चुनौती थपिएको छ ।

बाबुले गराइदिए छोराको चौरासी पूजा
शुक्रबार, कात्तिक १४, २०७७
हाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ ।

बुटवलमा कोरोना संक्रमितको मृत्यु
शुक्रबार, कात्तिक १४, २०७७
बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना संक्रमितको शुक्रबार बिहान मृत्यु भएको छ ।

पाल्पामा थप १४ जनामा कोरोना पुष्टि
शुक्रबार, कात्तिक १४, २०७७
छिल्लो २४ घण्टामा पाल्पामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई शुक्रबार प्राप्त विवरण अनुसार ८ पुरुष र ६ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।