Shittalpati
फेरि स्वास्थ्य संकट

कोभिड–१९ को तेस्रो भेरियन्ट फैलिदै गएपछि नेपाल सरकारले पनि शिक्षण संस्था र २५ जना भन्दा बढीलाई भेला हुनबाट रोक्ने निर्णय गरेको छ । शिक्षण संस्थाहरु बन्द गर्ने सिफारिससँगै अहिले मुलुकका विभिन्न जिल्लाहरु सुनशान हुन थालिसकेका छन् । आमसर्वसाधारणमा त्रासको वातावरण सिर्जना भएको छ । हरेक नागरिकमा आवश्यकता भन्दा बढी त्रासदीको वातावरण बनाउने कार्य भने हुनुहुँदैन र अनावश्यक भीडभाँड र सर्तकता हुनुपर्नेमा लापरवाही गर्ने कार्यलाई भने सशक्त शैलीबाट समुदायस्तरबाटै नियन्त्रण गर्नुपर्छ भन्ने सोंचलाई अगाडि बढाउनुको कुनै पनि विकल्प छैन । कोभिड–१९ को पहिलो र दोस्रो भेरियन्टले पारको आर्थिक, सामाजिक नकारात्मक प्रभावका कारण देखा परेका हरेक समस्याहरुको निराकरण नहुँदै तेस्रो भेरियन्टको प्रकोपले संसारलाई फेरि अर्को स्वास्थ्य संकट सिर्जना गर्ने देखिएको छ । यसले पार्ने नकारात्मक प्रभाव विकसित मुलुकहरुको तुलनामा गरिब देशलाई खोक्रो पार्ने बाहेक केही पनि हुनसक्दैन ।

बाचे सम्म केही गर्न सकिएला भन्ने सोंचलाई मनमनै गुनगुनाउँदै, बाच्ने प्रयास र महामारीलाई नियन्त्रण गर्नका लागि संयमितता र स्वास्थ्य सुरक्षाका विभिन्न उपायहरुको खोजी गरेर सरकार र स्वास्थ्य निकायले गरेका हरेक निर्णयहरुलाई पूर्णरुपमा परिपालना नगर्दासम्म कुनै पनि समस्याको समाधान हुन सक्दैनन् । स्थानीय, प्रदेश र केन्द्र सरकारले गरेका हरेक स्वास्थ्य सुरक्षा सम्बन्धी निर्णयहरुको सही रुपमा जनस्तरबाट परिपालना गर्ने तर्फ सबै पक्ष एक जुट भएर अगाडि बढ्नुको कुनै पनि विकल्प छैन । सरकारले हरेक स्वास्थ्य संस्थामा आवश्यक पर्ने उपचारको विधी र प्रक्रियालाई सरलीकरण गर्दै अगाडि बढ्नुपर्ने अवस्था छ । महामारी नियन्त्रणका लागि केवल सरकारको मात्रै पहलले पुग्दैन, जनस्तर र समुदायस्तरबाट सबै मिलेर यी सबै समस्याहरुको समाधानमा लागियो भने महामारी नियन्त्रणमा सहयोगी बन्न सक्छौ । अन्यथा केवल नारा र प्रचारले मात्रै भन्दा पनि व्यहारिक रुपमै समस्याको समाधान खोज्ने प्रयास पनि नियमित रुपमै हुन जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update