Shittalpati
ओझेलमा परेको बालकन्या भगवतीको अवलोकन

पाल्पा, वेवास्ता अवस्थामा रहेको, सबैतिरबाट ओझेलमा परेको तानसेन नगरपालिका वडा नंं १० तेल्घा भार्केशमा रहेको बालकन्या भगवतीको खोजीविन सुरु भएको छ । नेपाल अंग्रेज युद्वमा जानु अघि कर्णेल उजिरसिंह थापाले तानसेनको भगवती मन्दिरमा देवीसँग आर्शिवाद माग्र्दै युद्वमा विजयी भएमा तिन तले मन्दिर निर्माण गरी सिंदुरजात्रा गर्ने भाकल गरेका थिए ।       

तानसेनबाट बुटवल जितगढी युद्वमा हिडेका कर्णेल उजिरसिंह थापाले बाटोमा रहेको बालकन्या भगवती मन्दिरमा पनि पुजाआजा गरी भाकल गरेपनि पनि हालसम्म ओझेलमा परेको भगवती गुठी व्यवस्थापन समितिको अगुवाईमा स्थलगत अवलोकन भएको छ । तानसेनको भगवती मन्दिरमा कर्णेल उजिरसिंह थापाले भाकल गरी अंग्रेजसंगको युद्व नेपालले जितेको चर्चा गरिरहदा सोही प्रकृतिको आरधना गरी युद्वमा गएको भएपनि हालसम्म यो मन्दिर ओझेलमा परेकोले खोज अध्ययन अनुसन्धान शुरु गरिएको  संस्कृतिकर्मी राजेन्द्रगोपाल सिंहले बताए । बालकन्या भगवतीको विषयमा समय समयमा चर्चा हुने र हराउने सेलाउने भइरहेको समयमा श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिले बुद्धिजिवी, इतिहास विज्ञ, संस्कृतिकर्मी, स्थानीयवासी, जनप्रतिनिधीहरुलाई अध्ययन अवलोकन भ्रमण गराएको समितिका अध्यक्ष अशोकमान महर्जनले बताए । बालकन्या भगवती मन्दिरको वास्तविक अवस्था, स्थानको बारेमा  स्थानीयवासी, व्यवस्थापन समिति, जनप्रतिनिधीहरुसंग कुराकानी गरी आगामी दिन नगरपालिका वडा र सरोकारवाला निकायमा बजेटको लागि पहल गर्ने, व्यवस्थित रुपमा सञ्चालन गर्ने सर्वपक्षिय छलफल भएको भगवती गुठी व्यवस्थापन समितिका सदस्य पदम न्यौपानेले बताए ।

पाल्पाका ईतिहास विज्ञ निर्मल श्रेष्ठ, राजेन्द्रगोपाल सिंह, खोज तथा अनुसन्धानकर्ता पुष्करराज रेग्मी, समितिका अध्यक्ष अशोक महर्जन, सचिव प्रकाश गङ्गोल, पदम न्यौपाने लगायतका पदाधिकारी तथा सदस्य, सर्वसाधारण, जनप्रतिनिधी तथा पूर्व जनप्रतिनिधी, बालकन्या भगवती मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरुले तानसेनको भगवती मन्दिर, तेल्घाको बालकन्या भगवती मन्दिर र कर्णेल उजिर सिंह थापा विचको सम्वन्ध बारे छलफल चर्चा गरेका थिए । तानसेनको भगवती मन्दिरको जती चर्चा परिचर्चा भएपनि सोही अनुसार बलकन्या भगवतीको विषयमा कहि कतैबाट ध्यान नपुगेको देखिएपनि संयुक्त छलफल अन्तरक्रिया बाट आगामी दिनमा केही काम गर्नुपर्छ भन्ने निचोडमा पुगिएको तानसेन नगरपालिका वडा नंं १० का वडा अध्यक्ष हिमलाल पंगेनीले बताए ।  

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update