बाढी, पहिरोलगायतका विपद्मा परी १९५ को मृत्यु
शुक्रबार, भदौ ७, २०८१
मर्स्याङ्दी नदी बस दुर्घटना : १४ जनाको शव निकालियो (अपडेट)
शुक्रबार, भदौ ७, २०८१
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा नजिक दुर्घटना भइ मस्र्याङ्दी नदीमा बस खस्दा १४ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटना भई नदीमा खस्दा १४ जनाको ज्यान गएको हो ।
मकै र कोदो खेतीको विकल्पमा किबी
शुक्रबार, भदौ ७, २०८१
किबी खेतीमा संलग्न हुन्थेनन् भने बेनी नगरपालिका–३ भकिम्लीका ४१ वर्षीय लालबहादुर पुन यतिबेला युरोप, अमेरिका र खाडीका कुनै देशमा श्रम र पसिना बगाइरहेको हुन्थे ।
‘विदेशमा दुःख गर्नुभन्दा बुकीमै भैँसी पाल्दा सजिलो लागेको छ’
शुक्रबार, भदौ ७, २०८१
परम्परादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको संख्या घटाउदै गएका छन् । पूर्वी रुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन शिकार आरक्षको गर्पाछोडाको बुकी पाटनमा गत साउन अन्तिम साता भेटिएका विकले ३२ वर्र्षदेखि पाल्दै आएको भेडाको गोठ बेच्ने योजना रहेको जानकारी दिए ।
मर्स्याङ्दी नदीमा बस खस्यो
शुक्रबार, भदौ ७, २०८१
तनुहँको आँबुखैरेनीको ऐनापहरा नजिक मस्र्याङ्दी नदीमा बस खसेको छ ।
दूध नपाउँदा ‘चितवन मिल्क’ चार महिनादेखि बन्द
शुक्रबार, भदौ ७, २०८१
, दुग्ध उत्पादक सहकारी संस्था र फार्महरुको दूध प्रशोधन गर्दैै आएको चितवन मिल्क उद्योग चार महिनादेखि बन्द भएको छ । भरतपुर नगरपालिका–१ ठिमुरामा सञ्चालित उक्त उद्योगले गत वैशाखदेखि दूध नपाएपछि बन्द भएको हो । उद्योगले दूध ल्याएर प्रशोधन गरी नौनी घ्यू (बटर) र धुलो दूध उत्पादन गर्दै आएको थियो ।
कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
शुक्रबार, भदौ ७, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका सबै भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ ।
तानसेनमा निकालियो श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा
बिहीबार, भदौ ६, २०८१
जिल्लाको तानसेनमा श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा निकालिएको छ । हरेक वर्ष जस्तै रोपाइँजात्राको भोलिपल्ट निकालिने रथ यात्रा विहीबार निकालिएको हो ।
रूपन्देहीमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु
बिहीबार, भदौ ६, २०८१
रूपन्देहीमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । लु २ ख ६७६ नम्बरको मालबहाक ट्रकको ठक्करबाट रूपन्देहीको मायादेवी गाउँपालिका–६ बालुवादिपुरमा सोही ठाउँका ३५ वर्षीय गोरख बेल्दारको मृत्यु भएको हो ।
सुतली बम पड्काएर भाग्ने क्रममा दुई जना पक्राउ
बिहीबार, भदौ ६, २०८१
घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान क्याम्पस परिसरमा बम पड्काएर भाग्न खोज्ने क्रममा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।
लिफ्ट खानेपानी आयोजनाले विद्युतमा पाए अनुदान
बिहीबार, भदौ ६, २०८१
स्याङ्जाका एक सय १० लिफ्ट खानेपानी आयोजनाले विद्युत् महसुलबापत रु एक करोड बढी अनुदान पाएका छन् । गण्डकी प्रदेशभित्रका नागरिकलाई स्वच्छ, गुणस्तरीय, सर्वसुलभ र सुरक्षितरुपमा खानेपानी सेवा पुर्याउने उद्देश्यले लिफ्ट खानेपानीमा लाग्ने महसुलमा अनुदान दिइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताए ।
पाल्पामा समलिङ्गी विवाहलाई कानुनी मान्यता
बिहीबार, भदौ ६, २०८१
विवाह गरेको ३ वर्षपछि एक समलिंगी जोडीले कानुनी मान्यता पाएको छ । रामपुर नगरपालिका– ९ को वडा कार्यालयले समलिंगी जोडीको विवाह दर्ता गरेको हो ।
पाल्पामा समलिङ्गी विवाहले पायो कानूनी मान्यता
बुधबार, भदौ ५, २०८१
पाल्पाको रामपुर नगरपालिकामा समलिङ्गी विवाह दर्ता भएको छ । रामपुर वडा नं ९ को कार्यालयमा ३१ वर्षीया चिनाकुमारी नेपाली र ३६ वर्षीया ज्योति सार्कीले समलिङ्गी विवाह दर्ता गरेसँगै कानूनी रुपमा समलिङ्गी विवाहले मान्यता पाएको छ ।


