Shittalpati
किसानलाई आर्थिक रुपमा सबल बनाउन कृषि : अध्यक्ष थापा

पाल्पा, जिल्ल्लाको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापा मगरले गाउँपालिका भित्रका किसानहरुलाई आर्थिक रुपमा सक्षम र सबल बनाउन कृषिलाई प्राथमिकता दिइएको बताएका छन् । पछौटेपन उन्मुलन समाजको आयोजना, माथागढी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको सहयोगमा सञ्चालित माथागढी कृषि तथा पशु उद्यमशिलता विकास परियोजना ब्यवस्थापन तथा अनुगमन समितिको बैंठकलाई झडेवामा सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

उनले कृषिमा थुप्रै चुनौतीहरु रहे पनि काम गर्न र जीवन परिवर्तन गर्न सजिलै सकिने भएकाले हेफर प्रोजेक्ट नेपालसँगको सहकार्यमा किसानलाई आर्थिक रुपमा सबल बनाउने कार्यमा गाउँपालिकाले कृषि र पशुका कार्यक्रमलाई अगाडि बढाएको बताए । गाउँपालिकाबाट कृषि र पशुको क्षेत्रमा उचित बजेट विनियोजन गरी कृषि र पशुका दीर्घकालीन योजना बनाई काम थालिएको अध्यक्ष थापाको भनाई छ । उनले भने ‘सामान्य किसानको जीवनमा आमूल परिवर्तन ल्याउने गरी हामीले काम गरेका छौं, आगामी दुई वर्षमा यहाँका किसानहरुको आर्थिक वृद्धि हुन्छ ।’

बैंठकमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले विपन्न वर्गका नागरिकहरुको आर्थिक अवस्थालाई कसरी बलियो बनाउन सकिन्छ भन्ने कुरालाई प्राथमिकतामा राखेर सक्षम, सबल बनाउनका लागि प्रशासकीय हिसाबले आफुले सहज रुपमा काम गर्दै बताए । कार्यक्रममा वडा अध्यक्ष तथा सदस्यहरुले वास्तविक किसानहरु पहिचान गरी उनीहरुलाई उपहार दिन सकियो भने राम्रो प्रतिफल आउने र उनीहरुलाई तालिमको अति आवश्यक रहेको औल्याएका थिए । बैंठकमा गाउँपालिकाका सबै वडा अध्यक्ष तथा सदस्य, लेखा अधिकृत, कृषि अधिकृत, बेस नेपालका निर्देशक शालिग्राम पाण्डे, हेफर प्रोजेक्ट नेपाल कार्यक्रम अधिकृत मदन पौडेल लगायतको उपस्थिति रहेको थियो । गाउँपलिकाका अध्यक्ष सन्तोष कुमार थापाको अध्यक्षतामा बसेको बंैठकले कृषि उत्पादित वस्तु बजारीकरण गर्ने उद्देश्यले माथागढी गाउँपालिकामा सहकारी निर्माण गर्ने, बाख्रापालनमा सहजताका लागि वडामा खोर निर्माण गर्ने, कृषि तथा पशुपालनतर्फ उत्प्रेरणा जगाउनका लागि कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update