Shittalpati
रिब्दीकोटका विद्यालयमा क्वारेन्टाइन खाली भएपछि सरसफाई गरिदै

पाल्पा,जिल्लाको रिब्दीकोट गाउँपालिकाले क्वारेन्टाइनका लागि प्रयोग गरिएका विद्यालयहरु निर्मलिकरण (सरसफाई) गर्न थालेको छ । कोरोना महमारीका कारण बाहिरबाट आएका नागरिकहरुलाई सुरक्षित रुपमा राख्नका लागि क्वारेन्टाइनको रुपमा प्रयोग भएका सबै विद्यालय खाली भएपछि अहिले सरसफाइ गर्न थालिएको हो ।

अहिलेसम्म १९ वटा विद्यालयमा निर्मलिकरण गर्ने कार्य सकिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख मणि खनालले बताए । उनका अनुसार गाउँपालिकामा असारको अन्तिम सातासम्म विद्यालयमा व्यवस्था गरिएका क्वारेन्टाइन भरिभराउ थिए । यहाँका ३२ वटा सामुदायिक विद्यालय क्वारेन्टाइनका रुपमा प्रयोग गरिएको थियो । मापदण्ड पुगेका सबैलाई घर पठाएपछि विद्यालय खाली भएका हुन् । अब आउनेलाई विद्यालयमा नराखिने शिक्षा शाखा प्रमुख खनालले बताए ।

 

 

प्रकाशित मिति: आइतबार, साउन १८, २०७७  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update