Shittalpati
पाल्पा प्यारागनमा युजुरेस पुनर्गठन

पाल्पा, पाल्पा प्यारागन इंग्लिस बोर्डिङ्ग स्कूलमा युवा जुनियर रेडक्रस सर्कल (युजुरेस) पुनर्गठन भएको छ । विश्व रेडक्रस दिवसको अवसरमा युजुरेस पुनर्गठन गरिएको हो ।

पुनर्गठित समितिको अध्यक्षमा दिलबहादुर दर्लामी, उपाध्यक्षमा निशा घिमिरे, सचिवमा केकी बस्याल, सह–सचिवमा सपना वि.क.,कोषाध्यक्षमा अंकिता गाहा र सह–कोषाध्यक्षमा निशान्त घिमिरे चयन भएका छन् । यस्तै सदस्यहरूमा सुजल नेपाली, आरजु गाहा, विराज नेपाली, सरोज आले, रोशा थापा रहेका छन् । सर्कलको संरक्षकमा प्रिन्सिपल गंगाबहादुर खत्री, शिक्षक नायकमा शिवा थापा रहेको बताइएको छ । सोही अवसरमा रेडक्रस शिक्षा समेत दिइएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी श्रीनगर उपशाखाका सभापति पुष्कर राज रेग्मीले रेडक्रसको परिचय, रेडक्रस अभियान,सात सिद्धान्त, उपशाखा गतिविधि, प्राथमिक उपचार सिमुलेसन, युजुरेस परिचालन, कार्ययोजना तय लगायतका विषयमा जानकारी गराएका थिए । उनले रेडक्रसको मर्म र सिद्धान्तलाई आत्मसाथ गर्न युवाहरुलाई आग्रह समेत गरे । सभापति रेग्मीले पुनर्गठित पदाधिकारीहरुलाई शपथ गराएका थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update