आज अन्तर्राष्ट्रिय भन्सार दिवस
शुक्रबार, माघ १२, २०८०
राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा गठबन्धका उम्मेदवार विजयी
बिहीबार, माघ ११, २०८०
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र कांग्रेसकी विष्णुकुमारी सापकोटा विजयी भएका हुन् ।
भ्रष्टाचारको अभियोगमा तेह्र जनाविरुद्ध मुद्दा दायर
बिहीबार, माघ ११, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा १३ जना विरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
एक महिने स्वस्थानी व्रत आरम्भ
बिहीबार, माघ ११, २०८०
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै छ । नेपाली हिन्दू धर्मावलम्बी महिलाले एक महिनासम्म स्वस्थानी व्रत लिने र माघ स्नान गर्ने गर्छन् ।
खोला किनारको पानी गाउँमा
बिहीबार, माघ ११, २०८०
स्याङ्जाको वालिङ नगरपालिका–१३ बोधिभञ्ज्याङका एक सय ४२ घरधुरीमा ‘एक घर एक धारा’ जडान गरिएको छ । गाउँभन्दा धेरै टाढाबाट यसअघि ल्याइएको खानेपानीमा समस्या आएपछि गण्डकी प्रदेश सरकारको सहयोगमा गाउँमा खानेपानी पुर्याइएको हो ।
गुल्मी जेसीजमा नयाँ नेतृत्व, अध्यक्षमा सुवेदी
बुधबार, माघ १०, २०८०
गुल्मी जेसीजमा नयाँ नेतृत्व आएको छ । युवा नेता पूण्यप्रसाद सुवेदीको नेतृत्वमा वर्ष २०२४ का लागि नयाँ समिति चयन भएको हो ।
सहिद सप्ताह सुरू
बुधबार, माघ १०, २०८०
सहिद सप्ताह सुरु भएको छ । मुलुकमा विभिन्न राजनीतिक आन्दोलनका क्रममा उत्सर्ग गरेका सहिदको सम्झनामा बुधबारदेखि सहिद सप्ताह सुरु भएको हो ।
सडक र पुल निर्माणका विषयमा गुल्मी काँग्रेसको ध्यानाकर्षण
बुधबार, माघ १०, २०८०
नेपाली काँग्रेस गुल्मीले सडक र पुल निर्माणका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । काँग्रेसले गुल्मी जिल्लाको रुद्रवेणी–वामीटक्सार सडक निर्माण, सडक स्तरउन्नति र ठाउँ–ठाउँमा पुल निर्माण गर्ने कार्य समयमा नभएकाले त्यस क्षेत्रका आम जनताहरु समस्यामा परेको भन्दै सडक डिभिजन कार्यालय पाल्पालाई ध्यानाकर्षण गराएको हो ।
ओझेलमा परेको बालकन्या भगवतीको अवलोकन
बुधबार, माघ १०, २०८०
वेवास्ता अवस्थामा रहेको, सबैतिरबाट ओझेलमा परेको तानसेन नगरपालिका वडा नंं १० तेल्घा भार्केशमा रहेको बालकन्या भगवतीको खोजीविन सुरु भएको छ । नेपाल अंग्रेज युद्वमा जानु अघि कर्णेल उजिरसिंह थापाले तानसेनको भगवती मन्दिरमा देवीसँग आर्शिवाद माग्र्दै युद्वमा विजयी भएमा तिन तले मन्दिर निर्माण गरी सिंदुरजात्रा गर्ने भाकल गरेका थिए ।
एउटै वडाबाट ११ करोडको सुन्तला विक्री
मंगलबार, माघ ९, २०८०
स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे, लोलुङ्ग, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्क लगायतका गाउँबाट सुन्तला उत्पादनका लागि परिचित छ ।
सङ्घीय संसद्को बैठक माघ २२ गते आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस
मंगलबार, माघ ९, २०८०
सरकारले यही माघ २२ गते सङ्घीय संसद्को अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यही माघ २२ गते अपराह्न ४ बजे सङ्घीय संसद्को बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा
मंगलबार, माघ ९, २०८०
यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान...
पाल्पामा ९ महिने बालकलाई लाग्यो विश्वकै दुर्लभ रोग, उपचारमा सहयोग गर्न परिवारको अपिल
सोमबार, माघ ८, २०८०
पाल्पामा ९ महिने बालकमा ‘इस्पाइनल मस्कुलर एट्रोफी’ (एसएमए) नामक रोग भेटिएको छ । तानसेन नगरपालिका–११ बाझाका महेन्द्र विष्ट र सिर्जना भट्टराई विष्टको ९ महिने छोरा सिर्जम विष्टमा यस्तो रोग भेटिएको हो ।


