Shittalpati
मदन भण्डारी रुपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार प्रदान
मदन भण्डारी रुपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार प्रदान पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी फाउन्डेसनद्वारा स्थापित मदन भण्डारी रूपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार प्रदान गरेका छन् ।
रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी
रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ । जनताको आवाज संसद्सम्म पुर्याउनका लागि सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए ।
प्रदेश प्रमुख शेरचनबाट बकर इद शुभकामना
प्रदेश प्रमुख शेरचनबाट बकर इद शुभकामना लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले इस्लाम धर्माबलम्बीको महान चाड बकर इद (इद उल अजहा)को उपलक्ष्यमा आज शुभकामना सन्देश दिएका छन् । उनले मुस्लिम समुदायको दोस्रो महान् पर्व बकर इद एकापसमा खुसीयाली साटासाट गरी हर्षोल्लासका साथ मनाइने पर्व भएको बताए । 
रामपुर नगर सरकारले पत्रकारिता पढ्नेलाई सहयोग गर्ने
रामपुर नगर सरकारले पत्रकारिता पढ्नेलाई सहयोग गर्ने जिल्लाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रममा पत्रकारिता क्षेत्रलाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले पत्रकारको क्षमता विकासका लागि स्नातकोत्तर तहमा पत्रकारिता विषय लिएर अध्ययन गर्न चाहने पत्रकारलाई विशेष सहयोग गर्ने भएको हो ।
आज तुलसी रोपी मनाइदैं हरिशयनी एकादशी
आज तुलसी रोपी मनाइदैं हरिशयनी एकादशी आज घरघरमा तुलसीको बिरुवा रोपी हरिशयनी एकादशी मनाइँदै छ । आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीर सागरमा शयन गर्ने धार्मिक विश्वासमा हरिशयनी एकादशी पर्व व्रत, पूजा, पाठ गरी मनाइन्छ ।
प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८० बहुमतले पारित
प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८० बहुमतले पारित ‘विनियोजन विधेयक, २०८०’ बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेको उक्त विधेयकलाई मत विभाजनमार्फत पारित गरिएको हो । 
स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा बिस्तार गर्न निर्देशन
स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा बिस्तार गर्न निर्देशन दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा पुर्‍याउन निर्देशन दिएको छ । समितिको आज बसेको बैठकमा समिति सभापति प्रकाश पन्थले कार्यक्रम कार्यान्वयनमा देखिएका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गर्दै पहुँच बिस्तार गर्न निर्देशन दिए । 
राम्दीमा पुल बन्दै
राम्दीमा पुल बन्दै रामनदीधाम राम्दीमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने नमूना पुल बन्ने भएको छ । सिदार्थ राजमार्ग सडकखण्ड अन्तर्गत कालीगण्डकी नदीमाथि नयाँ डिजाइनसहित मोटरेबल पुल बन्न लागेको हो ।
समाजसेवामा प्रतिबद्ध रोटरी क्लब अफ पाल्पा तानसेन
समाजसेवामा प्रतिबद्ध रोटरी क्लब अफ पाल्पा तानसेन रोटरी क्लव एक विशुद्ध सेवामूलक अन्तर्राष्ट्रिय सामाजिक संस्था हो । जसले सामाजिक र मानवीय उत्थानका लागि आफ्नो स्वार्थ भन्दा माथि उठेर विविध सामाजिक गतिविधि गर्दै आएको छ । नेपालसहित विश्वभर रोटरी क्लवहरु स्थापना भएका छन् । पाल्पामा पनि सामाजिक सेवा गर्ने अभिप्रायले सन् २००१, २७ जुनमा रोटरी क्लव अफ पाल्पा...
ललिता निवास प्रकरणमा सात जना पक्राउ
ललिता निवास प्रकरणमा सात जना पक्राउ ललिता निवासको जग्गा प्रकरणमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले काठमाडौँका विभिन्न क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।
रोटरी क्लव पाल्पा तानसेनले मनायो स्थापना दिवस, गर्‍यो पदहस्तान्तरण 
रोटरी क्लव पाल्पा तानसेनले मनायो स्थापना दिवस, गर्‍यो पदहस्तान्तरण  रोटरी क्लव अफ पाल्पा तानसेनले २३ औं स्थापना दिवससँगै पदहस्तान्तरण कार्यक्रम गरेको छ । क्लवले मंगलबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी स्थापना दिवस र पदहस्तान्तरण गरेको हो । 
भैरहवाबाट हङकङ उडान गर्दै नेपाल एयरलाइन्स
भैरहवाबाट हङकङ उडान गर्दै नेपाल एयरलाइन्स राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ । काठमाडौँबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो ।
Weather Update