Shittalpati
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार प्रदेशसभाको चौथो अधिवेशनको २५ औं बैठकमा आचार्यले  मतका लागि राखेको प्रस्तावमा दुईतिहाइभन्दा बढी मत प्राप्त भएको हो ।
तानसेनमा गाईजात्राको रौनक (फोटो फिचर)
तानसेनमा गाईजात्राको रौनक (फोटो फिचर) पाल्पाको तानसेनमा आज गाईजात्राको रौनक देखिएको छ । दिवङ्गत भएका आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व मनाइएको हो ।
लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै
लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदैछन् । साउन ७ गते लुम्बिनी प्रदेशसभामा दुई ठूला दल एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका आचार्यले १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २५औं बैठकमा विश्वासको मत लिन थालेका हुन् ।
घोराहीमा उपमहानगरपालिकाद्वारा छात्रवृत्तिको व्यवस्था
घोराहीमा उपमहानगरपालिकाद्वारा छात्रवृत्तिको व्यवस्था ही उपमहानगरपालिकाले संस्थागत विद्यालयका कक्षा ११ र १२ मा एक सय ९४ विद्यार्थीलाई निःशुल्क छात्रवृत्तिको व्यवस्था गरेको छ ।
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे  बस्ने भएको छ । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थियो  । 
पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु
पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकाघरका तीन जनाको मृत्यु भएको छ ।  मृत्युहुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरुका दुई वर्षीय छोरा शिभम परियार छन् ।
गुल्मीका किसान कफीखेतीतर्फ आकर्षित
गुल्मीका किसान कफीखेतीतर्फ आकर्षित गुल्मी सिर्सेनीका किसान यतिबेला परम्परागत रुपमा गर्दैै आएको खेती छाडेर कफीखेतीमा लागेका छन् । जिल्लाको मदाने गाउँपालिका–३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका किसानको बारी यतिबेला कफीको बगैँचा बनेको छ ।
आयातित जनैले धानिएको ‘जनै पूर्णिमा’
आयातित जनैले धानिएको ‘जनै पूर्णिमा’ पछिल्लो केही वर्षयता नेपालमा भारत र चीनबाट बर्सेनी ठूलो परिमाणमा जनै आयात हुने गरेको छ ।
विश्व संस्कृत दिवस मनाइँदै
विश्व संस्कृत दिवस मनाइँदै आज विश्व संस्कृत दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा (जनैपूर्णिमा) को दिन पारेर यो दिवस मनाउने गरिन्छ ।
 आज क्वाँटी खाने दिन, यस्ता छन् फाइदा 
 आज क्वाँटी खाने दिन, यस्ता छन् फाइदा  आज क्वाँटी खाने दिन । घर–घरमा एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर  खाने  गरिन्छ । जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन धेरै पहिलेदेखि चलिआएको हो ।
वर्षाका कारण तानसेनमा तीनतले घर भत्कियो
वर्षाका कारण तानसेनमा तीनतले घर भत्कियो शनिबाररातीदेखि परेको अविरल वर्षाका कारण जिल्लाको तानसेनमा एक घर भत्किएको छ ।  वर्षाका कारण तानसेन नगरपालिका– ५ कैलाशनगरमा तीनतले घर भत्किएको हो ।
पहिरो गएपछि गुल्मीको तम्घास–रिडी वामीटक्सार सडक अबरुद्ध
पहिरो गएपछि गुल्मीको तम्घास–रिडी वामीटक्सार सडक अबरुद्ध गए रातिदेखि परेको अबिरल वर्षाका कारण तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अबरुद्ध बनेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडकमाथिबाट पहिरो खसेपछि सडक अबरुद्ध बनेको हो । 
Weather Update