Shittalpati
पाल्पामा बोलेरो दुर्घटना :  दुई जनाको मृत्यु, एक घाइते 

पाल्पा, जिल्लाको पूर्वखोला गाउँपालिकामा बोलेरो पिकअप गाडी दुर्घटना भएको छ । पूर्वखोला गाउँपालिका –५ वीरकोटस्थित आर्यभञ्ज्याङ रामपुर कच्ची सडक खण्डमा आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको अण्डा लोड गरेको लु १ च ६७५६ नम्बरको बोलेरो पिकअप गाडी आज साँझा दुर्घटना भएको हो । 

दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा  सवारी धनि बगनासकाली गाउँपालिका –१ गाप्टुङ घर भई हाल बुटवल उप–महानगरपालिका – ११ मझुवा बस्दै आएका ४६ वर्षीय बिनोद ढुङ्गाना र अर्का नाम थर नखुलेका ४५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले  जानकारी दिए । उनका अनुसार ढुङ्गानाको लुम्बिनी मेडिकल कलेज प्रभास उपचारका क्रममा र अर्का एक जनाको मिसन अस्पताल पाल्पामा मृत्यु भएको हो । गाडी सडकदेखि  ३०० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।

दुर्घटनामा चालक बुटवल उप–महानगरपालिका – ११ का  ३० वर्षीय  राजु खड्का घाइते भएका छन् । उनको अवस्था गम्भीर रहेको उपरीक्षक मल्लले बताए ।  खड्काको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति: सोमबार, असार २, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update