प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने
शुक्रबार, जेठ ४, २०८१
रम्भामा घाँस काट्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु
शुक्रबार, जेठ ४, २०८१
जिल्लाको रम्भा गाउँपालिका –५ ढाकरडाँडामा काब्रोको रुखबाट लडेर एक जना महिलाको मृत्युु भएको छ । शुक्रबार विहान सोही ठाउँकी ३१ बर्षीया मीना कुमारी लामिछाने मगरको आफ्नै बारीमा रहेको काब्रोको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर मृत्युु भएको हो ।
आज विश्व दूरसञ्चार दिवस मनाइँदै
शुक्रबार, जेठ ४, २०८१
नेपालसहित विश्वभर आज विभिन्न चेतनामुलक कार्यक्रम गरेर विश्व दूरसञ्चार तथा सूचना दिवस मनाइँदै छ । दूरसञ्चारमा भएका उपलब्धि र आवश्यक्तालाई परिपूर्ति गर्ने बारेमा जानकारीमुलक कार्यक्रम आयोजना गरी दिवस मनाउन लागिएको हो । हरेक वर्षको मे १७ मा यो दिवस मनाउने गरिन्छ ।
गुल्मीको रिडीमा बस दुर्घटना : १३ जना घाइते
बिहीबार, जेठ ३, २०८१
गुल्मीको रिडीमा बस दुर्घटना भएको छ ।
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
बिहीबार, जेठ ३, २०८१
प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ । बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदले रोष्टम घेराउ गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरले अर्को बैठक भोलि शुक्रबार बिहान ११ बजे बस्नेगरी स्थगित गरेका हुन हो ।
कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
बिहीबार, जेठ ३, २०८१
राष्ट्रियसभाको आजको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ । आजको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु आ आफ्नो आसनबाट उठ्नुभएपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक भोलि शुक्रबार दिउँसो १.१५ बजे बस्ने गरी स्थगित गरेका हुन् ।
बर्तुङ्ग–रिडी–तम्घास सडक २० दिन बन्द हुने
बिहीबार, जेठ ३, २०८१
बर्तुङ्ग–रिडी–तम्घास सडक खण्ड २० दिन बन्द हुने भएको छ । सो सडक अन्तर्गत मालमुल–रिडी खण्डमा सडक स्तरोन्नती तथा मर्मत कार्य भइरहेकाले जेठ ७ गतेदेखि २६ गतेसम्म सडक बन्द हुने भएको हो ।
पाल्पाको निस्दीमा जिप दुर्घटना : दुईको मृत्यु, १३ घाइते
बिहीबार, जेठ ३, २०८१
जिल्लाको निस्दी गाउँपालिका–४,मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
पाल्पाका स्थानीय सरकारले चलाए गाउँमै शिविर
बिहीबार, जेठ ३, २०८१
जिल्लाका अधिकांस स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेका छन् । उनीहरुले एकृकित घुम्ती शिविरमार्फत होस् वा स्वास्थ्य शिविर नै सञ्चालन गरेर किन नहोस् आमनागरिकको निःशूल्क स्वास्थ्य परीक्षण र औषधि उपचार गरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने गरेका हुन् ।
बालविवाहविरुद्धको अभियानमा सक्रिय हुँदै किशोरी
बिहीबार, जेठ ३, २०८१
रुपन्देहीकी एक किशोरीलाई १३ वर्षको हुँदा घरमा विवाहको कुरा आयो । आमाले राम्रो घरबाट प्रस्ताव आएको छ, अब बिहे गर्नुपर्छ भन्दा कक्षा आठमा पढ्दै गरेकी ति किशोरी छागाबाट खसेजस्तै भइन् ।
आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै
बिहीबार, जेठ ३, २०८१
आज वैशाख शुक्ल नवमी अर्थात् सीता उपत्ति दिवस । देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो दिवस मनाइँदै छ ।
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
बुधबार, जेठ २, २०८१
बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन् । उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिएको हो ।
बबईमा डुबेर दाजुभाइको मृत्यु
बुधबार, जेठ २, २०८१
पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो ।


