Shittalpati
आज विश्व रेडियो दिवस मनाइदैं
आज विश्व रेडियो दिवस मनाइदैं विश्व रेडियो दिवस आज विभिन्न विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यसवर्ष विश्व रेडियो दिवसको नारा ‘रेडियो र शान्ति’ भन्ने तय गरिएको छ । संयुक्त राष्ट्रसंघको आÞवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो ।
आगलागीमा परी घाइते भएकाहरुको कुरा संसद्मा उठ्यो
आगलागीमा परी घाइते भएकाहरुको कुरा संसद्मा उठ्यो कालीगण्डकी गाउँपालिका–७ भुर्तुङ्गमा आगलागीमा परी घाइते भएका १८ वर्षीय नामु भारती र १६ वर्षीय टीका गिरीका विषयमा संसद्मा कुरा उठेको छ । नेपाली काँग्रेस गुल्मी क्षेत्र १ का सांसद् डा. चन्द्र भण्डारीले प्रतिनिधिसभाको आइतबारको बैठकमा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन हुने
चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन हुने निर्वाचन आयोगले प्रतिनिधिसभा चितवन–२ को उपनिर्वाचन आउँदो वैशाख १० गते गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
सोमबार देशभर सार्वजनिक बिदा
सोमबार देशभर सार्वजनिक बिदा सरकारले भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको जनाइएको छ ।
चिकित्सकहरुको आन्दोलन स्थगित
चिकित्सकहरुको आन्दोलन स्थगित चिकित्सकहरुको आन्दोलन स्थगित भएको छ । सरकार र नेपाल चिकित्सक संघ (एनएमए) बीचको वार्ता सहमतिपछि आन्दोलन स्थगित भएको हो ।
शान्ति सुरक्षामा कमी आउन दिन्न : प्रहरी उपरीक्षक शर्मा
शान्ति सुरक्षामा कमी आउन दिन्न : प्रहरी उपरीक्षक शर्मा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख तथा प्रहरी उपरीक्षक हेरम्व शर्माले जिल्लाको शान्ति सुरक्षाका कुुनै पनि कमी आउन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । पाल्पामा सरुवा भई आएका शर्माले जिल्लाका क्रियाशील पत्रकारहरूसँगको छलफल तथा परिचयात्मक कार्यक्रममा बोल्दै शान्ति सुरक्षा मजबूद बनाउने बताएका हुन् ।
भैरहवामा बन्ने भयो एकीकृत जाँच चौकी
भैरहवामा बन्ने भयो एकीकृत जाँच चौकी लामो समयको पर्खाइपछि भैरहवामा एकीकृत जाँच चौकी (आइसीपी) निर्माणको बाटो खुलेको छ । आइसीपी निर्माणका लागि भारतीय कम्पनीले ठेक्का पाएको छ । आइसीपी निर्माणको लागि संघीय आयोजना कार्यान्वयन एकाइले ठेकेदार कम्पनीलाई जग्गा हस्तान्तरण गरिसकेको छ । यही माघ २२ गते संघीय आयोजना कार्यान्वयन एकाइले भारतीय ठेकेदार कम्पनी केएसएम वसिर मोहम्मद...
आइतबार देशभरका अस्पतालको सेवा बन्द हुने
आइतबार देशभरका अस्पतालको सेवा बन्द हुने आइतबार देशभरका अस्पतालहरुको आकस्मिकबाहेकका सेवा बन्द रहने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला चिकित्सकमाथि लाठीचार्जको घटनाको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।
ट्याक्टर दुर्घटनामा दुुईको मृत्यु
ट्याक्टर दुर्घटनामा दुुईको मृत्यु गुल्मी र अर्घाखाँचीका छट्टाछट्टै स्थानमा भएको ट्याक्टर दुर्घटनामा परी दुुई जनाको मृत्युु भएको छ । अर्घाखाँचीको पाणिनी र गुल्मीको धुर्कोटमा भएको ट्याक्टर दुर्घटनामा दुुई जनाको मृत्यु भएको हो ।
Weather Update