रामपुर नगर सरकारले दियो कृषकलाई उन्नत घाँसको विरुवा
बुधबार, असार २०, २०८०
गुल्मी काँग्रेसले सरकारलाई भन्यो ‘विस्थापित परिवारलाई राहत र विपद् पूर्व तयारीमा ध्यान देऊ’
बुधबार, असार २०, २०८०
नेपाली काँग्रेस गुल्मीले निरन्तर परेको अविरल वर्षाले आएको बाढीपहिरोबाट विस्थापि भएका परिवारलाई राहत दिन र विपद् पूर्व तयारीमा ध्यान दिन प्रदेश र संघीय सरकारलाई आग्रह गरेको छ । उसले वर्षाका कारण जिल्लाका विभिन्न ग्रामीण क्षेत्रहरुमा बाढी र पहिरोले क्षति पुर्याएकोप्रति सरकारको ध्यानाकर्षण गराउदै राहत र क्षति हुनबाट बचाउन पूर्व तयारी...
श्रम स्वीकृति लिने बढ्दै
बुधबार, असार २०, २०८०
पछिल्लो समय वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने नेपालीहरुको सङ्ख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको असार १६ गतेसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या करिब सात लाख ४० हजार रहेको छ । उक्त सङ्ख्या दिनैपिच्छे बढ्दै गएको विभागले जनाएको हो ।
जोखिममा तिनाउ नदी आसपासका बस्ती, सतर्कता अपनाउन आग्रह
बुधबार, असार २०, २०८०
रुपन्देही र पाल्पा आसपासमा शुक्रबार रातिदेखि परेको निरन्तरको वर्षाले तिनाउ नदीमा बाढी आएको छ । लगातारको वर्षाका कारण नदीमा आएको बाढीले पानीको सतह खतराको तह पार गरेको छ । शनिबार बिहानदेखि पानीको सतह बढेको हो ।
अंग्रेजीका शिक्षकलाई अभिमुखीकरण
बुधबार, असार २०, २०८०
अंग्रेजी विषय पढाउने शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ । रामपुर नगर सरकारको शिक्षा शाखाले आधारभुत तहमा अंग्रेजी पढाउने शिक्षकहरुका लागि २ दिने शिक्षण अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।
लुम्बिनीमा विनियोजन विधेयक पारित
मंगलबार, असार १९, २०८०
लुम्बिनी प्रदेशसभाले विनियोजन विधेयक पारित गरेको छ । मंगलबार बसेको बैठकले आगामी आर्थिक वर्षको सेवा र कार्यका लागि सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।
तिनाउ नदीमा बाढीः तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
मंगलबार, असार १९, २०८०
लगातारको वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले पानीको सतह खतराको तह पार गरेको छ । सोमबार रातिदेखि रुपन्देही, पाल्पालगायत आसपासका जिल्लामा भीषण वर्षा भइरहेको छ । यसले तिनाउ नदीमा पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अर्घाखाँचीमा पहिरो : तीनको मृत्यु
मंगलबार, असार १९, २०८०
अर्घाखाँचीको पणेनामा आज विहान साढे ६ बजे आएको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ । पहिरोले पुरिएका चार बालबालिकामध्ये एकको सकुशल उद्धार भएको र तीनको मृत्यु भएको पाणिनी गाउँपालिकाका निर्वतमान अध्यक्ष तथा स्थानीय अच्युत गौतमले जानकारी दिए ।
गलमादी खोलाले खेतीयोग्य जमिन र बस्ती जोखिममा
मंगलबार, असार १९, २०८०
पाल्पाको रामपुर नगरपालिका–४ स्थित गलमादी खोलाले धार परिवर्तन गरी जमिन कटान गरेपछि जोखिम बढेको छ । पुरानो धार परिवर्तन गरेर नयाँ ठाउँबाट खोला बगेपछि यस क्षेत्रका खेतीयोग्य जमिन तथा बस्ती जोखिममा परेका छन् ।
ललिता निवास प्रकरण : थप दुई पक्राउ
सोमबार, असार १८, २०८०
ललिता निवास जग्गा प्रकरणमा जोडिएका थप दुुई आरोपित पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सोमबार तत्कालिन नायव सुब्बा रमेशकुमार पोखरेल र देवनारायण महर्जनलाई पक्राउ गरेको हो ।
लुम्बिनीमा एमालेको विरोधका बीच बजेट बारे छलफल
सोमबार, असार १८, २०८०
लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्ष दल एमालेको अवरोधका बीच बजेटमाथि छलफल भएको छ । सभामुखले उपलब्ध गराएको समयमा पनि सरकार र प्रतिपक्ष दलबीच कुनै संवाद र छलफल हुन नसकेपछि सभामुख तुलाराम (बसन्त) घर्तीले विरोधकै बीच बैठक सुरु गरेका थिए ।
मुठ्ठीदानबाट रामपुरको मदरसा विद्यालय सञ्चालन
सोमबार, असार १८, २०८०
पाल्पा रामपुर नगरपालिका–४ स्थित इस्लामपुरमा रहेको मदरसा नुरुल हुदा आधारभूत विद्यालय एक नमुना धार्मिक विद्यालय हो । जहाँ मुस्लिम समुदायका बालबालिकालाई शिक्षा दिन चन्दा उठाएर, विद्यार्थीबाट मुठ्ठीदान संकलन (जकात फण्ट) गरी विद्यालय सञ्चालन गरिएको छ ।
आज गुरु पूर्णिमा, गुरुजनप्रति श्रदाभाव प्रकट गरी मनाइँदै
सोमबार, असार १८, २०८०
आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ । आजको दिन आफूलाई शिक्षा दिने, मन्त्र दिने गुरुलाई सम्मान गर्ने दिन हो । आज पूर्णिमा व्रत ब्यास पूजा जयन्ती हो । गुरुलाई आमा–बुबा सरह...

