बिना तयारी तानसेन–रानीमहल सडक बन्द गरिएकोमा काँग्रेस सभापति श्रेष्ठको आपत्ति
सोमबार, माघ २२, २०८०
दादुरा–रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो
सोमबार, माघ २२, २०८०
सरकारले दादुरा–रुबेलाविरुद्धको खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले दादुरा–रुबेलाविरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याइएको र दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको जानकारी दिए ।
पत्रकार अर्याल सिर्जनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत
सोमबार, माघ २२, २०८०
पाल्पाली पत्रकार माधव अर्याल सिर्जनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । प्रदेशको सातौँ स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आइतबार राप्ती उपत्यका दाङको देउखुरीमा एक कार्यक्रमका बीच अर्याललाई उक्त पुुरस्कारबाट पुरस्कृत गरेको हो ।
बालिकाको प्रश्न– ‘वडा अध्यक्ष ज्यू ! कहिले बन्छ तानसेन बालमैत्री पालिका ?’
सोमबार, माघ २२, २०८०
जताततैका पालिकाहरु बालमैत्री घोषणा भइरहेका छन्, तानसेन सबै भन्दा पुरानो पालिका हो तर अहिलेसम्म पनि किन बालमैत्री बन्न सकेन ? ‘वडा अध्यक्ष ज्यू ! कहिले बन्छ हाम्रो तानसेन बालमैत्री पालिका ?, अहिलेसम्म के–के तयारीहरु भएका छन् ? बालमैत्री नगरपालिका घोषणा हुँदा हामी जस्ता बालाबलिकाहरुले धेरै अधिकार पाईन्छ रे हो ?’
तानसेनको बसपार्कमा ‘सडक स्वास्थ्य सहायता कक्ष’ स्थापना
आइतबार, माघ २१, २०८०
जिल्लाको सदरमुकाम तानसेनस्थित बसपार्कमा ‘सडक स्वास्थ्य सहायता कक्ष’को स्थापना गरिएको छ । सडकमा हुने बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश सरकारको सहयोगमा कक्ष स्थापना गरिएको हो । कक्षको लुम्बिनी प्रदेश सांसद वीरबहादुर रानाले शुभारम्भ गरेका हुन् ।
शान्ति समाज पाल्पाले भन्यो ‘रुस–युक्रेन, इजरायल–हमास युद्व तत्काल अन्त्य गर’
आइतबार, माघ २१, २०८०
मानव अधिकार तथा शान्ति समाज पाल्पाले रुस–युक्रेन, इजरायल र हमासको युद्वको विरोधमा प्रदर्शन गरेको छ । ‘युद्व निषेध : शान्ति विशेष’ भन्ने अभियान सञ्चालन गरेको समाजले आइतबार तानसेनमा युद्वको विरोध स्वरुप तानसेनमा प्रदर्शन गरेको हो ।
पोखराथोकमा जारी श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ सकियो
आइतबार, माघ २१, २०८०
जिल्लाको बगनासकाली गाउँपालिका–२ पोखराथोकमा जारी तीन दिने श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ सकिएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय पोखराथोक शाखाको आयोजनामा सञ्चालित महायज्ञ शनिबार सकिएको हो ।
प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या
आइतबार, माघ २१, २०८०
दाङमा एक प्रहरी जवानले श्रीमती र छोराको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाइ वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेका हुन् ।
आज विश्व क्यान्सर दिवस, विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै
आइतबार, माघ २१, २०८०
आज विश्व क्यान्सर दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । अन्धविश्वासका कारण नेपालमा क्यान्सर रोगीको संख्या बढिरहेका बेला वर्सेनि चेतनामूलक कार्यक्रम गरेर क्यान्सरविरुद्धको दिवस मनाउने गरिएको हो ।
लुम्बिनीमा आज सार्वजनिक बिदा
आइतबार, माघ २१, २०८०
लुम्बिनी प्रदेशमा आज आइतबार सार्वजनिक बिदा दिइएको छ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको हो । विगतमा जस्तै प्रदेश स्थापना दिवसको अवसरमा यसवर्ष पनि सार्वजनिक बिदा दिइएको लुम्बिनी प्रदेश गृह मन्त्रालयले जनाएको छ ।
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा बिबिए र बिबिएमका विद्यार्थीलाई स्वागत तथा सम्मान
शनिबार, माघ २०, २०८०
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा बिबिए र बिबिएमका विद्यार्थीलाई स्वागत तथा सम्मान गरिएको छ । बिबिए र बिबिएममा अध्ययनरत विद्यार्थीहरुले सोही समूूहका नव आगन्तुक विद्यार्थीहरुलाई एक औपचारिक कार्यक्रमको आयोजना गरी स्वागत गरेका हुन् ।
गण्डकीमा क्षेत्रफलसँगै सुन्तला उत्पादन बढ्यो
शनिबार, माघ २०, २०८०
गण्डकी प्रदेशका किसानले यस वर्ष ५४ हजार दुई सय २८ मेट्रिक टन सुन्तला फलाएका छन् । जुन गत वर्षको तुलनामा एक हजार आठ सय ९७ मेट्रिक टनले बढी हो ।
तानसेनमा ‘जहाँ मार्किङ त्यहाँ पार्किङ’ अभियान
शनिबार, माघ २०, २०८०
तानसेनमा ट्राफिक व्यवस्थापनको समस्या समाधान गर्न ‘जहाँ मार्किङ त्यहाँ पार्किङ’ अभियान सुरु गरिएको छ । तानसेन नगरपालिकाले ट्राफिक प्रहरीसँग सहकार्य गरेर सो अभियान सञ्चालन गरेको हो ।


