Shittalpati
गुल्मीमा कफी र सुन्तलाका लागि क्षेत्र विस्तार
गुल्मीमा कफी र सुन्तलाका लागि क्षेत्र विस्तार गुल्मीमा कफी, सुन्तला, मकै र बाख्रापालन कार्यक्रमका लागि क्षेत्र विस्तार गरिएको छ । प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना कार्यान्वयनको आयोजनामा जिल्लाका १२ स्थानीय तहअन्तर्गतका विभिन्न वडामा क्षेत्र विस्तार गरिएको हो । 
राष्ट्रपति पौडेल भगवती रथजात्रा अवलोकन गर्न पाल्पामा
राष्ट्रपति पौडेल भगवती रथजात्रा अवलोकन गर्न पाल्पामा राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक रणउजिरेश्वरी भगवती रथजात्रा अवलोकन गर्न आज पाल्पा सदरमुकाम तानसेन आइपुगेका छन् । उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरे । राष्ट्रपति पौडेललाई जनस्तरबाट समेत भव्य स्वागत गरिएको छ । 
अद्भुत कलाका धनी अप्रतिम भगवान् श्रीकृष्ण
अद्भुत कलाका धनी अप्रतिम भगवान् श्रीकृष्ण आजभन्दा हजारौँ वर्षअघि भदौ महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा जन्मिएका कृष्णको वैदिक सनातन धर्ममा सर्वोच्च स्थान छ । विश्वभरिका सनातन धर्मावलम्बीले कृष्ण जन्मिएको पावन तिथिलाई कृष्णाष्टमीका रूपमा हर्षोल्लासका साथ मनाउने गर्छन् । यतिखेर कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्छ । धुमधामका साथ पूजाअर्चना गर्दै उनको  आराधना गरिन्छ ।
आज ‘श्रीकृष्ण जन्माष्टमी’, भक्तिपूर्वक पूजा–आराधना गरी मनाइँदै
आज ‘श्रीकृष्ण जन्माष्टमी’, भक्तिपूर्वक पूजा–आराधना गरी मनाइँदै आज ‘श्रीकृष्ण जन्माष्टमी’, देशभर धुमधामका साथ मनाइँदैछ । हिन्दु धर्मावलम्बीहरूले कृष्ण मन्दिरहरूमा गई श्रीकृष्णको पूजा आराधना, व्रत र भजनकीर्तन गरी  यो पर्व मनाउन लागेका हुन् ।
सोमबार हुने रम्भादेवी सांस्कृतिक महोत्सवको तयारी पुरा 
सोमबार हुने रम्भादेवी सांस्कृतिक महोत्सवको तयारी पुरा  जिल्लाको रम्भा गाउँपालिका–५, ताँहुको ऐतिहासिक धार्मिकस्थल रम्भादेवी मन्दिरस्थित नाचनडाँडामा सोमबार( भोली) हुन लागेको सांस्कृतिक महोत्सवको तयारी पुरा भएको छ । कृष्ण जन्माष्टमीको दिन सहयात्रा नेपालको आयोजना र रम्भा पर्यटन विकास प्रतिष्ठानको सह–आयोजनामा हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको हो ।
खराब मौसमका कारण  अवरुद्ध बनेको गुल्मीको नियमित उडान दुुई महिनापछि पुन:  सुुरु
खराब मौसमका कारण  अवरुद्ध बनेको गुल्मीको नियमित उडान दुुई महिनापछि पुन: सुुरु गुल्मीको रेसुङ्गा विमानस्थलबाट पुनः नियमित उडान सुरु भएको छ । खराब मौसमका कारण असार दोस्रो सातादेखि बन्द रहेको उडान गत शुक्रबारदेखि पुनः सुुरु भएको हो ।
सन्तानको कामनासहित तीनछठ्ठी पर्व मनाइँदै
सन्तानको कामनासहित तीनछठ्ठी पर्व मनाइँदै पश्चिम तराईमा सन्तानको दीर्घायुको कामनासहित आज तीनछठ्ठी पर्व मनाइँदैछ । भैरहवा र आसपासका क्षेत्रहरु धकधई, बेथरी, मर्चवारलगायत स्थानका महिलाहरुले व्रत बसेर यो पर्व मनाइरहेका छन् । 
सुनकोसीमा खसेको गाडी भेटियो, नदीमा बेपत्ता तीनजनाको खोजी जारी
सुनकोसीमा खसेको गाडी भेटियो, नदीमा बेपत्ता तीनजनाको खोजी जारी शनिबार साँझ सुनकोसी नदीमा खसेर बेपत्ता भएको गाडी आइतबार बिहान २ बजे भेटिएको छ । खोटाङको हलेसीबाट भक्तपुर जाने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेस्थित मध्यपहाडी लोकमार्गबाट नदीमा खसेको प्रदेश ३–०१–०२३ च ६३६६ नंको हाइलक्स गाडी भेटिएको हो । 
पशुमा कृत्रिम गर्भाधान गराउने किसानको सङ्ख्यामा वृद्धि
पशुमा कृत्रिम गर्भाधान गराउने किसानको सङ्ख्यामा वृद्धि जिल्लामा रहेका पशुपालक किसानमा कृत्रिम गर्भाधानतर्फ आकर्षण बढ्दै गएको छ । पशु सेवा कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा पशुलाई कृत्रिम गर्भाधान गराउने किसानको सङ्ख्यामा वृद्धि भएको हो ।
तानसेनमा निकालियो भिमसेन रथयात्रा 
तानसेनमा निकालियो भिमसेन रथयात्रा  तानसेनमा भिमसेन रथयात्रा निकालिएको छ । हरेक वर्ष जस्तै तासेनस्थित भिमसेन टोलमा रहेको भिमसेनको रथयात्रा शनिबार निकालिएको हो । 
जेसिजको विद्यार्थीलाई यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धी सचेतना
जेसिजको विद्यार्थीलाई यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धी सचेतना पाल्पा जेसिजले विद्यार्थीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । जेसिजले तानसेनमा रहेको मोहन कन्या माविका विद्यार्थीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धी सचेतना प्रदान गरेको हो ।
तनहुँ दुर्घटना  : २१ को मृत्यु, १६ घाइेतलाई हेलिकप्टरमार्फत काठमाडौँ  ल्याइयो
तनहुँ दुर्घटना : २१ को मृत्यु, १६ घाइेतलाई हेलिकप्टरमार्फत काठमाडौँ  ल्याइयो तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा आज भएको यात्रु बस दुर्घटनामा २१ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मर्यस्याङ्दी नदीमा खस्दा २२ जना घाइते भएका छन् ।
Weather Update