सुष्मालाई बक्सिङमा रजत पदक
शिक्षा र समाज
तानसेनको तेल्घामा पुल बनाउन मन्त्री रानाले गरे प्रारम्भीक अध्ययन

पाल्पा, जिल्लाको तानसेन नगरपालिका १० तेल्घाको सुरुङतुङ खोलामा पक्की पुल निर्माण गर्नको लागि प्रारम्भीक अध्ययन गरिएको छ । तेल्घा (आमडाँडा) र सुरुङतुङ (गडशाल) लाई जोड्न सुरुङतुङ खोलामा पक्की पुल निर्माणका लागि लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिँचाई मन्त्री एवं नव निर्वाचित प्रदेश सभा सदस्य वीरबहादुर रानासहित विज्ञ टोलीले प्रारम्भीक स्थलगत अध्ययन गरेको हो ।
यहाँ पक्की पुल नहुँदा स्थानीयले सास्ती भोग्नु परेको पीडालाई दृष्टिगत गरी मन्त्री रानाले पुल निर्माणका लागि आवश्यक पहल थालेका छन् । मत माग्न घरदैलोमा पुग्दा समेत मन्त्री रानासँग यहाँका मतदाताले पुल निर्माण गरिदिन आग्रह गरेका थिए । मतदातासँग गरेको प्रतिवद्धता पुरा गर्नका लागि पनि मन्त्री रानाले यहाँ पुल निर्माणका लागि पहल थालेका हुन् । नगर भित्रका वडाबस्तीमै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता दुखद् रहेको भन्दै मन्त्री रानाले भौतिक पूर्वाधार विकास मन्त्रलायसँग समन्वय गरेर पुल निर्माणको प्रक्रिया अगाडि बढाएको बताए । उनले प्रारम्भीक अध्ययनपछि पुल निर्माणको काम सुरु हुने बताए ।
पक्की पुल नहुँदा बर्खाको समयमा जोखिम मोलेर यहाँका स्थानीय वारपार गर्नुपर्ने बाध्यता रहेको छ । विशेष गरी आमडाँडा, तेल्घा, बोखर, गुफाँचौर, गणशाल, सुरुङतुङका स्थानीयले सास्ती भोग्नुपरेको छ । पुलको प्रारम्भीक सम्भाब्यता अध्ययन गर्न मन्त्री राना र लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत रहेको पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख इन्जिनियर सहितको टोलिले पुल बन्ने स्थानको स्थलगत अवलोकन गरेको हो । जोखिम मोलेर यात्रा गर्नु पर्ने यहाँका स्थानीयलाई पुल बन्ने भएपछि खुशीयाली छाएको छ । वर्षेनी बर्खायाममा तेल्घा, आमडाँडा भएर सुरुङतुङ हुँदै गणशाल, प्रभास हुँदै तानसेनको यात्रामा निस्कने यात्रु ज्यान नै जोखिममा पारेर आवत–जावत गर्नुपर्ने बाध्यता रहेको स्थानीय मिना खाम्चा थापाले दुखेसो पोखिन् ।
‘हामी यस भेगका स्थानीय बर्खायाममा ज्यानै धरापममा पारेर खोला तर्नुपर्ने बाध्यता थियो । अब पुल बन्ने भयो भन्दा खोलाले बगाएर ज्यान भने अब नजाने भयो भन्नेमा ढुक्क भयौं’ उनले भनिन् । यो खोला भएर दैनिक सयौंको संख्यामा सवारी र यात्रु आवतजावत गर्ने गरेको स्थानीय जितबहादुर बस्यालले बताए । उनले भने ‘यस अघि सामान्य कचवे बनाएर बर्खायाममा यात्रा गर्दै आएका थियौं अहिले सो कचवे पनि बगायो ।’ अब पुल बन्ने कुराले आफुहरु सुखी रहेको बस्यालले बताए । सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख ईन्जिनियर अरुण गुप्ताले पुल निमार्णका लागि प्रारम्भीक सम्भाव्यताको अध्ययन गरेको बताए । पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी पुल निर्माणको काम छिट्टै अघि बढाउने उनले बताए ।
थप समाचार
Follow Us
View our latest news on any of these social networks!