Shittalpati
जसपा वाहिरियो : लोसपा संग छलफल हुदै

हाम्रा संवादादाता
काठमाडौं, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले सत्ता गठबन्धनमा सहभागी हुन काँग्रेस समेतका गठवन्धनमा सहभागिदलहरुसँग छलफल थालेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) पाँच दलीय गठबन्धनबाट बाहिरिएपछि लोसपा नेपालले सत्ता गठबन्धनमा सहभागी हुन छलफल थालेको हो । शुक्रवारै लोसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा र जितेन्द्र सोनलले काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

उनीहरुले लोसपा गठबन्धनमा सहभागी हुने कुरामा सहमति जनाएको जनाएको श्रोतको दावा छ । सीट बाँडफाँटमा लोसपाको माग कति हो, त्यस बिषयमा पनि छलफल हुने भनिएको छ । नेताहरु बालुवाटारबाट छलफल गरेर फर्केपछि अहिले लोसपाको केन्द्रीय कार्यालयमा शीर्ष नेताको बैठक बसिरहेको छ । कुन प्रदेशमा कति सीट लिने विषयमा छलफल गरी  सके पछि पुनः काँग्रेससँग छलफल हुने बताइएको छ । यसअघि एमालेसँग चुनावी तालमेल गर्ने भनि लोसपाले पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय वार्ता समिति गठन गरेको थियो । तर सीट बाँडफाँटमा कुरा नमिलेपछि एमालेसँग चुनावी गठबन्धन नगर्ने निर्णयमा लोसपा पुगेको हो ।

 

प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update