Shittalpati
काँग्रेस पाल्पाले सम्झियो सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीलाई
काँग्रेस पाल्पाले सम्झियो सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीलाई नेपाली काँग्रेस पाल्पाले सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीहरुलाई सम्झिएको छ । उसले देशमा लोकतान्त्रिक व्यवस्था ल्याउनमा अहम भूमिका खेलेका सेवा निवृत्त कर्मचारीहरुलाई पार्टी कार्यालयमा राखेर अन्तक्र्रियासँगै छलफल गराई उनीहरुको योगदानको कदर गर्दै सम्झिएको हो ।
गुल्मीमा १ सय ८४ जनाको मोति विन्दुको शल्यक्रिया
गुल्मीमा १ सय ८४ जनाको मोति विन्दुको शल्यक्रिया जिल्लामा सञ्चालित शिविरमार्फत १ सय ८४ जनाको निःशुल्क मोति विन्दुको सफल शल्यक्रिया गरिएको छ । डाक फाण्डेनसको सहयोग तथा जिल्ला आँखा उपचार केन्द्र तम्घासको सहकार्यमा सञ्चालन गरिएको शिविरमा १ सय ८४ जनाको निःशुल्क मोति विन्दुको सफल शल्यक्रिया गरिएको हो ।
स्वास्थ्य बिमाका विरामीको समस्या समाधान गर्न माग
स्वास्थ्य बिमाका विरामीको समस्या समाधान गर्न माग स्वास्थ्य बिमा बोर्डको लापरवाहीका कारण विरामीले अनावश्यक दुःख पाएपछी नेकपा एमाले पाल्पाले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण गराएको छ ।
तानसेन १ मा एमालेको कमिटी गठन
तानसेन १ मा एमालेको कमिटी गठन नेपाल कम्युनिष्ट पार्टी एमालेले तानसेन नगरपालिका १ मा विभिन्न टोल कमिटी गठन गरेको छ । एमालेले वडाको प्रगतिशिल आमटारी तल्लो गैरागाउ र बराङ्दीको नारायणडाँडामा टोल कमिटी गठन गरेको हो ।
गाईको शोकमा किरिया ...
गाईको शोकमा किरिया ...
आर्थिक अभावमा छट्पटाएका घर्तीले पाए उपचार
आर्थिक अभावमा छट्पटाएका घर्तीले पाए उपचार आर्थिक अभावका छट्पटाइरहेका जिल्ला इस्मा गाउँपालिका –५ गुल्मीका २६ वर्षीय टोपबहादुर घर्तीले निःशुल्क उपचार पाएका छन् । खुट्टामा घाउभई थला परेका घर्तीले आर्थिक अभावमा उपचार पाउन नसकेका बेला गुल्मी अस्पताले निःशुल्क उपचार गरिदिएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीको समन्वयमा अस्पतालले निःशुल्क उपचार गरिदिएको छ ।
माथागढीका शिक्षकलाई प्रविधि प्रयोग सम्बन्धी प्रशिक्षण
माथागढीका शिक्षकलाई प्रविधि प्रयोग सम्बन्धी प्रशिक्षण जिल्लाको माथागढी गाउँपालिकाका शिक्षकहरुलाई प्रविधि प्रयोग सम्बन्धी प्रशिक्षण दिइएको छ । गाउँपालिकाले वडा नं १, २ र ३ भित्रका शिक्षकहरुलाई तीन दिने प्रविधि प्रयोग सम्बन्धी कार्यशालामार्फत प्रशिक्षण दिएको हो ।
कोरियन भाषा परीक्षाको आवेदन खुल्यो
कोरियन भाषा परीक्षाको आवेदन खुल्यो रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । इपिएस कोरिया शाखाले सोमबार सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।
पाल्पामा काँग्रेसको वृहत भेला, जनताको घर–घरमा पुगेर एमसीसीबारेको दुष्प्रचार र भ्रम चिर्ने
पाल्पामा काँग्रेसको वृहत भेला, जनताको घर–घरमा पुगेर एमसीसीबारेको दुष्प्रचार र भ्रम चिर्ने नेपाली काँग्रेस पाल्पाले वृहत जिल्ला भेला गरेको छ । काँग्रेसले ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान अन्तर्गत आइतबार तानसेनमा वृहत जिल्ला भेला आयोजना गरेको हो । भेलामा बोल्ने अधिकांश वक्ताहरुले जनताको घर–घरमा पुगेर एमसीसीबारे छरिएका भ्रम र दुष्प्रचार चिर्ने बताएका छन् ।
बगनासकालीको खानीछाप बन्यो ‘पूर्ण सरसफाईयुक्त वडा’
बगनासकालीको खानीछाप बन्यो ‘पूर्ण सरसफाईयुक्त वडा’ जिल्लाको बगनासकाली गाउँपालिका–४ खानीछापलाई पूर्ण सरसफाईयुक्त वडा घोषणा गरिएको छ । नियमित रुपमा चर्पीको प्रयोग, महत्वपूर्ण अवस्थाहरुमा साबुन पानीले हातधुने, पिउने पानीको सुरक्षित व्यवस्थापन र शुद्धिकरण, व्यक्तिगत सरसफाई तथा स्वच्छतामा सुधार तथा घरभित्र र बाहिरका फोहोरमैलाको उचित व्यवस्थापन लगायतका मापदण्ड पूरा गरी वडालाई पूर्ण सरसफाईयुक्त घोषणा गरिएको हो ।
प्रतिनिधिसभाको बैठक चैत २ गते
प्रतिनिधिसभाको बैठक चैत २ गते प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बुधबार बस्‍ने भएको छ । एमालेको अवरोधबीच आइतबार सञ्चालन भएको बैंठकमा केही प्रस्ताव पेश गर्दै अर्को बैंठक चैत २ गेत रखिएको हो ।
आवश्यकता अनुसार स्थानीयतहमा गठबन्धन हुन्छ : काँग्रेस नेता कोइराला
आवश्यकता अनुसार स्थानीयतहमा गठबन्धन हुन्छ : काँग्रेस नेता कोइराला नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले स्थानीयतहमा आवश्यकताका आधारमा मात्र गठबन्धन हुने बताएका छन् । काँग्रेसले सञ्चालन गरेको घर–घर जाऔं, काँग्रेस जिताऔं अभियान सफल बनाउन केन्द्रबाट प्रतिनिधिको रुपमा गुल्मी आएका कोइरालाले आइतबार बीपी स्मृति भवन तम्घासमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय तहको निर्वाचनमा आवश्यकताका आधारमा मात्र गठबन्धन गरिने उल्लेख गरे ।
Weather Update