Shittalpati
बेथल भूपू विद्यार्थी समाजले मनायो साधारण सभा

पाल्पा, बेथल भूपू विद्यार्थी समाज तानसेनले ११ औं साधारण सभा मनाएको छ । बेथल इङ्लिस बोर्डिङ स्कूलमा गठित समाजले एक औपचारिक कार्यक्रमका बिच साधारण सभा मनाएको हो । कार्यक्रममा प्रमुख अतिथि तथा समाजका संरक्षक विद्यालयका प्रिन्सिपल खेमबहादुर सारुले स्कूले जीवनका साथीहरुसँगको अनुभव र मित्रता अत्यन्तै अविस्मरणीय हुने भएकाले विद्यालयमा समाज गठन गरि हरेक वर्ष साधारण सभा मनाइनुु अत्यन्त प्रसंसनिय रहेको बताए । उनले विद्यार्थीहरुको सक्रियता र लगनशीलताका कारण समाज ११ वर्षमा प्रवेश गरेको बताए ।

समाजले प्रत्येक वर्ष महान पर्व विजया दशमीको अवसरमा विद्यार्थी पूर्नमिलन, शुभकामना तथा साधारण सभा गर्ने गरेको उनको भनाई छ । कार्यक्रममा पूर्व विद्यार्थी सुप्रिका टण्डन, प्रकाश खाती, अशेष काफ्ले, भूपू विद्यार्थी समाजका पूर्व अध्यक्ष निर्मल सोमै, मनिष ज्ञवाली लगातले विद्यालयमा अध्ययनको क्रममा विद्यालयबाट सिकेका ज्ञान, सीप, नेतृत्व तथा व्यक्तित्व विकास, सामाजिकीकरण जस्ता विषयले अहिले आफुहरुलाई एक जिम्मेवार नागरिक बन्न महत्वपूर्ण टेवा पुगेको बताए । सोही अवसरमा स्कुलमा अध्ययनरत रहि एसएलसी, कक्षा १२ तथा विभिन्न देश विदेशका कलेजबाट स्नातक तथा स्नातकोत्तर तह उत्र्तीण तथा देश तथा विदेशमा उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्ति प्राप्त विद्यार्थीहरुलाई सम्मान गरिनुको साथै विभिन्न तहमा अध्ययनरत विद्यार्थी तथा भूपू विद्यार्थीहरु बिच उच्च शिक्षा अध्ययनका अनुभवहरु आदान–प्रदान गरिएको थियो ।

विद्यार्थी समाजका वर्ष २०७८/७९ का कावा अध्यक्ष सौगात कार्कीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाले वर्ष २०७९/८० का लागि समाजको अध्यक्षमा सौगात कार्कीलाई चयन गरेको छ । कार्कीको अध्यक्षतामा १३ सदस्यीय कार्य समितिको चयन गरेको हो । समितिको उपाध्यक्षमा लिनिशा गाहा, सचिव साधना हुमागाइ कोषाध्यक्ष सुप्रिका टण्डन, सह–सचिव प्रकाश खाती र सदस्यहरुमा सिर्जना कार्की, साजन पचभैया, सन्देश कुंवर, अशेष काफ्ले, रुपेश रेश्मी, प्रगती सारु, पुनम खाती क्षेत्री, विपाशा खाती रहेका छन् ।

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update