Shittalpati
भुवनपोखरी स्वास्थ्य चौकीमा बर्थिङ्ग र प्रयोगशाला सेवा
भुवनपोखरी स्वास्थ्य चौकीमा बर्थिङ्ग र प्रयोगशाला सेवा जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३ भुवनपोखरी स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर तथा ल्याव प्रयोगशाला सेवा शुभारम्भ भएको छ । बर्थिङ्ग सेन्टर तथा ल्याव प्रयोगशाला सेवाको गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराईले शुभारम्भ गरेका छन् ।
यौनिक अल्पसंख्यक र अपाङ्गताबारे बुझ्दै परिवार नियोजन संघ
यौनिक अल्पसंख्यक र अपाङ्गताबारे बुझ्दै परिवार नियोजन संघ जिल्लामा रहेर परिवार नियोजन संघको क्षेत्रमा उल्लेखिय रुपमा काम गर्दै आएको नेपाल परिवार नियोजन संघ पाल्पाले यौनिक अल्पसंख्यक, अपा·ता र अन्य समुदायका नागरिकहरुको विषयमा बुझ्ने काम गरेको छ । संघले यौनिक अल्पसंख्यक, अपाङ्गता, दृष्टिविहीन, एचआइभी संक्रमितहरुले भोग्नु परेको समस्या, गुनास र अपेक्षाका विषयमा बुझ्ने प्रयास गरेको हो ।
प्रभावकारी बन्दै ग्रामीण क्षेत्रका स्वास्थ्य चौकी
प्रभावकारी बन्दै ग्रामीण क्षेत्रका स्वास्थ्य चौकी पछिल्लो समय तानसेन नगरपालिका भित्र रहेका ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरुको सेवा निकै प्रभावकारी बन्दै गइरहेको छ । बर्थिङ र ल्याव सेवा सञ्चालनमा आए पछि यहाँका स्वास्थ्य चौकीहरुको सेवा प्रभावकारी बन्दै गएको हो ।
स्वास्थ्य स्वयं सेविकाहरुलाई आधारभूत तालिम
स्वास्थ्य स्वयं सेविकाहरुलाई आधारभूत तालिम जिल्लाको माथागढी गाउँपालिकाले स्वास्थ्य स्वयं सेविकाहरुका लागि आधारभूत तालिम दिएको छ । पालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुको लागि १० दिने आधारभूत तालिम दिएको हो । 
माथागढी बन्यो ‘पूर्ण खोप सुनिश्चितता गाउँपालिका’
माथागढी बन्यो ‘पूर्ण खोप सुनिश्चितता गाउँपालिका’ जिल्लाको माथागढीलाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरेपछि घोषणा गरिएको हो । पूर्ण खोप घोषणाका लागि १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप अनिवार्य दिनुपर्छ ।
विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै आज विश्व रक्तदाता दिवस नेपालमा पनि रक्तदान लगायतका विभिन्न कार्यक्रम गरी मनाइँदैछ । रक्तदान अभियानमा साथ रहौँ, जीवन बचाऔँ भन्ने नाराका साथ यो वर्ष विश्व रक्तदाता दिवस मनाउन लागिएको हो ।
मंगलबार थपिए २८ जना कोरोना संक्रमित
मंगलबार थपिए २८ जना कोरोना संक्रमित देशभर पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २८ जना कोरोना संक्रमित थपिएका हुन् ।
सोमबार थपिए २१ कोरोना संक्रिमत
सोमबार थपिए २१ कोरोना संक्रिमत देशभर पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
रेडक्रसको स्वर्ण महोत्सव : सुत्केरीलाई यातायात खर्च
रेडक्रसको स्वर्ण महोत्सव : सुत्केरीलाई यातायात खर्च रामपुर नगरपालिका–७ बत्तरकोतकी अर्चना गौतमले सुत्केरी यातायात खर्चबापत तीन हजार ३ सय ७५ रकम बुझिन् । उनलाई नेपाल रेडक्रस शोसाइटी रामपुर उपशाखामार्फत सो रकम प्राप्त भएको हो । रामपुरदेखि जिल्ला सदरमुकाम तानसेनको लुम्बिनी मेडिकल कलेज प्रभाससम्मको यातायात खर्च रेडक्रस मार्फत पाउँदा उनी खुसी छन् ।
दश नयाँ कोरोना संक्रमित थपिए
दश नयाँ कोरोना संक्रमित थपिए पछिल्लो समय नेपालमा छिट्टाफट्टा रुपमा कोरोना संक्रमित देखिने गरेका छन् । सोमबार पनि १० जना नयाँ कोरोना संक्रमित देखिएका छन् । देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्थानीय तहको पहिलो निर्णय, स्वास्थ्य बीमामा छुटदेखि निःशुल्क बिजुलीसम्म
स्थानीय तहको पहिलो निर्णय, स्वास्थ्य बीमामा छुटदेखि निःशुल्क बिजुलीसम्म गुल्मीका १२ पालिकामध्ये १० पालिकाका जनप्रनिधिले पदभार ग्रहण गरेका छन् । शुक्रबार पदभार ग्रहण गरेका पालिकाका जनप्रतिनिधिले स्वास्थ्य बीमामा ५० प्रतिशतसम्म छुट दिने, निःशुल्क विद्युत् उपलब्ध गराउने, एम्बुलेन्स खरिद गर्ने लगायतका निर्णय गरेका छन् । रुरुक्षेत्र गाउँपालिकाले पालिकाभित्रका घरधुरीका लागि न्यूनतम विद्युत् महसुल निःशुल्क गर्ने निर्णय गरेको छ ।
माथागढीमा स्वास्थ्य संस्थामा गई गर्भ परीक्षण र सुत्केरी हुने महिलाको संख्यामा वृद्धि
माथागढीमा स्वास्थ्य संस्थामा गई गर्भ परीक्षण र सुत्केरी हुने महिलाको संख्यामा वृद्धि जिल्लाको माथागढी गाउँपालिकामा स्वास्थ्य संस्थामा गई गर्भ परीक्षण र सुत्केरी हुने महिलाको संख्यामा वृद्धि भएको छ । पालिकाले उपाध्यक्ष आमा सुरक्षा कार्यक्रम अन्तर्गत गर्भवती महिलालाई अण्डा, घरमा हरियो झण्डा कार्यक्रममार्फत प्रोत्साहन गर्न थालेपछि गर्भवती महिलाहरु स्वास्थ्य संस्था जान थालेका हुन् ।
Weather Update