Shittalpati
रैनादेवी छहरा सरकारले दियो कृषकलाई कुटानी पिसानी मिल


पाल्पा,जिल्लाको रैनादेवी छहरा गाउँ सरकारले कृषकहरुलाई कुटानी पिसानी मिल प्रदान गरेको छ । ढिकी जाँतोमा अन्न पिस्दै आएका यहाँका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कुटानी पिसानीका मिल प्रदान गरेको हो ।

घरासयी काममा बोझ खेपिरहेका यहाँका नागरिकहरुको कामको बोझ घटाउने र समय सदुपयोगका लागि अन्न कुटानी पिसानी मिल प्रदान गरिएको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए । गाउँपालिकाले पालिकाका सबै वडाका २१ जना कृषकहरुलाई कुटानी पिसानी मिल वितरण गरेको हो । गाउँपालिकाले आर्थिक बर्ष २०७७/०७८ को बार्षिक कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा कृषकलाई कुटानी पिसानी मिल दिइएको छ । कृषकहरुको मागका आधारमा मिल दिइएको अध्यक्ष कार्कीले बताए । अध्यक्ष कार्कीले कृषकहरुलाई एक कार्यक्रमका बीच मिल हस्तान्तरण गरेका हुन् । मिल हस्तान्तरण गर्दै उनले प्रत्येक वडामा एउटा मिल भए पछि कुटानी पिसानीमा सहज हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष कार्कीले गाउँपालिकाले आमनागरिकहरूलाई स्वरोजगार बनाउन विभिन्न कार्यक्रमहरु समेत ल्याएको बताए । उनले यहाँका नागरिकहरुलाई कृषिममार्फत उद्यमशिता बनाउनका लागि विभिन्न अनुदानमा कृषि यन्त्र तथा उपकरणहरु दिर्दै आएको जानकारी दिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चेत कुमारी थापाले पालिकाले नागरिकहरूका माग अनुसार कुटानी पिसानी मिल वितरण गरेको बताईन् । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलामणि बस्याल ,इन्जिनियर किशोर खनाल र कृषि तथा पसु शाखा प्रमुख पारस मणि पाण्डे लगाएतले प्रत्येक टोल–टोलमा पिसानी भए पछि कुटानी पिसानीमा सहज हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update