विश्व क्यान्सर दिवसको सन्दर्भ
मंगलबार, माघ २२, २०८१
आज विश्व क्यान्सर दिवस मनाइँदै
मंगलबार, माघ २२, २०८१
विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्ष फेब्रुअरी ४ तारिखका दिन मनाउँदै आएको विश्व क्यान्सर दिवस आज नेपालमा पनि मनाइँदैछ । विभिन्न चेतनामूलक कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।
सरकार ज्येष्ठ नागरिकप्रति सचेत र संवेदनशील छ : उपप्रधानमन्त्री पौडेल
सोमबार, माघ २१, २०८१
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार ज्येष्ठ नागरिकप्रति सचेत र संवेदनशील रहेको बताएका छन् । ज्येष्ठ नागरिकको सम्मान, सुरक्षा र चाहनाप्रति राज्य विमुख हुन नमिल्ने उनले बताए ।
वन्यजन्तुबाट भएको क्षतिको राहतको आशमा गुल्मीका किसान
सोमबार, माघ २१, २०८१
गुल्मीमा वन्यजन्तुबाट क्षति भएका किसानले डेढ वर्षसम्म पनि क्षति बापतको राहत रकम प्राप्त गर्न सकेका छैनन् । आर्थिक वर्ष २०८०/८१ को साउन महिनादेखि डिभिजन वन कार्यालय गुल्मीमा सय पाँच जना किसानले राहतका लागि दिएका निवेदन दिएका थिए ।
स्थानीय उत्पादनलाई बजारीकरण तथा प्रवर्द्धन गर्दै ‘रामपुर नगरपालिका’
सोमबार, माघ २१, २०८१
रामपुर नगरपालिकाले आत्मनिर्भर बनाउनका लागि ज्ञान, सीप सिकाउने मात्र नभई उत्पादित सामग्रीलाई पनि बजारीकरण तथा प्रवर्द्धनमा सघाइरहेको छ । नगरभित्रका महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई यहाँ चलेको रामपुर मेलामा नगरपालिकाले बिक्री–वितरण तथा प्रवद्र्घन कार्य गरिरहेको छ ।
प्रदेश सरकार देखिने र अनुभव गर्न सकिने सेवा प्रदान गर्न सफल : मुख्यमन्त्री आचार्य
सोमबार, माघ २१, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार नागरिकको दैनिक जीवनसँग जोडिन सफल भएको बताएका छन् । प्रदेश स्थापना दिवसको अवसरमा आज दिएका शुभकामना सन्देशमा उनले प्रदेश देखिने, अनुभव गर्न सकिने र नागरिकको दैनिक जीवनसँग जोडिन सेवा प्रदान गर्न सफल भएको दाबी गरे ।
लुम्बिनी प्रदेशको स्थापना दिवस मनाइँदै
सोमबार, माघ २१, २०८१
लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाउँदैछ । प्रदेश स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा औपचारिक कार्यक्रम गरि स्थापना दिवस मनाउन लागेको स्थापना दिवसका मूल समारोह समितिका सदस्य सचिव रेखा कँडेलले जानकारी दिए ।
आज सरस्वती पूजा : बालबालिकाले ‘क’, ‘ख’ लेख्न सिक्दै
सोमबार, माघ २१, २०८१
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी आज सरस्वती पूजा गरिदै छ । श्रीपञ्चमीको दिन सरस्वतीको पूजा गरे विद्या बढ्ने र विद्यार्थी मेधावी बन्ने विश्वास छ । तसर्थ आजको दिन खासरी विद्यार्थीहरुले विशेष पूजापाठ गर्ने गर्दछन् । घर, विद्यालय र मन्दिरमा पूजा आराधाना...
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
सोमबार, माघ २१, २०८१
लुम्बिनी प्रदेशमा आज (सोमबार) सार्वजनिक बिदा दिइएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार सूचना जारी गर्दै प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने जनाएको हो ।
भोली लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
आइतबार, माघ २०, २०८१
लुम्बिनी प्रदेशमा भोली (सोमबार) सार्वजनिक बिदा दिइएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार सूचना जारी गर्दै प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने जनाएको हो ।
लुम्बिनी प्रदेशका सहकारीको वर्गीकरण गरिँदै
आइतबार, माघ २०, २०८१
लुम्बिनी प्रदेश सरकारले सहकारी संस्थाको वर्गीकरण गर्ने भएको छ । लुम्बिनी प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष टीकाराम पोख्रेलले विभिन्न पाँच भागमा सहकारी वर्गीकरण गर्न लागिएको जानकारी दिए ।
गुल्मीमा ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु
आइतबार, माघ २०, २०८१
कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर आज विहान अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६० मिटर तल खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लु३त ५११२ नंको ट्रयाक्टरका सहचालक कालीगण्डकी –२ अर्बेनीका ५५ वर्षीय देवबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


