भूकम्पको निसानामा ‘बाजुरा’
आइतबार, पुस ७, २०८१
विश्व ध्यान दिवस मनाइयो
आइतबार, पुस ७, २०८१
विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी विश्व ध्यान दिवस मनाइएको छ । नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाहरुले विभिन्न कार्यक्रम गरी शनिबार दिवस मनाएका छन् ।
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने
शनिबार, पुस ६, २०८१
नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ । निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ ।
‘पर्यटकीय विकासका लागि लुम्बिनी सर्किटको विकास’
शनिबार, पुस ६, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासको लागि बौद्ध र लुम्बिनी सर्किटको विकास गरिने बताए । रुपन्देहीको देवदहमा गौतमबुद्ध राष्ट्रिय उद्यान महोत्सवको आज उद्घाटन गर्दै उनले रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीलाई बौद्ध सर्किट र प्रदेशका १२ जिल्लालाई लुम्बिनी सर्किटमा जोड्ने गरी सरकारले अवधारणा अघि सारेको बताए ।
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
शनिबार, पुस ६, २०८१
केही वर्षअघि तुलसीपुर उपमहानगरपालिका–१२ लामिडाँडा निवासी ज्ञानबहादुर विकको घरभित्रै पानी पस्थ्यो । वर्षौदेखि आजित बनेका उनले अचेल भने त्यसबाट मुक्ति पाएका छन् । पानीको निकासका लागि नालिसहितको सडक बनेपछि समस्या समाधान भएको हो । अब चाँडै सडक कालोपत्र भएमा धुवाधुलोबाट समेत मुक्ति मिल्ने उनको अपेक्षा छ ।
बागलुङमा बने १४ हजार आठ सय ‘एक घर, एक धारा’
शनिबार, पुस ६, २०८१
गण्डकी प्रदेश सरकारले ‘एक घर, एक धारा’को नीति लिएको छ । प्रदेश सरकारले लिएको नीति कार्यान्वयन हुँदै गएपछि बागलुङमा त्यसले सार्थकता पाउन थालेको छ । बागलुङमामा ९५ प्रतिशत नागरिकसम्म आधारभूत खानेपानीको पहुँच पुगेको छ । एउटा धाराबाट करिब दश परिवारले पानी उपभोग गर्नुपरे पनि कुवा र पोखरीको पानी पिउनु परेको...
‘कारागार सुरक्षा प्रणालीलाई चुस्त राख्न आवश्यक’
शनिबार, पुस ६, २०८१
लुम्बिनी प्रदेशका कारागारको सुरक्षा प्रणालीलाई चुस्त राख्दै पूर्वाधार सुधारमा जोड दिइएको छ । प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेशमा रहेका कारागार तथा प्रहरी हिरासत कक्षको अनुगमनका क्रममा कारागारको सुरक्षालगायत क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले कारागारको पूर्वाधार सुधार गर्नुपर्ने देखिएको मुख्य न्यायाधिवक्ता यमलाल खनाल बताए ।
नेपाली सेनाद्वारा ‘प्रेसर यकुकर बम’ निष्क्रिय
शुक्रबार, पुस ५, २०८१
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले निष्क्रिय गरेको छ ।
महायज्ञबाट दुई करोड बढी सङ्कलन
शुक्रबार, पुस ५, २०८१
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मा रहेको मिर्मी बहुमुखी क्याम्पसले महायज्ञबाट रु दुई करोडभन्दा बढी रकम सड्ढलन गरेको छ ।
पाँच वर्षदेखि थन्किएका बस सञ्चालनमा
शुक्रबार, पुस ५, २०८१
लुम्बिनी विकास कोषलाई दातृ निकायले अनुदान सहयोगस्वरूप उपलब्ध गराएका विद्युतीय सवारीसाधनको विहीबारदेखि परीक्षणका रूपमा सञ्चालन गरिएको छ । यसअघि कानुनी समस्याका कारण सञ्चालनमा आउन नसकेका सवारीसाधनमध्ये दुई वटा बस सञ्चालनमा ल्याइएको हो ।
पत्रकार महासंघ पाल्पाको निर्वाचित समितिको पदस्थापना
शुक्रबार, पुस ५, २०८१
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ पाल्पा शाखाको अधिवेशनबाट निर्वाचित कार्य समितिको पदस्थापन विहीबार भएको छ । मंसिर २८ गते भएको अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन एक कार्यक्रमबिच गरिएको हो ।
सुन्तला किन्न व्यापारी बगैँचामा
बिहीबार, पुस ४, २०८१
स्याङ्जाको वालिङ नगरपालिका–५ पाँडेथोकका अगुवा कृषक हुमनाथ लामिछाने यस वर्ष बगैँचाबाटै सुन्तला बिक्री गरे । आफ्नो फार्ममा उत्पादित सुन्तला काठमाडौँस्थित अकिष्टा नेपाल प्रालिले खरिद गर्ने सम्झौता गरेसँगै बजारीकरणमा सहज भएको हो ।


