Shittalpati
बजार मूल्य राम्रो भएपछि कुरिलोे खेतीप्रति किसानको आकर्षण
बजार मूल्य राम्रो भएपछि कुरिलोे खेतीप्रति किसानको आकर्षण पछिल्लो समय स्याङ्जाका किसान कुरिलो खेतीप्रति आकर्षित हुँदै गएका छन् । औषधिय गुण भएको कुरिलोको बजार मूल्य राम्रो भएपछि यहाँका किसान कुरिलो खेतीतर्फ आकर्षित हुँदै गएका हुन् ।
दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाटमा
दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धर्मपत्नी स्वर्गीय सीता दाहालको पार्थीव शरीर अन्त्येष्टिका लागि पशुपतिनाथ आर्यघाटमा पुर्‍याइएको छ । श्रद्धाञ्जलीका लागि नेकपा (माओवादी केन्द्र) को कार्यालय पेरिसडाँडामा राखिएको दाहालको पार्थिव शरीरलाई दिउँसो २ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने कार्यक्रम छ । 
नेपाल परिवार नियोजन संघ पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा शाक्य
नेपाल परिवार नियोजन संघ पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा शाक्य जिल्लामा रहेर परिवार नियोजन संघको क्षेत्रमा उल्लेखिय रुपमा काम गर्दै आएको  नेपाल परिवार नियोजन संघ पाल्पा शाखामा नयाँ नेतृत्व चयन भएको छ । संघको २१ औं साधारण सभा तथा सातौ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । 
प्रधानमन्त्री दाहाललाई पत्नी शोक
प्रधानमन्त्री दाहाललाई पत्नी शोक नेकपा (ओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्नी शोक परेको छ । उनका पत्नी एवं माओवादी केन्द्रका सल्लाहकार सीताको आज बिहान नर्भिक अस्पतालमा निधन भएको थियो । 
बाख्रापालनमा हौसिँदै रामपुरका महिला
बाख्रापालनमा हौसिँदै रामपुरका महिला करिब एक दशकअघि गाउँको सबैका घर–घरमा कम्तीमा पनि एक–दुईवटा बाख्रापालन गरिन्थ्यो । आम्दानीका लागि बाख्रापालनलाई कमैले मात्र जोड दिने गरिन्थ्यो । गाईभैँसी बाँध्ने गोठमा सामान्य दानापानी, घाँसपात दिएर परम्परागत तरिकाले बाख्रापालन गर्ने चलन थियो ।
पाल्पा प्यारागनले गर्‍यो एसईई उत्तिर्ण विद्यार्थीलाई नगदसहित सम्मान
पाल्पा प्यारागनले गर्‍यो एसईई उत्तिर्ण विद्यार्थीलाई नगदसहित सम्मान पाल्पा प्यारागन ईलिस बोर्डिङ्ग स्कुलले एसईई २०७९ को परीक्षामा सफल भएका विद्यार्थीहरूलाई नगद सहित सम्मान गरेको छ । स्कुलले एक कार्यक्रमको आयोजना गरी एसईईमा उत्तिर्ण विद्यार्थीलाई बधाई तथा शुभकामनाका सहित सम्मान गरेको हो ।
ललिता निवासमा मेरो कुनै संलग्नता छैन : पूर्व प्रधानमन्त्री नेपाल 
ललिता निवासमा मेरो कुनै संलग्नता छैन : पूर्व प्रधानमन्त्री नेपाल  पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवासमा आफ्नो कुनै पनि संलग्नता नभएको बताएका छन् । उनले ललिता निवास जग्गा काण्डमा आफूले कुनै गल्ती नगरेको र दोषी माथि कडा छानविन हुनुपर्ने बताएका हुन् । 
मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा सवार ६ जनाकै मृत्यु
मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा सवार ६ जनाकै मृत्यु मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । हेलिकोप्टरमा चालक दलका सदस्यसहित ६ जना सवार थिए । क्याप्टेनबाहेक पाँचजना मेक्सिकन नागरिक हुन् ।
सर्पको डसाइबाट चार जनाको निधन
सर्पको डसाइबाट चार जनाको निधन कपिलवस्तुमा सर्पले डसाइबाट दुई दिनमा चार जनाको निधन भएको छ । सोमबार राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको निधन भएको थियो । 
मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लाम्जुरापासमा दुर्घटनाग्रस्त
मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लाम्जुरापासमा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोलुखुम्बुबाट काठमाडौँका लागि उडान भरेको हेलिकोप्टर सर्केबाट सम्पर्कविहीन भएको थियो । उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिए ।
जेसिबीको ठक्करबाट बालकको मृत्यु
जेसिबीको ठक्करबाट बालकको मृत्यु बागलुङ जिल्लाको बडिगाडमा सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट बालकको मृत्यु भएको छ ।
विद्युतीय व्यापार विधेयक राष्ट्रियसभामा पेस
विद्युतीय व्यापार विधेयक राष्ट्रियसभामा पेस उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक, २०८०’ राष्ट्रियसभा समक्ष पेस गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा मन्त्री रिजालले विद्युतीय व्यापार विधेयक, २०८० प्रस्तुत गर्दै विद्युतीय माध्यमबाट साना तथा मझौला उद्योग व्यवसाय गर्नका लागि यसको आवश्यकता भएको बताए ।
Weather Update