विद्यालय हिँडेका दुई किशोर बेपत्ता
मंगलबार, चैत ८, २०७८
आज विश्व पानी दिवस मनाइदैं
मंगलबार, चैत ८, २०७८
आज विश्व पानी दिवस नेपालमा पनि मनाइँदै छ । पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ मंगलबार विश्व पानी दिवस मुलुकभर मनाउन लागिएको हो ।
गुल्मेली संगम पाल्पाले गर्यो सहायक प्रजिअको विदाइ
सोमबार, चैत ७, २०७८
गुल्मेली संगम पाल्पाले पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको विदाइ गरेको छ । संगमले सह–सचिव पदमा नाम निकाली अन्यत्र जान लागेका घिमिरेलाई एक औपचारिक कार्यक्रमका बिच सोमबार विदाइ गरेको हो ।
रामपुर नगर सरकारको आफ्नै प्रशासनिक भवन
सोमबार, चैत ७, २०७८
जिल्लाको रामपुर नगरपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण गरेको छ । ५ करोड ८७ लाख ३७ हजार ४ सय ९५ रुपयाँको लागतमा नगर सरकारले आफ्नै भवन निर्माण गरेको हो ।
पालुङ्गका घर–घरमा खानेपानीका धारा जडान
सोमबार, चैत ७, २०७८
पाल्पाकोे रिब्दीकोट गाउँपालिका–७ पालुङ्गमा एक घर एक धारा जडान गरिएको छ । घर–घरमा खानेपानीका धारा जडान गरिएपछि पानीकै लागि कुवा धाउनुपर्ने बाध्यता टरेको हो ।
प्रतिष्ठानको ‘अनुष्ठान’ लोकार्पण
आइतबार, चैत ६, २०७८
जिल्ल्लाको साहित्य क्षेत्रमा क्रियाशिल शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले अनुष्ठान’ लोकार्पण गरेको छ । प्रतिष्ठानले आइतबार तानसेनमा एक औपचारिक कार्यक्रमका बिच १६ औं बर्ष विशेषाङ्क ‘अनुष्ठान’ लोकार्पण गरेको हो ।
जनताको समृद्धिका लागि काँग्रेसलाई मतदान : सभापति पन्थी
आइतबार, चैत ६, २०७८
पाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले विकास र जनताको समृद्धिका लागि आगामी निर्वाचनमा नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न आग्रह गरेका छन् ।
पाल्पामा फोटो खिच्ने क्रममा खोलामा डुवेर एक युवकको मृत्यु
आइतबार, चैत ६, २०७८
पाल्पामा फोटो खिच्ने क्रममा खोलामा डुवेर एक युवकको मृत्यु भएको छ । साथीहरुसँग घुम्न आएका भारतको गोरखपुरका २८ वर्षीय सान्तनु नन्दीको जिल्लाको तिनाउ गाउँपालिका–३ भूतखोलामा डुवेर मृत्यु भएको हो ।
मदानेका खरका झुपडीमा जस्तापाता टलक्क
आइतबार, चैत ६, २०७८
गुल्मीको मदाने गाउँपालिका भित्र रहेका खरका झुपडीहरू अहिले जस्तापाताले टल्किएका छन् । गाउँसरकारले खरका झुपडी भएका विपन्न घरधुरीलाई टिनका जस्तापाता वितरण गरेसँगै गाउँ जस्तापाताले टल्किएका छन् । पालिकाले ७ सय २९ वटा फुसका घरलाई जस्तापाता दिएर गाउँपालिकालाई फुसरहित गाउँपालिका घोषणा गरेको छ । अहिले यस क्षेत्रका सबै खरका झुपडीहरू जस्तापाता...
तानसेन बहुमुखीका विद्यार्थीहरुलाई आर्थिक कारोवारको प्रशिक्षण
शनिबार, चैत ५, २०७८
मुक्तिनाथ विकास बैक पाल्पा शाखाले विद्यार्थीहरुलाई आर्थिक कारोवारका विषयमा प्रशिक्षण दिएको छ । तानसेन बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई बैंकले पैसा लगानी, बचत, बैकसँग पैसाको कारोवार, बचत तथा ऋण, व्यवसायमा बैंकको सहयोग तथा लगानीका विषयमा प्रशिक्षण दिएको हो ।
ट्रेड युनियन पाल्पाले दियो महिलालाई सिलाईकटाइ तालिम
शनिबार, चैत ५, २०७८
सत्तारुढ दल नेपाली काँग्रेसको भातृ संस्था नेपाल ट्रेड युनिन काँग्रेस पाल्पाले महिलाहरुका लागि ३ महिने आधारभूत सिलाईकटाइ तालिम दिएको छ । युनियनले महिलाहरुलाई आयआर्जनसँग जोड्ने उद्देश्यले जिल्लाफको सहयोगमा तालिम दिएको हो । शनिबार एक औपचारिक कार्यक्रमका बिच तालिमको समापन गरिएको छ ।
व्यवसायिक च्याउ खेतीतर्फ किसान आकर्षित
शनिबार, चैत ५, २०७८
पाल्पाका किसान पछिल्लो समय च्याउ खेतीतर्फ आकर्षित हुँदै गएका छन् । कम लगानी र प्रतिफल धेरै हुन थालेपछि उनीहरु व्यावसायिक रुपमा च्याउ उत्पादन गर्न थालेका हुन् ।
श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु
शुक्रबार, चैत ४, २०७८
झापाको बिर्तामोड नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । बिर्तामोड–५ का ४० वर्षीय कमल राउतले कुटपिट गर्दा ३९ वर्षीया खेमजुङ गुरुङको मृत्यु भएको हो ।


