बाँदर आतंकले जोगिएन खेती
बुधबार, भदौ २, २०७८

किसानलाई प्रेरित गर्न ड्रागन खेती
शुक्रबार, साउन २९, २०७८
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ड्रागन फ्रुट खेतीका लागि किसानलाई प्रेरित गरेको छ । गाउँपालिका–४ को पुछार भन्ने ठाउँमा स्थानीयवासीको २४ रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर सो फ्रुट लगाइएको अध्यक्ष खिमबहादुर थापाले बताए ।

उत्पादन वृद्धि गर्न माथागढीका कृषकलाई कृषि औजार
बिहीबार, साउन २८, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउनका लागि कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो ।

भैँसीपालनमा भविष्य खोज्दै रामपुरका युवा
सोमबार, साउन २५, २०७८
‘विदेश गए धेरै दिन बसिन, किन बेच्नी रगत र पसिना, चिन्ता छैन केही, मलाई कतार पनि यहीँ, दुबई पनि यहीँ, मलाई मलेसिया यहीँ ।’ गायक पशुपति शर्माले गाएको यो गीत रामपुरका युवा बलबहादुर रानाको जीवनसँग मेल खाएको छ । दाम र कामको खोजीमा उनले चार वर्ष दुबईमा बिताए ।

मुसिकोटमा बीउ स्रोत केन्द्रको स्थापना
सोमबार, साउन १८, २०७८
गुल्मीको मुसिकोट नगरपालिकामा बीउ स्रोत केन्द्रको स्थापना भएको छ । मुसिकोट नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ र साना किसान कृषि सहकारीको त्रिपक्षीय साझेदारीमा बीउ स्रोत केन्द्रको स्थापना भएको हो ।

मुसिकोटका युवा उद्यमीलाई सहुलियतपूर्ण कर्जा
सोमबार, साउन १८, २०७८
जिल्लाको मुसिकोट नगरपालिकाले युवा उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ । नगर सरकारले व्यवसायिक रुपमा लागेका युवाहरुलाई थप प्रोत्साहन गर्न सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको हो ।

अनुदानमा परनिर्भरता रोक्न उद्यमीबीच प्रतिष्पर्धा
शुक्रबार, साउन १५, २०७८
गुल्मीको मुसिकोट नगरपालिका –१ की दुर्गा थापालाई जिविकोपार्जनका लागि श्रीमानलाई विदेश नै पठाउनुपर्छ भन्ने कहिले लागेन । बरु श्रीमानले विदेश जाने मनशाय बनाउँदा पनि उनले कयौँपल्ट रोकिन् ।

पाल्पामा बेमौसमी आलु खेतीको सुरुवात
शुक्रबार, साउन ८, २०७८
पाल्पामा बेमौसमी आलुखेती सशुरुआत गरिएको छ । कृषि ज्ञान केन्द्रको आलु मिसन कार्यक्रमअन्तर्गत जिल्लाका उपयुक्त स्थानमा आलु लगाउन थालिएको हो ।

उत्पादन वृद्धि गर्न बगनासकालीका कृषकलाई कृषि औजार
शनिबार, असार २६, २०७८
जिल्लाको बगनासकाली गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउनका लागि कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो ।

झडेवा खुर्सानी पकेट क्षेत्र बन्दै
बिहीबार, असार २४, २०७८
जिल्लाको माथागढी गाउँपालिका ४ झडेवा अहिले खुर्सानीको पकेट क्षेत्र बन्दै गएको छ । खेर गइरहेको जग्गालाई सदुपयोग गर्दै गाउँपालिका र वडा कार्यालयको सहयोगमा स्थानीय कृषक समूह मार्फत खुर्सानीको पकेट क्षेत्रको रुपमा झडेवा अगाडि बढेको हो ।

गुल्मीदरबारमा उत्कृष्ट कृषकलाई सम्मानसँगै कृषि सामग्री
शुक्रबार, असार १८, २०७८
जिल्लाको गुल्मीदरवार गाउँपालिका १ र २ का उत्कृष्ट कृषकलाई सम्मानसँगै कृषि सामग्री वितरण गरिएको छ । शिवशंकर स्मार्ट कृषि गाउँ खाद्यन्नबाली कार्यक्रम उपभोक्ता समूहले यहाँका उत्कृष्ट कृषकहरुका लागि एक औपचारिक कार्यक्रमका बिच कृषि सामग्री वितरणसँगै सम्मान गरेको हो ।

तानसेन नगर सरकारले दियो किसानलाई कृषि सामग्री
शुक्रबार, असार १८, २०७८
जिल्लाको तानसेन नगर सरकारले ग्रामीण क्षेत्रका किसानलाई अनुदानमा कृषि सामग्री दिएको छ । नगर सरकारले कृषिलाई यान्त्रिकरण गर्दै व्यवसायिक कृषिमार्फत नगरलाई आर्थिक समृद्धि बनाउनका लागि किसानलाई अनुदानमा आवश्यक कृषि सामग्री दिएको हो ।

बगनासकालीका युवा विदेशको जागिर छोडेर मौरीपालनमा
बिहीबार, असार १७, २०७८
धेरै पैसा कमाउन विदेश नै जानु पर्छ भन्ने सोच अहिले नेपाली जनमानसमा रहेको छ । तर पाल्पाका केही युवाहरु भने त्यो सोंच भन्दा माथि उठेर गाउँमै मौरीपालन व्यवसायमा लागेका छन् । उनीहरु परम्परागत रुपमा गरिने कृषि व्यवसायलाई परिमार्जन गर्दै व्यावसायिक मौरी पालनमा लागेका हुन् ।