Shittalpati
नुवाकोट हेलिकप्टर दुर्घटना अपडेट  : पाँच जनाको मृत्यु
नुवाकोट हेलिकप्टर दुर्घटना अपडेट : पाँच जनाको मृत्यु नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।
सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा गेझा स्वास्थ्यचौकीले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । रामपुर नगरपालिका–१० स्थित स्वास्थ्यचौकीमा आउने गर्भवतीले सो सेवा पाउनेछन् ।
आज पनि देशभर वर्षा हुने पूर्वानुमान
आज पनि देशभर वर्षा हुने पूर्वानुमान हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । साथै विभागले देशभर वर्षा हुने पूर्वानुमान गरेको छ ।
भगवती जात्रा भाद्र ११ मा , राष्ट्रपति पौड्याल आउँदै
भगवती जात्रा भाद्र ११ मा , राष्ट्रपति पौड्याल आउँदै यस वर्ष पाल्पाको ऐतिहासिक भगवती जात्रा आगामी भदौ ११ गते  निकालिने भएको छ । विरताको गाथा बोकेको तानसेनको श्री ७ रणउजिरेश्वरी भगवती मन्दिरको २ सय ५ औं भगवती रथयात्रा निकाल्ने तयारी भएको हो ।
आर्थिक अवस्था कमजोर भएका छात्राहरुको लागि अनुजा शाही स्मृति कोष स्थापना
आर्थिक अवस्था कमजोर भएका छात्राहरुको लागि अनुजा शाही स्मृति कोष स्थापना सामुदायिक विद्यालयमा अध्यनरत छात्राहरुको पठन पाठनमा सहयोग गर्ने उद्देश्यले अनुजा शाही स्मृति कोष स्थापना गरिएको छ ।
गुल्मीको मुसिकोटमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु
गुल्मीको मुसिकोटमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु जिल्लाको मुसिकोटमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । मंगलबार विहानैदेखि परेको अविरल वर्षाका कारण गएको पहिरो घर पुरिदा मुसिकोट नगरपालिका वडा– १ बिसौनामा चार जनाकाखे मृत्यु भएको हो ।
डेङ्गीबाट एकको मृत्यु, ३० जनामा हैजा पुष्टि
डेङ्गीबाट एकको मृत्यु, ३० जनामा हैजा पुष्टि देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९इडिसिडी०ले डेङ्गीबाट एकजनाको मृत्यु भएको आज जनाएको हो ।
आज देशभर वर्षा हुने
आज देशभर वर्षा हुने हाल देशका अधिकांश भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो  कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाउँदै ती स्थानमा सतर्कता अपनाउन...
पहिरोमा चार घर पुरिए, एकजनाको मृत्यु
पहिरोमा चार घर पुरिए, एकजनाको मृत्यु उँपालिका–९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छ भने एकजनाको मृत्यु भएको छ । भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो । उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।
पाल्पासहित देशभरका शिवालयमा घुइँचो
पाल्पासहित देशभरका शिवालयमा घुइँचो साउनको तेस्रो सोमबार पाल्पासहित देशभरका शिवालयमा पूजाआजा गर्ने भक्तजनहरुको अत्याधिक घुइँचो लागेको छ । सोमबार बिहानैदेखि शिवालयमा पूजाआजा गर्ने दर्शनार्थीको घुइँचो देखिन्थ्यो । हिन्दु धर्म मान्ने महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गरेका छन् ।
बङ्गलादेश : प्रधानमन्त्री हसिनाले पदबाट राजिनामा दिएको सेना प्रमुख जमानद्वारा जानकारी  
बङ्गलादेश : प्रधानमन्त्री हसिनाले पदबाट राजिनामा दिएको सेना प्रमुख जमानद्वारा जानकारी   बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिएको सेनाप्रमुख वाकर–उज–जमानले सोमबार दिउसो जानकारी गराएका छन् । 
सहकारीमार्फत आलु चिप्स, गुन्द्रुक र सिस्नोको धुलो बजारीकरण
सहकारीमार्फत आलु चिप्स, गुन्द्रुक र सिस्नोको धुलो बजारीकरण उच्च भागमा पाइने स्वादिष्ट आलु, सिस्नो र जङ्गलमा पाइने बाँकोलाई ब्रान्डीङ गर्न थालिएको छ । यहाँको जैमिनी नगरपालिका–३ उपल्लो दमेकको एक महिला सहकारीले आलुको चिप्स, गुन्द्रुक र सिस्नोको धुलो उत्पादन गरेर बजारीकरण गर्न थालेको हो । 
Weather Update