एसईई परीक्षा चैत १५ गतेदेखि हुने
सोमबार, माघ ८, २०८०
पाल्पासहित देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा १२ जनाको मृत्यु
सोमबार, माघ ८, २०८०
पाल्पासहित देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पाल्पा, रुपन्देही, दाङ, मोरङ, लमजुङ, तनहुँ, कास्की, कैलाली र धनुषा जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको हो ।
रुपन्देहीमा चिसोका कारण धमाधम बन्द हुँदै विद्यालय
सोमबार, माघ ८, २०८०
केही दिन यता रुपन्देहीमा बाक्लो हुस्सु र शितलहरसँगै चिसो बढेपछि धमाधम विद्यालय बन्द हुन थालेका छन् । अत्यधिक चिसो बढेको भन्दै यहाँका स्थानीय सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । बढ्दै गएको चिसोका कारण बालबालिकामा समस्या हुने भन्दै स्थानीय सरकारले विद्यालय बन्द गर्न निर्देशन दिएका छन् ।
पाल्पाको रम्भामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सोमबार, माघ ८, २०८०
जिल्लाको रम्भा गाउँपालिका–१ पिपलडाँडामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सियारी गाँउपालिकाद्वारा अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री
आइतबार, माघ ७, २०८०
रुपन्देहीको सियारी गाँउपालिकाले अपाङगता भएका व्यक्तिलाई सहायता सामग्री दिएको छ । पालिकाले ११ जना अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री दिएको हो ।
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पामा नयाँ नेतृत्व : अध्यक्षमा पन्थी
शनिबार, माघ ६, २०८०
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पामा नयाँ नेतृत्व आएको छ । महासंघको शनिबार भएको १४ औं वार्षिक साधारण सभा तथा सातौं जिल्ला अधिवेशनले रामप्रसाद पन्थीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
च्याउ खेतीमा जमेका वीरबहादुर
शनिबार, माघ ६, २०८०
शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २७ वर्षीय वीरबहादुर राना अष्ट्रेलिया जाने मौका रद्द गरी व्यावसायिक च्याउ खेतीमा लागेका छन् ।
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
शनिबार, माघ ६, २०८०
सरकारले कोरोना भाइरस विरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ ।
राष्ट्रिय सभा निर्वाचन : सबै प्रदेशमा पठाइयो मतपत्र
शनिबार, माघ ६, २०८०
राष्ट्रिय सभा निर्वाचनका लागि आवश्यक मतपत्र सातवटै प्रदेशमा पठाइएको निर्वाचन आयोगले जनाएको छ । यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि चाहिने मतपत्र छपाई गरी सबै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा पठाईसकिएको आयोगले जनाएको हो ।
जाडोमा काम्लोको व्यापार : काम्लो बेचेरै घर खर्च
शनिबार, माघ ६, २०८०
पश्चिम बागलुङमा काम्लोको अझै कारोबार हुँदै आएको छ । काम्लोका भारी पिठ्युँमा बोकेर बुर्तिवाङ बजार बिक्रीका लागि आएकी विनमाया पुन जाडो याममा काम्लोको व्यापारका लागि विभिन्न स्थान पुग्ने गर्छिन् ।
साताको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना
शुक्रबार, माघ ५, २०८०
नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले बदली र हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज काठमाडौँको आकाश आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।


