आलु खन्दै महिला
आइतबार, फागुन ९, २०७७

स्याङ्जामा प्रथम आलु महोत्सव फागुन ७ देखि हुने
मंगलबार, फागुन ४, २०७७
स्याङ्जाको भीरकोट– ५ पकानमा प्रथम आलु महोत्सव हुने भएको छ । आलु खेतीका लागि उर्वरभूमिका रुपमा चिनिएका सो स्थानमा यही फागुन ७ र ८ गते महोत्सव हुने जनाइएको छ । क्षेत्रीय कृषि निर्देशनालय पोखरा, कृषि ज्ञान केन्द्र स्याङ्जा, भीरकोट नगरपालिका र स्थानीय महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा महोत्सव...

पाल्पामा दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँले बढ्यो
शनिबार, फागुन १, २०७७
जिल्लामा दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँले वृद्धि भएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघ पाल्पा र नेपाल डेरी एसोसिएसन पाल्पाको गत माघ २७ गते बसेको बैंठकले फागुन १ गतेदेखि लागुहुने गरी दुधको मूल्य बढाएको हो ।

झडेवाका कृषकलाई कृषि सामग्री र बिउ
बिहीबार, माघ २२, २०७७
गरिबसँग विश्वेश्वर कार्यक्रम माथागढी ४, झडेवाको सहयोग र माथागढी गाँउपालिकाको आयोजनामा कृषकहरुलाई उक्त विउ विजन र सामग्री वितरण गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

कोरोनाले सिकाएको पाठ, विदेशबाट फर्किएका युवा कृषिमा
शनिबार, माघ १०, २०७७
विश्वभर फैलिएको कोभिड–१९ का कारण धेरैको रोजगारी गुमेको छ । परिवारको सपना पुरा गर्न विदेशी भूमिमा गएका धेरै युवाहरु जागिर नै गुमेपछि अहिले स्वदेश फर्किएका छन् । कति युवाहरुले जागिर गुमाई बेरोजगार भएकोमा पछुताएका छन् भने कति युवाहरुले कोरोना महामारीलाई अवसरका रुपमा लिएर स्वरोजगारतर्फ उन्मुख भएका छन् । पाल्पामा सयौंको...

तिलोत्तमाका दुग्ध उत्पादक किसानलाई अनुदान
बिहीबार, माघ ८, २०७७
तिलोत्तमा नगरपालिकाले दूग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गरेको छ । नगरपालिकाले सहकारीमार्फत दूग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैयाँका दरले अनुदान उपलब्ध गराएको हो ।

दुग्ध उत्पादनका आधारमा अनुदानः किसान उत्साहित
बिहीबार, माघ ८, २०७७
दूध उत्पादनमा आत्मानिर्भर बागलुङका किसानले सहकारी र समूहमा आवद्ध भएर दूधको उत्पादन तथा बजारीकरण गरिरहेका छन् । दूधको उत्पादन बढाउने र किसानलाई थप व्यावसायिक र अत्मानिर्भर बनाउन भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र बागलुङले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गर्न थालेको छ ।

आलुको पकेट क्षेत्र बन्दै माथागढीको चिर्तुङ्गधारा
आइतबार, पुस २६, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले वडा ७ रहवासको चिर्तुङ्गधारालाई आलुको पकेट क्षेत्रको रुपमा विस्तार गर्न लागेको छ । आलुका लागि उपयुक्त क्षेत्र चिर्तुङ्गधारा रहेकाले आलुको पकेट क्षेत्र नै बनाउने गरी गाउँपालिकाले काम अगाडि बढाएको हो । अहिले यस क्षेत्रको २५ रोपनी क्षेत्रफलमा आलु लगाई सकिएको छ ।

गुल्मीमा धान उत्पादन उत्साहजनक, दश प्रतिशतले भयो वृद्धि
बिहीबार, पुस १६, २०७७
गुल्मीमा यस वर्ष धान उत्पादन उत्साहजन देखिएको छ । समयमा धान रोपाइँ, अनुकूल मौसम, पर्याप्त सिँचाइ, रासायनिक मलको व्यवस्था, पर्याप्त जनशक्तिका कारण धान उत्पादनमा वृद्धि भएसँगै किसानहरु उत्साहित भएका छन् । कृषि ज्ञानकेन्द्र गुल्मीका अनुसार गत वर्षको तुलनामा यस वर्ष १० दशमलव १८ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको हो ।

करोड लागतमा कृषि फार्म
सोमबार, पुस १३, २०७७
गलकोट नगरपालिका–५ हरिचौरका टोपबहादुर खत्रीलाई केही वर्षअघिसम्म आर्थिक उपार्जनका लागि कुन पेशा अपनाउने भन्नेमा द्विविधा थियो । कमाउन विदेश जाने चक्करले पनि उनलाई नअल्मलाएको होइन । अन्ततः सोचीसम्झी खत्री नयाँ निर्णयमा पुगे–उत्पादनमा लाग्ने, आत्मनिर्भर बन्ने । उनको त्यो लक्ष्य ‘दरमखोला एग्रीकल्चर एण्ड लाइभस्टक फार्म’मार्फत अब पूरा हुँदैछ ।

गुल्मीदरवार गाउँपालिकाले बाँझो जमिनको लगत संकलन गर्दै
बिहीबार, पुस ९, २०७७
जिल्लाको गुल्मीदरबार गाउँपालिकाले हरेक वडामा बाँझो जमिनको लगत लिइरहेको छ । गाउँपालिका भित्र बाँझो जमिन नराख्ने योजना सहित गाउँपालिकाले लगत संकलन कार्य अगाडि बढाएको हो ।

तरकारी खेतीमा महिलाको सक्रियता
शनिबार, मंसिर २७, २०७७
व्यावसायिक तरकारी खेतीमा पुरुषले जस्तै महिला समेत मनग्य आम्दानी गर्न सक्दछन् भन्ने कुरा बागलुङका दुई महिलाले उदाहरण पेश गरेका छन् । उनीहरुले पनि पुरुष समान व्यावसायिकरुपमा नै तरकारी खेती गरेर मासिक एक लाख बढी आम्दानी गर्न सफल भएका छन् ।

बिउमा समान मूल्य कायम गर्न मकैको मूल्य निर्धारण
शुक्रबार, मंसिर २६, २०७७
कृषकहरुद्वारा उत्पादित कृषिजन्य उत्पादनहरुले उचित मूल्य नपाएको गुनासो आइरहेका बेला गुल्मीमा मकै बिउको मूल्य निर्धारण भएको छ । जिल्लाभर मकै बिउको समान मूल्य कायम गर्न तथा बिउको बजारीकरणमा सहजता ल्याउनका लागि जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकले मकै बिउको जिल्ला दररेट कायम गरेको छ ।