Shittalpati
देखिनेगरी कृषिमा काम हुन्छ : मन्त्री भुसाल

लुम्बिनी,कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले निर्वाहमूखी कृषिलाई नाफामूखी बनाउनुपर्नेमा जोड दिएका छन् । लुम्बिनी प्रेस क्लबको भवनको भैरहवामा शिलान्यास गर्दै उनले कृषि श्रमलाई उद्योगसँग जोड्नुपर्ने बताएका हुन् ।

मन्त्री भुसालले विकासको क्षेत्रमा पार्टीकरण नगरी सबैको अपनत्व हुनेगरी वर्तमान सरकारले काम अगाडि बढाइरहेको र केही दिनमै मन्त्रालयको योजना सहित सार्वजनिक हुने बताए । उनले भने, ‘मैले अध्ययन गरिरहेको छु, म मन्त्री भएपछि शुरुमा आत्तिएँ । अब करीब ६० वर्षको कृषिले नगरेको काम के हो भनी मैले बुझेँ । केही दिनमा देखिनेगरी कामको शुरुआत हुन्छ ।’ –रासस

प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update