Shittalpati
‘महिला सहकारीले उत्पादनमुखी कृषिमा जोड दिनुपर्छ’

गुल्मी, गुल्मी मुसिकोट नगरपालिका ७ मा रहेको लक्ष्मीनारायण महिला कृषि सहकारी संस्था लिमिटेडको नवौँ वार्षिक साधारण सभा भएको छ ।
साधारण सभालाई सम्वोधन गदै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुषालले महिला सहकारीलाई अब कृषि उत्पादनमुखी भएर अगाडि बढ्न आग्रह गरे । साथै भुषालले सहकारी बलियो भयो भने मुसिकोट बलियो हुने भन्दै महिला सहकारीले महिलाहरुको सशक्तिकरण र आयआर्जन गरी आर्थिक विकास गर्न कृषि क्षेत्रलाई जोड दिनुपर्ने बताए । त्यस्तै भुषालले सहकारीमा वित्तिय सुशासन कायम हुनुपर्ने भन्दै सहकारीले आर्थिकसँगै सामाजिक र साँस्कृतिक हिसावले पनि विकास हुनु पर्नेमा जोड दिए । सोही अवसरमा मुसिकोट नगरपालिकाका कृषि शाखा प्रमुख जनक पौडेल, पशु शाखा प्रमुख महेन्द्र पन्थी, परोपकार बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष गोपीकृष्ण खरेल, गुल्मी मुसिकोट उद्योग वाणिज्य संघ वामीका सचिव महेश्वर घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै साधारण सभामा नेपाल पत्रकार महासंघ गुल्मीका कोषाध्यक्ष कौरव खत्री, सामुदायिक रेडियो पुष्पाञ्जली वामीका स्टेसन म्यानेजर प्रकाश घिमिरे, मुसिकोट नगरपालिकाका कार्यपालिका सदस्य रेणु प्रधान भारी, महिला सहकारी संस्थाका शेयर सदस्य तथा समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै सभामा सहकारी संस्थाकी अध्यक्ष यमुना घिमिरेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने संस्थाका लेखा संयोजक सरस्वति पोखरेलले आर्थिक वर्ष २०७७/०७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । २०७० सालमा स्थापना भएको महिला सहकारी संस्थामा हाल ५ सय, २२ जना शेयरसदस्य आवद्ध रहेका छन् । मुसिकोट नगरपालिका वडा ७ र ८ कार्य क्षेत्र रहेको महिला सहकारीले मासिक बचत, विभिन्न कृषि कार्यक्रम, महिला सशक्तिकरण तालिम लगायतका कार्यक्रमहरु सञ्चालन गदै आइरहेका अध्यक्ष यमुना घिमिरेले जानकारी दिइन् । कार्यक्रममा संस्थाकी अध्यक्ष यमुना घिमिरेको अध्यक्षता, सहकारी संस्थाकी शेयरसदस्य सुमित्रा सापकोटाको स्वागत मन्तव्य र संस्थाकी व्यवस्थापक कृष्णा गुरु·को सञ्चालन रहेको थियो ।

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update