Shittalpati
गुल्मीमा तीन दिनदेखि अवरुद्ध विद्युत सेवा पुनःसञ्चालनमा

गुल्मी, गुल्मीमा गत तीन दिनदेखि अवरुद्ध बनेको विद्युत् सेवा पुनःसञ्चालनमा आएको छ । रेसुङ्गा नगरपालिका–९, पुतलीबजारमा रहेको ३३ केभीको तीनवटा ट्रान्सफर्मरमा पहिराले क्षति पुर्‍ एपछि जिल्लामा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध भएको थियो ।

नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रको सहयोग एवं रेसुङ्गा नगरपालिका र स्थानीय प्रशासनको पहलमा गएरातिदेखि विद्युत पूर्ण रुपमा सञ्चालनमा आएको रेसुङ्गा नगर प्रमुख खिलध्वज पन्थीले जानकारी दिए । पहिराले ट्रान्सफर्मरमा क्षति पुगेपछि गुल्मीको रेसुङ्गा र मुसिकोट नगरपालिका, धुर्कोट, मालिका, मदाने र इस्मा गाउँपालिका तथा अर्घाखाँचीको छत्रदेव तथा मालारानी गाउँपालिकामा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध भएको थियो ।
लामो समयसम्म विद्युत सेवा अवरुद्ध भएपछि जिल्लाको जनजीवन प्रभावित बनेको थियो । पहिराले नेपाल टेलिकमको अप्टिकल फाइबरसमेत काटिएको कारण सदरमुकाममा धेरैजसो ल्यान्डलाइन टेलिफोन सेवा अझै अवरुद्ध छन् । –रासस

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update