Shittalpati
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

पाल्पा, आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो । श्रमिकको हक अधिकारको सुनिश्चितताका लागि दवाब दिने उद्देश्यले हरेक वर्ष श्रमिक दिवस मनाइँदै आइएको हो । 

नेपालमा वि.सं २००७ सालदेखि श्रमिक दिवस मनाउन थालिएको हो । विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै श्रमिक दिवस मनाउन थालिएको हो । तर २०४६ को राजनीतिक परिवर्तनपछि मात्रै मे १ तारिखमा सार्वजनिक बिदा दिन थालिएको हो । श्रमिक अधिकारको व्यवस्था संविधानमासमेत समावेश छ । उक्त व्यवस्था कार्यान्वयन गर्न दवाव दिन मे दिवस मनाउन थालिएको हो । सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम भन्ने नारासहित मजदुर आन्दोलन भएको थियो । उक्त दिनको सम्झनामा नेपालसहित विश्वभर श्रमिक दिवस मनाइन्छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताको बैठकले मे १ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने घोषणा गरेसँगै सन् १९९० देखि विश्वभर यो दिवस मनाउने गरिएको हो ।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update