लोककल्याणकारी विज्ञापनबारे मिडिया काउन्सिल विधेयकमा स्पष्ट व्यवस्था हुनुपर्ने
बुधबार, माघ १७, २०८०
इम्बोस्ड नम्बर प्लेट रिड गर्ने ‘आरएफआईडी’ हस्तान्तरण
बुधबार, माघ १७, २०८०
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ‘इम्बोस्ड नम्बर प्लेट रिड’ गर्ने पाँच थान ‘आरएफआईडी’ यन्त्र नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन् । मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच इम्बोस्ड नम्बर प्लेटमा भएको विवरण रिड गर्ने रेडिओ फ्रिक्वेन्सी आइडेन्टिफिकेसन यन्त्र (आरएफआइडी) हस्तान्तरण गरेका हुन् ।
पूर्वमन्त्री पौडेलको निधन
बुधबार, माघ १७, २०८०
बागमती प्रदेशका पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा निधन भएको छ । चितवनको गैँडाकोट नगरपालिका–५ कालीगण्डकी चोकमा आज भएको दुर्घटनामा परी उनको निधन भएको हो ।
गुल्मीमा पनि ‘समुदायमा काँग्रेस’ अभियानको सुरुवात, अभियान प्रभावकारी बनाउन जुट्यो काँग्रेस
बुधबार, माघ १७, २०८०
‘गुल्मी काँग्रेसको अठोट, सवल वडा, सक्षम टोल’ भन्ने अभियानलाई निरन्तरता दिदै आएको गुल्मी काँग्रेसले देशव्यापी रुपमा सञ्चालनमा आएको ‘समुदायमा काँग्रेस’ अभियानलाई समेत जिल्लाका सबै वडा, टोलमा पुर्याउने गरी अगाडि बढेको छ ।
पाल्पामा नेपाल भाषाका बारेमा बहस
बुधबार, माघ १७, २०८०
पाल्पा साहित्य समाज तानसेन पाल्पाले नेपाल भाषा साहित्यको विकास तथा नेवारी साँस्कृतिक कार्यक्रमका बारेमा अवधारणा पत्र प्रस्तुत गर्दै पाल्पामा नेपाल भाषाको पछिल्लो अवस्था बारे बहस शुरु गरेको छ ।
प्रचण्ड सरकारले एक दुई तिन भन्ने गरी कुनै राम्रो काम गर्न सकेन : डा.संग्रौला
मंगलबार, माघ १६, २०८०
नेपाली काँग्रेसकी केन्द्रिय सदस्य डा.डिला संग्रौलाले वर्तमान प्रचण्ड सरकारले एक दुई तिन भन्ने गरी कुनै राम्रो काम गर्न नसकेको बताएकी छन् । नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेसकी केन्द्रिय सदस्य डा.संग्रौलाले औलामा गर्न सकिने गरी जनहितका विषयमा प्रचण्ड सरकारले राम्रो काम गर्न नसकेको बताएकी...
बाँदर नियन्त्रणका लागि रूख काट्ने अभियानको विरोध
मंगलबार, माघ १६, २०८०
बाँदर नियन्त्रणका लागि ‘मेरो रूख म काट्छु’ अभियान चलाउनेबारे पोखरा महानगरपालिका–१९ ले गरेको निर्णयको विरोध भएको छ । वडा कार्यालयले सोमबार सार्वजनिक सूचनामार्फत १० दिनभित्र घर वरपरका रूख कटान गरी बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउन वडाबासीलाई सूचित गरेको थियो ।
रैनादेवी छहरामा पुरुष मृत फेला
मंगलबार, माघ १६, २०८०
जिल्लाको रैनादेवी छहरामा एक पुरुष मृत फेला परेका छन् । मंगलबार बिहान पाल्पा रैनादेवी छहरा गाउँपालिका १ सिद्धेश्वर अर्चलेका ६३ वर्षीय रेवतीराम अर्याल मृत फेला परेका हुन् ।
उपेक्षामा सच्चा सहिद
मंगलबार, माघ १६, २०८०
हरेक वर्षजस्तै यसपटक पनि ‘सहिद दिवस’ आएको छ । माघ १० देखि १६ गतेसम्म सहीदलाई सम्झने चलनलाई यसपटक पनि निरन्तरता दिँदै आज देशभर ‘सहिद दिवस’ मनाइँदै छ । हरेक वर्ष दिवस मनाउने गरिए पनि त्यो औपचारिकतामै सिमित बन्ने गरेको छ ।
नेपाली काँग्रेस पाल्पाले गर्यो रामपुरमा प्रशिक्षण
मंगलबार, माघ १६, २०८०
नेपाली काँग्रेस पाल्पाले रामपुरमा प्रशिक्षण कार्यक्रम गरेको छ । नेपाली काँग्रेस प्रशिक्षण शाखाको आयोजना र काँग्रेस रामपुर नगर समितिको संयोजनमा एकदिवसीय प्रशिक्षण कार्यक्रम भएको हो ।
गुल्मीमा दुई आयुर्वेद पसल सिल
सोमबार, माघ १५, २०८०
जिल्लाको तम्घासमा रहेका दुई आयुर्वेद पसल सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले रेसुङ्गा नगरपालिका –८ मा रहेको आयुर्वेदिक र सफल होमियोप्याथिक आयुर्वेदिक औषधी पसल सिल गरेको हो ।
तानसेनमा एमालेले गर्यो रक्तदान
सोमबार, माघ १५, २०८०
नेकपा एमाले तानसेन नगर कमिटी पाल्पाले रक्तदान कार्यक्रम गरेको छ । एमाले जिल्ला प्रशासन कार्यालय अगाडि सहिद दिवसको अवसर पारेर सोमबार रक्तदान कार्यक्रम गरेको हो ।
नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा पक्राउ
सोमबार, माघ १५, २०८०
अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।


