Shittalpati
पाल्पामा यसरी मनाइयो भूकम्प सुरक्षा दिवस

कृष्ण पोखरेल

पाल्पा, पाल्पा तानसेनको टुँडिखेलमा कोही रोईरहेका थिए । कोही चिच्चाउदै थिए । कोही मेरो घर भत्कियो भन्दै भक्कानिएका थिए । कोही मेरो मान्छेलाई घरले च्याप्यो भन्दै थिए । नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा जिल्ला विपद् व्यबस्थापन समितिका व्यक्तिहरु छिटो–छिटो घटनास्थल पुगी घर भत्किएर पुरिएका व्यक्तिको उद्दारमा जुटे । घटनामा परी घाईते भएका व्यक्तिहरुलाई नेपाल रेडक्रस सोसाईटी पाल्पाले एम्वुलेन्समा राखी तत्काल अस्पताल पु¥यायो । घाईतेहरुको अकालमा ज्यान जानबाट जोगियो । विपद् व्यस्थापनको विषयमा नेपाली सेना गोरखदल गण, नेपाल प्रहरी तथा शसस्त्र प्रहरीले पूर्व तयारी गरेको, आवश्यक सरसमानहरु तयारी अवस्थामा राखेका कारण भूकम्पमा परी घाईते भएका व्यक्तिहरुको समयमै उद्दार भई ज्यान बचेको हो । यो शुक्रबारको घटना हो । घटना वास्तविक नभई भूकम्पीय सुरक्षाको निम्ती अपनाइएको पूर्व तयारीको प्रदर्शनी हो । यो २३औँ भूकम्प सुरक्षा दिवसको अवसरमा जिल्लाका सुरक्षा निकायहरुले तानसेनको टुँडिखेलमा विपद् व्यवस्थापनाका लागि गरेको पूर्व तयारीको प्रदर्शन थियो ।

नेपालमा विस १९९० सालमा गएको भूकम्प र २०७२ साल बैशाख १२ गते गएको भूकम्पका कारण ठूलो धन जनको क्षती भएकाले पूर्व तयारी तथा सुरक्षाको विषयमा प्रत्येक बर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवस मनाउदै आइएको हो । राष्ट्रिय भूकम्प दिवसको अवसरमा तानसेनको टँुडिखेलमा जिल्ला विपद् व्यबस्थापन समितिको आयोजनामा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाईटी पाल्पाले विभिन्न प्रकारका विपद् तथा भूकम्पको बारेमा सर्वसाधारणहरुलाई जानकारी तथा सचेतना जगाउन पूर्व अभ्यास कार्यक्रम गरेका हुन् । प्रदर्शनमा घरमा एक्कासी आगलागी भएपछि दमकल तथा अग्नी नियन्त्रकको सहयोगमा आगलागी नियन्त्रण गरिएको थियो । दैवी प्रकोप तथा भूकम्प विपद्पछी निम्तने अवस्थालाई पनि सुरक्षाकर्मी तथा स्थानीय सरकारले पूर्व तयारी अवस्थामा आफुलाई राखे ठूलो दुर्घटनाबाट बच्न र बचाउन सकिने गरी प्रर्दशनले टँुडिखेलमा जम्मा भएका सर्वसाधारणको ध्यान खिचेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए ।

जिल्ला भित्र घट्ने विपद्का घटनाहरुमा कम भन्दा कम क्षति होस भनेर नेपाली सेनाले विभिन्न समयमा सर्वसाधरण बिच पूर्व सचेतना कार्यक्रमहरु समय–समयमा गर्दै आएको र विपद्का घटनामा तत्कालै परिचालन भई उद्दार तथा राहतको काममा खटिदै आएको नेपाली सेना गोरखदल गणका प्रमुख सेनानी जनक कुमार बस्नेतले बताए । टुँडिखेलमा गरिएको कार्यक्रम पनि सर्वसाधारण जनतालाई लक्षित गरी भएको प्रमुख सेनानी बस्नेतले बताए । कुनै पनि विपद् थाहा दिएर नआउने भएकाले सबै नागरीक सुरक्षाकर्मी, स्थानीय सरकारहरु विपद् आउनु भन्दा अघि र पछीको अवस्थामा सचेत भई तयारी भएमा जनधनको क्षती कम गर्न सकिने भएकाले सचेतनाका लागि यो कार्यक्रम महत्वपूर्ण रहेको नेपाल रेडक्रस पाल्पाका कार्यक्रम अधिकृत विनोद भारतीले बताए ।आफुजस्ता सर्वसाधारणहरुलाई सचेतनाका लागि गरिएको यो कार्यक्रम अत्यन्त सकरात्मक रहेको तानसेन कैलाशनगरका संजित थापाले बताए ।

 

प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update