Shittalpati
तानसेन सरकारद्वारा ‘इ चौतारी’ सञ्चालनमा
तानसेन सरकारद्वारा ‘इ चौतारी’ सञ्चालनमा तानसेन नगरपालिकाले डिजिटल कृषि परामर्श सेवा केन्द्र ‘इ चौतारी’ सञ्चालनमा ल्याएको छ । ग्रामीण आर्थिक विकास संघ र जीइ किसानको सहयोगमा किसानलाई पशु तथा कृषि क्षेत्रमा उत्पादन, बजारीकरण, बीउबिजनसम्बन्धी चौतारीबाट सेवा पाउने व्यवस्था गरिएको छ ।
‘एमालेलाई जिल्लाकै पहिलो पार्टीमै कायम राख्ने’
‘एमालेलाई जिल्लाकै पहिलो पार्टीमै कायम राख्ने’ नेकपा एमाले पाल्पाका नव निर्वाचित अध्यक्ष धनेन्द्रराज घिमिरेले एमालेलाई जिल्लाकै पहिलो पार्टीमै कायम राख्ने बताएका छन् । नवौ जिल्ला अधिवेशनमा निर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा पदभार ग्रहण कार्यक्रममा बोल्दै उनले अहिलेसम्म जिल्लामै पहिलो पार्टीका रुपमा रहेको एमालेलाई पहिलो पार्टीको रुपमै कायमै राख्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
भोलिदेखि देशभरका विद्यालय बन्द हुने
भोलिदेखि देशभरका विद्यालय बन्द हुने कोरोना संक्रमण बढ्दै गएपछि भोलिदेखि देशभरका विद्यालयहरु बन्द हुने भएका छन् । विद्यालय बन्दको निर्णय गरेको सरकारले पुस २७ गतेदेखि नै विद्यालयहरु बन्द हुने भएका हुन् ।
माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी गर्ने बताए ।
खानेतेलमा टोटल पोलार मटेरियलको मात्रा बढी
खानेतेलमा टोटल पोलार मटेरियलको मात्रा बढी पाल्पाका होटेल तथा रेष्टुरेण्टमा प्रयोग गरिएको तेलमा टोटल पोलार मटेरियलको मात्रा अधिक रहेको भेटिएको छ । खाना पकाउन तथा तार्नका लागि टोटल पोलार मटेरियल २५ प्रतिशतभन्दा माथि हुनुहुँदैन । स्थानीय होटेल रेष्टुरेण्टहरूमा टोटल पोलार मटेरियल २५ प्रतिशतभन्दा माथि भएमा खानाका लागि अनुचित हुन्छ ।
गुल्मी जिल्ला प्रशासन कार्यालयमा स्वास्थ्य सहायता कक्ष
गुल्मी जिल्ला प्रशासन कार्यालयमा स्वास्थ्य सहायता कक्ष जिल्ला प्रशासन कार्यालय गुल्मीमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । कोभिड–१९ संक्रमण रोकथामका लागि आइतवार प्रशासन कार्यालयको हाताभित्र स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको हो । सहायता कक्षको जिल्ला प्रशासन कार्यालय गुल्मीको पहिलो सेवाग्रही सत्यवति गाउँपालिकाकी ६४ वर्षकी नरमती परियारको स्वास्थ्य जाँच गरेर शुभारम्भ गरिएको हो ।
‘महिला सहकारीले उत्पादनमुखी कृषिमा जोड दिनुपर्छ’
‘महिला सहकारीले उत्पादनमुखी कृषिमा जोड दिनुपर्छ’ गुल्मी मुसिकोट नगरपालिका ७ मा रहेको लक्ष्मीनारायण महिला कृषि सहकारी संस्था लिमिटेडको नवौँ वार्षिक साधारण सभा भएको छ । साधारण सभालाई सम्वोधन गदै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुषालले महिला सहकारीलाई अब कृषि उत्पादनमुखी भएर अगाडि बढ्न आग्रह गरे ।
सबै पक्ष गम्भीर बनौं
सबै पक्ष गम्भीर बनौं नेपाली राजनैतिक वृतमा अहिले आएर विभिन्न खालका क्रियाप्रतिक्रियाहरु अगाडि आएका छन् । गठवन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षदलका नेता एमाले अध्यक्ष केपी शर्मा ओली बीच भएको भेटघाट र परामर्शलाई अत्यन्तै महत्वका साथ हेरिएको छ ।
राष्ट्रिय सभा सदस्यमा आफूलाई विजयी बनाउन गुल्मीका सुनारको आग्रह
राष्ट्रिय सभा सदस्यमा आफूलाई विजयी बनाउन गुल्मीका सुनारको आग्रह नेकपा एमाले गुल्मीका उपाध्यक्ष कृष्ण सुनारले पत्रकार भेटघाट मार्फत राष्ट्रिय सभा सदस्यमा विजयी बनाउन आग्रह गरेका छन् ।
कोरोनाका कारण १५ दिन शैक्षिक संस्था बन्द गर्न माग
कोरोनाका कारण १५ दिन शैक्षिक संस्था बन्द गर्न माग नेपाली काँग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताए । थारु विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने संकट’ विषयक अन्तक्र्रियामा उनले मुलुकमा पुनः कोरोनाको जोखिम बढेकाले बालबालिकालाई त्यसको खतराबाट बचाउनुपर्नेमा जोड दिए ।
Weather Update