पूर्ण स्तनपान गराउँदैनन् धेरै आमा !
बिहीबार, साउन १७, २०८१
आम्दा अस्पताललाई मेडिकल कलेज बनाउने प्रस्ताव अन्तर्राष्ट्रिय सभामा लैजादै
बुधबार, साउन १६, २०८१
बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउने प्रस्ताव अन्तर्राष्ट्रिय सभामा लैजाने तयारी भएको छ । आम्दालाई मेडिकल कलेज बनाउनका लागि इन्डोनेशियाको बालीमा हुने आम्दा इन्टरनेशनलको अन्तर्राष्ट्रिय सभामा प्रस्ताव लगिने भएको हो ।
लुम्बिनीमा प्रदेश प्रमुख फेरिएको फेरियै
बुधबार, साउन १६, २०८१
राजनीतिक भागबण्डामा नियुक्त गर्ने र सत्तासमीकरणमा तलमाथि हुने बित्तिकै पहिलो प्रहार प्रदेश प्रमुखमाथि हुने गरेको छ । केन्द्र सरकारको मनलाग्दीले प्रदेश प्रमुखको नियुक्ति र बर्खास्तीको खेलले प्रदेश प्रमुख पदकै गरिमा, महत्व र ओजन घट्दै गएको छ ।
गुल्मीमा गँड्यौली मलको व्यावसायिक उत्पादन सुरु
बुधबार, साउन १६, २०८१
जिल्लामा व्यावसायिक रुपमा गँड्यौली मलको उत्पादन सुरु गरिएको छ । कृषि ज्ञान केन्द्रको सहयोगमा जिल्लाको इस्मा गाउँपालिका र धुर्कोट गाउँपालिकामा प्राङ्गारिक खेतीका लागि उक्त मलको उत्पादन सुरु गरिएको हो ।
तानसेनमा सुनका गहना ठगी गर्ने चार जना पक्राउ
मंगलबार, साउन १५, २०८१
सर्वसाधारणलाई ललाईफकाई गरी विभिन्न प्रलोभनमा पारी सुनका गहना ठग्दै हिँड्ने चार जना पक्राउ परेका छन् । तानसेनका विभिन्न स्थानमा पुगेर नक्कली सुनको जस्तो डल्लो देखाई प्रलोभनमा पारी सुनका गहना झिकेर लैजाने चार जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।
ट्रकको ठक्करबाट एकको मृत्यु
मंगलबार, साउन १५, २०८१
दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक व्यक्तिको मृत्युु भएको छ । मंगलबार पश्चिमबाट पूर्वतर्फ गइहेको सु. प. प्र ००१ ख २७७९ नम्बरको ट्रकले लमही– भालुवाङ सडक खण्डको भालुवाङमा ठक्कर दिँदा एक जना व्यवसायीको मृत्युु भएको हो ।
खिर खाएर मनाइयो साउने पन्ध्र
मंगलबार, साउन १५, २०८१
यस वर्षको साउन पन्ध्र पाल्पासहित देशैभर घर–घरमा खिर खाएर मनाइएको छ । नेपाली समाजमा परापूर्वकालदेखि मनाउँदै आएको सांस्कृतिक पर्व साउन पन्ध्र मंगलबार घर–घरमा खिर खाएर मनाइएको हो ।
प्रतिनिधिसभा बैठक साउन २० गतेसम्मका लागि स्थगित
मंगलबार, साउन १५, २०८१
प्रतिनिधिसभा बैठक साउन २० गतेसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको बैंठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक साउन २० गते आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको जानकारी गराएका हुन् ।
खिर खाएर साउन पन्ध्र मनाइँदै
मंगलबार, साउन १५, २०८१
आज साउने पन्ध्र पर्व मनाइँदै छ । साउन १५ मा रोपाइँ सकेर खिर खाने चलन छ । किसानहरुले साउन १५ लाई विशेष खिर खाने दिनका रुपमा मनाउने गरेका छन् । पहिले ग्रामीण क्षेत्रमा बढी मनाइने खिर खाने चलन पछिल्लो समय सहरी क्षेत्रमा पनि मनाउने प्रचलन बढ्दो छ ।
आज मानव बेचबिखनविरुद्धको दिवस, अझै रोकिएन मानव बेचबिखन
मंगलबार, साउन १५, २०८१
अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न यो दिवस मनाउने गरिएको हो ।
आज अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै
मंगलबार, साउन १५, २०८१
आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसको रूपमा आधिकारिक मान्यता दिएपछि हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।
छुुट्टाछुुट्टै सवारी दुुर्घटनामा तीन जनाको मृत्यु
सोमबार, साउन १४, २०८१
देशका विभिन्न स्थानमा भएका छुुट्टाछुुट्टै सवारी दुुर्घटनामा तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धनकुटा, कञ्चनपुर, मोरङमा भएका छुुट्टाछुुट्टै सवारी दुुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।
देशभर ९२ प्रतिशत रोपाइँ सकियो
सोमबार, साउन १४, २०८१
देशभर ९२ प्रतिशत रोपाइँ सकिएको छ । धान रोपाइँ हुने कुल क्षेत्रफलमध्ये १३ साउनसम्म ९२ दशमलव ४ प्रतिशत रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क उल्लेख छ । मन्त्रालयका अनुसार धान खेती हुने १३ लाख ९८ हजार २ सय ७३ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ९२ हजार २...


